सीधे मुख्य सामग्री पर जाएं

संदेश

जनवरी, 2018 की पोस्ट दिखाई जा रही हैं

महिलाहरुको इअ्तिकाफ

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) का पवित्र पत्नीहरुमध्येबाट कोही अल्लाहका रसूल (स.) का साथ इअ्तिकाफमा बसिन् जबकी उनी इस्तिहजाको अवस्थामा थिइन् । उनी पहेलो र रातो रङ्ग देख्थिन् र केही समय हामी उनले नमाज पढ्ने क्रममा उनको मुनी टाउको राख्थ्यौं ।” (बुखारी , अबु दाऊद , नसई , इब्ने माज) **यदि महिला इअ्तिकाफमा बस्न चाहन्छिन भने उसले आफ्नो पतिसँग अनुमति लिनु जरुरी छ । यदि उनी त्यसको अनुमति बिना नै इअ्तिकाफमा बस्छिन् भने उसलाई (पतिलाई) रोक्ने अधिकार रहेको छ । अधिकतम् विद्वानहरु (जसमा इमाम शाफिई (रह.) र इमाम अह्मद बिन हम्बल (रह.) समावेश छन्) का अनुसार ऊ (पति) उनलाई (पत्नीलाई) अनुमति दिएर पनि अनुमति फिर्ता लिन सक्छ । हनफी विद्वानहरुका अनुसार पनि अनुमति दिएपछि आफ्नो अनुमतिलाई फिर्ता लिनु पाप हो । इमाम मालिक (रह.) का अनुसार पनि अनुमति दिएपछि त्यसलाई फिर्ता लिने अधिकार राख्दैन । (अल्–फत्ह अल्–रब्बानी) महिला महिनावारीको अवस्थामा इअ्तिकाफमा बस्न सक्दिनन् तर इस्तिहाजा को अवस्थामा इअ्तिकाफमा बस्न सक्छिन् ।

इअ्तिकाफ

इअ्तिकाफको शाब्दिक अर्थ स्वयंलाई कुनै चिजसँग जोडनु र रोकिराख्नु हुन्छ चाहे त्यो चिज राम्रो होस् वा नराम्रो । राम्रो चिजको लागि त्यसको प्रयोग निम्न लिखित आयतको अर्थको अनुवाद) मा भएको छ:  “यसमा (अर्थात मस्जिद हरममा) स्वयंलाई रोकिराख्नेहरु (त्यहाँका बासिन्दाहरु) र बाहिरबाट आउनेहरु समान् हुन् ।”  र नराम्रो चिजको लागि यसको प्रयोग निम्न लिखित आयत (को अर्थको अनुवाद) भएको छ: अल्लाह तआलाको भनाई छ: “अनि उनीहरु (इस्राईलका सन्तानहरु) यस्तो समुदायका मानिसहरु कहाँ आए जो आफ्ना मूर्तिहरुसमक्ष आफूलाई रोकेर राखेका थिए (अर्थात उनको निरन्तर उपासना गर्नको निम्ति उनीहरुसमक्ष बसेका थिए ।” शरिअत (इस्लामी कानून) मा इअ्तिकाफको अर्थ नियतका साथ मस्जिदमा आफूलाई रोकिराख्नु हो । #निर्धारण र पुण्य १) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो , “ मस्जिदहरुका लागि केही कीलाहरु छन् । (अर्थात यस्ता मानिसहरु जो मस्जिदहरुमा बसिराख्न र उपासनामा लीन रहन मन पराउँछन् । यस्ता मानिसहरुसँग फरिश्ताहरु हुन्छन् । यदि उनीहरु मस्जिदमा उपस्थित छैनन् भने उनीहरु (फरि...