१) अब्दुल्लाह बिन अब्बास (रजि.) को भनाई अनुसार इब्राहीम (अ.) आफ्नी पत्नी हाजरा (रजि.) र उनका छोरा इस्माईल (अ.) (जबकि उनी त्यतिबेला दूध चुस्ने शिशु थिए) लाई लिएर (त्यस ठाउँमा जहाँ अहिले कअ्बा बनेको छ) आउनुभयो । त्यस समयमा मक्का मुअज्जमामा कसैको पनि बसोबास थिएन र न त्यहाँ पानी (को मुहान) थियो । इब्राहिम (अ.) ले उनीहरू दुबै जनालाई दुईवटा साना छालाको भाँडा राखिदिनुभयो । हाजरा (रजि.) उहाँ (अ.) को पछि पछि गएर भन्न थालिन् “हे इब्राहिम ! तपाई हामीलाई यस घाँटीमा छोेडेर कहाँ जादै हुनुहुन्छ जहाँ कोही मनुष्य छैन र न कुनै बस्तु नै ।” हाजरा (रजि.) ले धेरै पटक सोधिन तर इब्राहिम (अ.) ले उनीतिर फर्केर पनि हेर्नु भएन । अन्त्यमा हाजरा (रजि.) ले सोधिन् “के अल्लाहले तपाईलाई यसो गर्न भनेका हुन् ?” इब्राहीम (अ.) ले (केवल यति) जवाफ दिनुभयो “हो” । यो सुनेर हाजरा (रजि.) ले भनिन् “त्यसो भए कुनै आपत्ति छैन , अल्लाह तआला हामीलाई बर्बाद पार्ने छैनन् ।” अनि हाजरा (रजि.) फर्किइन् र इब्राहीम (अ.) जानुभयो । जब घाँटीको नजिक पुगिन् जहाँबाट उहाँ (अ.) देखिनु भइरहेको थिएन । उहाँ (अ.) ले काबा तिर फर्केर हात उठाएर यो दुआ ग...
नेपाली भाषीहरूका लागि अल्लाहका रसूल (स.) का अमूल्य हदीसहरूको नेपाली अनुवाद।