सीधे मुख्य सामग्री पर जाएं

संदेश

अगस्त, 2015 की पोस्ट दिखाई जा रही हैं

वुजु अमान्य हुने अवस्थाहरु

१)अबू  हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) ले भन्नुभयो, “यदि तिमीहरुमध्ये कसैको वुजु टुट्छ भने अल्लाह तआला उसको नमाजलाई स्वीकार गर्नु हुन्न जबसम्म ऊ फेरी वुजु गर्दैन ।” “हदरे मौत” (एउटा ठाँउको नाम) बाट आएको एक जनाले अबू हुरैरह (रजि) लाई सोध्यो “वुजु टुट्नु भनेको के हो?” उहाँ (रजि.)ले भन्नुभयो, “दिसा गर्ने अंगबाट आवाजका साथ वा बिना आवाज हावा निस्कनु ।” (बुखारी र मुस्लिम) २)अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तिमीहरु मध्ये कसैले आफ्नो पेटमा केही आभास गर्छ तर निश्चित छैन कि उसले हावा निकाल्यो कि निकालेन भने, ऊ मस्जिदबाट बाहिर ननिस्कोस् जबसम्म ऊ आवाज सुन्दैन वा गन्ध पाउँदैन” । (मुस्लिम) ३) इब्ने अब्बास (रजि.) भन्नुहुन्छ, “वीर्य (निस्केको अवस्थामा) गुस्ल अनिवार्य हुन्छ र मजी (निस्केको अवस्थामा) आफ्नो गुप्ताङ्गलाई धुनु र वुजु बनाउनु अनिवार्य हुन्छ ।” (बैहकी) ४) अली (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) ले भन्नुभयो, “व्युझेको अवस्था हावा निस्किने ठाँउलाई छोप्नु (हावा रोक्न सक्ने क्षमता हुने अवस्थ...

वुजु गर्ने तरिका, यसको आवश्यकता र विशेषता

१- अबू हुरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) ले भन्नु भयो, “यदि तिमीहरुमध्ये कसैको वुजु टुट्छ (वा उसको वुजु छैन) भने उसले वुजु नबनाउन्जेलसम्म अल्लाह तआला उसको नमाजलाई स्वीकार्दैनन्  ।” (मुस्लिम, बुखारी, अबू दाऊद, तिर्मिजी) २- अब्दुल्लाह बिन सुन्नाबिजी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “अल्लाहको भक्त वुजुु गर्दा जब कुल्ला गर्छ उसको मुखबाट पापहरु झर्छ । जब ऊ अनुहार धुन्छ, उसको अनुहारबाट पापहरु झर्छ यहाँसम्म कि उसको परेलाबाट पनि पापहरु झर्छ । जब ऊ हात धुन्छ उसको हातबाट पापहरु झर्छ यहाँसम्म कि उसको नङहरुको मुनिबाट पनि पापहरु झर्छ । जब ऊ टाउकोको मसह गर्छ (टाउकोमाथि हात फेर्छ) टाउकोबाट पापहरु झर्छ यहाँसम्म कि कानहरुबाट पापहरु झर्छ । जब ऊ आफ्नो खुट्टा धुन्छ, उसको खुट्टाबाट पापहरु झर्छ यहाँसम्म कि उसको खुट्टाका औंलाहरुबाट पापहरु झर्छ । त्यसपछि उसको मस्जिद तिर हिँडेर जानाले र नमाज पढ्नाले उसले अतिरिक्त पुण्य प्राप्त गर्छ ।” (मुअत्ता इमाम मालिक, नसई, इब्ने माजा, हाकिम) ३- उमर (रजि.) को भनाई अनुसा...

दिसापिसाब गर्ने तरिका

१- जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) शौच गर्नको लागि टाढा जानु हुन्थ्यो । (अबू दाऊद) २- अनस (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स.) को हातमा एउटा औँठी थियो जसमा “मुहम्मद रसूलुल्लाह” कुँदिएको थियो (खोपिएको थियो) । उहाँ (स.) शौचालय जाँदा त्यस औँठीलई फुकालेर राखिदिनु हुन्थ्यो । (मुस्लिाम, अबू दाऊद, तिर्मिजी, नसई) ३- अबू सईद खुद्री (रजि.) भन्छन् कि उनले अल्लाहका रसूल (स.) लाई भन्दै गरेको सुने, “दुई जनाले शौचालय जाँदा यसरी सँगै जानु हुदैन कि जब उनीहरु शौच गर्छन् सँगसँगै कुराकानी पनि गर्छन किनकी अल्लाहलाई यसो गरेको मन पर्दैन ।” (मुस्नद अहमद, अबू दाऊद, इब्ने माजा) ४- अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) पिसाब फेर्दै हुनुहुन्थ्यो । एउटा मान्छे उहाँ (स.) को नजिकबाट गयो र उहाँ (स.) लाई सलाम गर्यो तर उहाँ (स.) ले उसको सलामको जवाफ दिनु भएन । (मुस्लिम, तिर्मिजी, अबू दाऊद, नसई, इब्ने माजा) ५- अबू हुरैरह (रजि.) को भनाई अनुसार, अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरुमध्ये कोही शौ...

शुद्ध र अशुद्ध पानी

१- अबू हुरैरह (रजि.) को भनाई अनुसार एउटा व्यक्तिले अल्लाहका रसूल (स.) सँग सोध्यो,  “हे अल्लाहका सन्देष्टा ! हामी समुद्रबाट यात्रा गर्छौं र हामीसँग थोरै पानी हुन्छ । यदि हामी त्यस पानीलाई वुजुु गर्नको लगि खर्च गर्छौ भने हामीसित पिउनको लागि पानी बच्नेछैन । के हामी समुद्रको पानीले वुजुु गर्न सक्छौं ?” उहाँ (स.) ले जवाफ दिनु भयो, “त्यो (समुद्रको पानी) पवित्र हो (पवित्र पार्ने शक्ति त्यसमा छ) र त्यसको मृत जनावर हलाल हो (वैध हो खान सकिन्छ) ।” (अहमद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा) [समुद्रको पानी पवित्र (स्वयं पवित्र र पवित्र पार्ने शक्ति बोकेको) हुनुमा सबै विद्वानहरु एक मत छन् । तर केही सहाबीहरु (रजि.) जस्तै अब्दुल्लाह बिन उमर (रजि.) र अब्दुल्लाह बिन अम्र (रजि.) को विषयमा यो उल्लेख भएको छ कि उनीहरु समुद्रको पानीलाई वुजुु र गुस्लको लागि अनुचित ठान्दथे (अर्थात समुद्रको पानीलाई स्वयंमा पवित्र मान्थे तर पवित्र पार्ने शक्ति त्यसमा छैन सम्झन्थे) । (नैल अल्–औतार)] २- उम्मे हानी (रजी) को भनाई अनुसार अल्लाहका रसूल (स) र मैमूना (रजि) ले एउटा यस्तो भाँडामा गुस्ल गरे (नुहाए...

पवित्रता र अपवित्रता

१- अल्लाहका रसूल (स) ले भन्नु भएको छ "पवित्रता आधा ईमान (आस्था) हो ।" (बुखारी र मुस्लिम) २- अब्दुल्लाह बिन उमर (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स) ले भन्नु भयो "हाम्रोलागि दुईवटा मृत जनावर र दुईवटा रगतलाई हलाल गरिएको छ । दुईवटा मृत जनावर माछा र सलह हुन र दुईवटा रगत कलेजो र फियो (को रगत) ।" (अहमद, शाफ़िई, इब्ने माजा, बैहकी, दार कुत्नी) ३- अबू हुरैरह (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरुमध्ये कसैको पिउने चिजमा झिंगा खस्यो भने उसले त्यस (झिंगा) लाई डुवाइदिनु पर्छ र फेरी त्यसलाई फ्याँकिदिनु पर्छ किनकी उसको एउटा पखेटामा उपचार छ र अर्कोमा रोग ।” (बुखारी, अबू दाऊद, अहमद, इब्ने माजा) ४- अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरु मध्ये कसैको भाँडामा कुकुरले मुख हाल्यो भने उसले आफ्नो भाँडोलाई सात पटक धुनु अनिवार्य हुन्छ ।” (बुखारी, मुस्लिम, अहमद) ५- उम्मे कैश (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) समक्ष उनी आफ्नो एउटा बच्चा (छोरा) लाई लिएर गइन । त्यस बच्चाले अहिले खाना खान थालेको थिएन ।...