सीधे मुख्य सामग्री पर जाएं

संदेश

फ़रवरी, 2013 की पोस्ट दिखाई जा रही हैं

वैधलाई अवैध ठहर गर्नु अवैध कार्य हो

१) उमर बिन औफ (अल्लाह उनीसित प्रसन्न होऊन्) को भनाई छ, आल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "मुस्लिमहरूको बीच सम्झौता गर्ने आदेश रहेको छ तर त्यस्तो सम्झौता गर्ने अनुमति छैन जसले वैधलाई अवैध वा अवैधलाई वैध गरोस् । मुस्लिमहरू आफ्नो शर्तहरूलाई पुरा गर्नेछन् । यदि त्यस शर्तले वैधलाई अवैध वा अवैधलाई वैध गर्छ भने त्यो शर्त पुरा गर्नु हुँदैन ।" (तिर्मिजी)

जमाअत (समूह) मा बस्नुको महत्व

१) अबू दर्दा (अल्लाह उनीसित प्रसन्न होऊन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ती होस्) ले भन्नुभयो, "कुनै जङ्गल वा गाउँमा तीनजना बस्ने गर्छन् र तिनीहरू (जमाअतका साथ) नमाज पढ्दैनन् भने उनीहरूमाथि शैतान हावि हुनेछ । जमाअतमा बस्ने गर (नत्रभने तिम्रो परिणाम पनि त्यही हुनेछ जुन समूह छाडेर भड्किएको भेडाको हुन्छ) स्याल उसलाई खाइदिन्छ ।" (अबू दाऊद)

यात्राको बेला...

१) अबू सईद खुद्री (अल्लाह उनीसित प्रसन्न होऊन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ती होस्) ले भन्नुभयो, "यदि यात्राको बेला तीनजना हुन्छन् भने तिनीहरू मध्ये एकलाई अगुवा बनाऊ ।" (अबू दाऊद)

पापमा लिप्त समाजको परिणाम

१) अब्दुल्लाह बिन अब्बास (आल्लाह उनीसँग प्रसन्न होऊन्) को भनाई छ, उहाँले भन्नुभयो कि जुन समुदायमा हिनामिना गर्नु साधारण मानिन्छ त्यस समुदायमा अल्लाह शत्रुको डर र त्रासलाई फिजाइदिन्छन् । जुन समुदायमा ब्यभिचार गर्नु सामान्य मानिन्छ (पाप मानिदैन) त्यो समुदाय बर्बाद हुने नै छ । जुन समुदायमा नाप-तौलमा कमी गर्ने चलन हुनेछ त्यो समुदाय बर्कतबाट बञ्चित हुनेछ । जहाँ अन्यायपूर्ण फैसला गरिनेछ त्हाँ हत्याहिंसा हुने नै छ र जुन समुदायमा बाचा तोडिनेछ तिनीहरूमाथि शत्रु विजयी हुने नै छ । (मिश्कात) २) सौबान (अल्लाह उनीसँगप्रसन्न होऊन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "जसरी खाना खानेहरू एकअर्कालाई खानाको लागि निम्तो दिन्छन् त्यसरी नै (शत्रु) समुदायहरू तिमीहरुमाथि आइपर्नेछन् ।" एकजना ब्यक्तिले प्रश्न गर्र्यो, के यस्तो हाम्रो कम संख्याको कारणले हुनेछ ? उहाँले भन्नुभयो "होइन, बरु तिमीहरुको संख्या त्यतिबेला धेरै हुनेछ तर तिमीहरुलाई वहनको रोग लाग्नेछ ।" उहाँसँगसोधियो कि वहनको अर्थ के हो ? उहाँले जवाफ दिनुभयो, " (वहन भनेको) संसारको मोह र मृत्युको डर ।...

बाचाको महत्व

१) अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "सुन ! जसले बाचा गरिएको ब्यक्ति अथवा समुदायमाथि अत्यचार गर्दछ अथवा उसको अधिकारमा कुनै कमी गरेको छ वा सामर्थ्य भन्दा बढी उसमाथि जिम्मा दिएको छ वा उसको ईच्छा बिना उसको कुनै चीज लिएको छ भने कयामतको दिन म उसको तर्फबाट झगडा गर्नेछु ।" (अबू दाऊद)

यस संसारको वास्तविकता

१. सहल बिन सअद (अल्लाह उनीबाट प्रसन्न होउन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "यदि यस संसारको हैसियत अल्लाहको नजरमा लामखुट्टेको पखेटाको बराबर पनि भएको भए अल्लाह आफ्नो अवज्ञा गर्ने ब्यकतिलाई एक छुट्को पानी पिलाउने थिएनन् ।" (तिर्मिजी) २. अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "अल्लाहको कसम ! आखिरत (पारलौकिक जीवन) को तुलनामा यस संसारको वास्तविकता केवल यति रहेको छ जति तिमीले समुद्रमा आफ्नो औंला चोपेर बाहिर निकाल्दा तिम्रा औँलामा पानी लागेको हुन्छ । (मुस्लिम) ३. अनस (अल्लाह उनीसित प्रसन्न होऊन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो "मनुष्य बुढो हुँदै जाँदा दुईवटा बानी जवान हुँदै जान्छन् । १) सम्पत्तिको मोह २) धेरै बर्षसम्म बाँच्ने चाहना ।" (बुखारी र मुस्लिम) ४. अबू जर (अल्लाह उनीसित प्रसन्न होऊन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो "जो यस संसारमा धेरै धनको मालिक हुनेछन्, उनीहरू पारलौकिक जीवनमा गरीब हुनेछन् ती व्यक्तिहरू बाहेक जसलाई अल्लाहले धेरै धन प्रदान गरे र उसल...