१- अबू बक्र (अल्लाह उनीसित प्रसन्न होऊन्) को भनाई अनुसार अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) लाई एउटा ब्यक्तिले प्रश्न गर्यो, "हे अल्लाहका रसूल ! को ब्यक्ति उत्तम हो ?" उहाँ (स) ले भन्नुभयो, "जसको उमेर लामो छ र कृयाकलापहरू पूण्ययोग्य छन् ।" उसले (फेरी) सोध्यो, को मान्छे नराम्रो हो ? उहाँ (स) ले जवाफ दिनुभयो "जसको उमेर लामो छ र क्रियाकलापहरू दण्डयोग्य छन् ।" (तिर्मिजी)
नेपाली भाषीहरूका लागि अल्लाहका रसूल (स.) का अमूल्य हदीसहरूको नेपाली अनुवाद।