सीधे मुख्य सामग्री पर जाएं

संदेश

फ़रवरी, 2018 की पोस्ट दिखाई जा रही हैं

ततव्वुअ (सुन्नत र नफ्ल नमाजहरु)

*फर्ज नमाजहरुमा हुने कमी कमजोरीको भर्पाइ गर्नको लागि यी फर्ज बाहेकका नमाजहरुलाई राखिएका छन् ।  १) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “मानिसहरुको क्रियाकलाप मध्येबाट सबैभन्दा पहिले नमाजको विषयमा सोधपुछ गरिनेछ । अल्लाहलाई ज्ञान भए पनि आफ्ना फरिस्ताहरुसँग सोध्नेछन् “मेरो भक्तको नमाज हेर । के उसले त्यसलाई पूरा गर्यो वा त्यसमा कुनै कमी बाँकी छ ?” यदि नमाजहरु पूरा छन् भने  त्यसलाई पूर्ण लेखिन्छ र यदि त्यसमा कुनै कमी छ भने अल्लाह भन्छन् “मेरो भक्तको फर्ज नमाजको कमीलाई त्यस फर्ज बाहेकका नमाजहरुले पूरा गरिदेऊ ।” अनि यसरी नै सम्पूर्ण क्रियाकलापहरुको जाँच गरिनेछ ।” (अबू दाऊद) २) रबीआ बिन मालिक अस्लमी (रजि.) ले भनाई छ, अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, “माग” । मैले भने. “हे अल्लाहका रसूल ! म स्वर्गमा तपाईको साथ हुन चाहन्छु ।” उहाँ (स.) ले भन्नुभयो “अरु केही ?” मैले भनें “यही मेरो इच्छा छ ।” उहाँ (स.) ले भन्नुभयो” त्यसो भए धेरै सज्दाले मेरो सहयोग गर ।” (मुस्लिम)

पहिलो जमाअत पछि दोस्रो जमाअत

*यदि केही कारणले केही व्यक्तिहरु मस्जिदमा जमाअत सकेपछि पुगे भने उनीहरुको लागि सोही नमाजको दोस्रो जमाअत बनाउन सकिन्छ । यस दोस्रो जमाअतलाई पनि अजान र इकामतसँग पढ्न सकिन्छ । केवल इकामतका साथ पनि र बिना अजान र इकामतको पनि ।  १) अबू सईद (रजि.) को भनाई अनुसार मस्जिदमा जमाअत सकेपछि एकजना मानिस आइपुग्यो । अनि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “को त्यस व्यक्तिलाई सद्का दिन चाहन्छ ?” अनि एकजना उभियो र उसँग नमाज पढ्यो । (अबू दाऊद, तिर्मिजी) २) अनस (रजि.) एउटा मस्जिदमा पस्नुभयो जहाँ नमाज पढि सकिएको थियो । उनले अजान र इकामत भने अनि जमाअतका साथ नमाज पढे । (बुखारी) *यदि इमाम र मुक्तदीहरुको बीच कुनै छेकावार छ तर मुक्तदीहरुले इमामको गतिबिधिको ज्ञान सुन्नाले वा हेर्नाले हुन्छ भने यस अवस्थामा जमाअत बनाउने अनुमति छ। ३) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) राती आफ्नो कोठामा नमाज पढ्ने गर्नुहुन्थ्यो र कोठाको पर्खाल सानो थियो । एक रात मानिसहरुले उहाँ (स.) लाई नमाज पढेको देखे र उहाँ (स.) को नमाजसँगै नमाज पढ्न थाले । (बुखारी)

इमामको तक्बीरको आवाजलाई मुक्तदीहरुसम्म पुर्याउनु

१) अल्लाहका रसूल (स.) ले बसेर नमाज पढाउनु भएको कुरा उल्लेख भएको हदीसको जिकिर यस अगाडि भइसकेको छ । उहाँ (स.) बिरामी हुनुहुन्थ्यो र उहाँ (स.) को स्वर सानो थियो यस कारणले अबू बक्र (रजि.) उहाँ (स.) को तक्बीरहरु सँगै आफै पनि तक्बीर भन्थे र मुक्तदीहरु अबू बक्र (रजि.) ले भनेको तक्बीरहरुका साथ तक्बीर भन्दै थिए । (बुखारी र मुस्लिम)

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

एक्लै नमाज पढ्ने व्यक्तिले इमाम बन्नु

१) इब्ने अब्बास (रजि.) को भनाई छ, “एक रात म आफ्नी सानी आमाको घरमा सुतें । राती जब अल्लाहका रसूल (स.)  ले उठेर नमाज पढ्न सुरु गर्नु भयो म पनि उहाँ (स.) सँग नमाजमा सामेल भएँ ।" (बुखारी, मुस्लिम, अह्मद अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा) २) अबू सईद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक जनालाई एक्लै नमाज पढ्दै गरेको देख्नु भयो अनि भन्नुभयो “के कोही त्यस व्यक्तिसँग नमाज पढेर ऊ माथि सद्का गर्ने छ ?" (अबू दाऊद, तिर्मिजी) *हम्बली विद्वानहरुका अनुसार प्रत्येक फर्ज नमाजमा इमामले सुरुमा नै जमाअतमा इमाम बन्ने नियत गर्नु जरुरी छ । शाफिई र मालिकी विद्वानहरुका अनुसार केवल जुमअ्को नमाजमा इमामले इमामतको सुरु नै नियत गर्नु जरुरी छ । हनफी विद्वानहरुका अनुसार यदि महिला मुक्तदीहरु छन् भने इमामले सुरु देखि नै इमामतको नियत गर्नु जरुरी छ । पुरुष मुक्तदीहरुको इमामतको लागि सुरु देखि नै नियत गर्नु जरुरी छैन । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ) तर नफ्ल नमाजहरुमा इमाम अह्मद बिन हम्बल (रह.) को अनुसार इमामले इमामतको नियत सुरु देखि नै गर्नु जरुरी छैन । (नैल अल्–औतार) ...

इमामलाई नमाजको अवस्थामा कुनै कुरा आवश्यक परेमा

१) अम्र बिन मैमून (रजि.) भन्छन्, “जुन दिन बिहान उमर (रजि.) माथि आक्रमण भएको थियो म त्यतिबेला जमाअतको अगाडिको सफमा थिएँ । अनि मेरो र उमर (रजि.) को बीचमा अब्दुल्लाह बिन अब्बास (रजि.) बाहेक अरु कोही पनि थिएन । उन (उमर (रजि.) ले “अल्लाहु अक्बर” भन्नु भएको मात्र थियो उनले “मलाई कुकुरले (हमलावरले) मार्यो वा “उसले मलाई खायो” भनेको सुनें । उनले यो वाक्य उनीमाथि आक्रमण भएको बेला भन्नु भनेका थिए । तुरुन्तै उमर (रजि.) ले अब्दुर्रह्मान बिन औफ (रजि.) लाई समातेर अगाडि गरिदिए (इमाम बनाए) अनि उनले छोटो नमाज पढाए । (बुखारी) ।  २) अबू जैन (रह.) को भनाई अनुसार एकदिन नमाज पढाउँदा अली (रजि.) को वुजु टुट्यो अनि उनले एकजनालाई हात समातेर अगाडि गरे र स्वयं त्यस (नमाज पढाउने) ठाउँबाट हटे । (सुनन् सईद बिन मन्सूर) *माथिको अवस्थामा मुक्तदीहरुले छुट्टा छुट्टै नमाजलाई पूरा गर्नुपर्ने हुन्छ । जस्तो इमाम अह्मद बिन हम्बल (रह.) भन्नु हुन्छ “इमामले आफ्नो ठाउँमा अरु कसैलाई इमाम बनाउने अनुमति रहेको छ । जस्तै उमर (रजि.) र अली (रजि.) ले गरे । त्यस्तै यदि मुक्तदीहरु छुट्टा छुट्टै नमाज पूरा गर...

इमामले नमाजको कुनै सर्त वा अङ्ग छुटाएमा

१) अबू हुरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “मानिसहरु नमाज पढाउँछन् । यदि उनीहरु (इमामहरु) नमाज सही तरिकाले पढ्छन् भने त्यो तिमीहरुको लागि पनि हो र उनीहरुको लागि पनि । अर्थात दुबैको नमाज मान्य हुनेछ र यदि उनीहरु नमाजमा गल्ती गर्छन भने त्यो तिमीहरुको लागि हो तर उनीहरु (इमामहरु) को लागि होइन अर्थात तिमीहरुको नमाज मान्य हुनेछ तर इमामहरुको नमाज मान्य हुनछैन । (बुखारी, मुस्नद इमाम अह्मद) २) उमर (रजि.) ले एक दिन नमाज पढाउनु भयो जबकि उहाँ अपवित्र अवस्थामा हुनुहुन्थ्यो । तर उहाँलाई याद भएन । सम्झेपछि उहाँले नमाज  दोहो र्याउनु  भयो तर बाँकी कसैले नमाज  दोहो र्याए नन् । (नैल अल्–औतार) *हनफी विद्वानहरुका अनुसार यदि मुक्तदीहरुलाई पछि यस कुराको ज्ञान हुन्छ भने नमाज  दोहो र्याउनु  जरुरी छ तर यदि यसको ज्ञान भएन भने नमाज  दोहो र्याउनु  आवश्यक छैन । (मुअत्ता इमाम मुहम्मद)

जमाअत भइरहेको बेला सामेल हुने विभिन्न अवस्थाहरु

१) अली (रजि.) र मुआज बिन जबल (रजि.) का भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “तिमीहरुमध्ये कोही नमाज पढ्न (मस्जिदमा) आउँदा इमाम नमाज पढिरहेको छ (जमाअत सुरु भइसकेको छ) भने इमाम जे गर्दैछ (जुन अवस्थामा छ) उसले पनि त्यही गरोस् (त्यही अवस्थामा सामेल  होस्) । (तिर्मिजी) *हनफी विद्वानहरुका अनुसार सना (सुब्हान कल्लाहुम्म) पनि पढ्नुपर्छ । यदि सानो स्वरले पढिने नमाज हो भने ऊ जमाअतमा सामेल भएपछि सनालाई तक्बीरे तहरीमा भने पछि तुरुन्तै पढ्नुपर्छ र यदि ठूलो स्वरले पढिने नमाज हो भने सनालाई इमामले सलाम फेरेपछि आफ्नो बाँकी नमाज पूरा गर्न उठेपछि पढ्नुपर्छ तर यदि ऊ (सानो स्वरले वा ठूलो स्वरले पढिने दुबै नमाजमा) इमाम रुकू वा सज्दामा हुँदा जमाअतमा सामेल हुँदा यदि सना पढेपछि पनि इमामलाई त्यही अवस्था (अर्थात रुकू वा सज्दाको अवस्था) मा भेट्न सकिन्छ भने सना पढेर जमाअतमा सामेल हुनुपर्छ अन्यथा सना नपढिकन जमाअतमा “अल्लाहु अक्बर” भनेर सामेल हुनुपर्छ र यदि इमाम बसेको छ भने सना नपढिकन केवल अल्लाहु अक्बर भनेर जमाअतमा सामेल हुनुपर्छ र सनालाई इमामले सलाम फेरेपछि आफ्ना छुटेका रकअतहरुलाई...

मुक्तदीले इमामको पछाडि कुरआनको पाठ गर्नु

१) अल्लाहका रसूल (स.) को भनाई छ “ सूरह फातिहा बिना नमाज मान्य हुँदैन ।” तर यो आदेश सानो स्वरले पढिने रकअतहरुको लागि मात्र हो । यो आदेश ठूलो स्वरले पढिने रकअतहरुको लागि होइन किनभने अबू हुरैरह ( रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले ठूलो स्वरले पढिने नमाजमा सलाम फेरेपछि उहाँ (स.) ले भन्नुभयो “के अहिले कसैले मेरो पछाडि कुरआनको पाठ गरेको छ ?” एकजनाले जवाफ दियो “हो मैले कुरआनको पाठ गरेको थिएँ, हे अल्लाहका रसूल !” उहाँ (स.) ले भन्नुभयो” त्यसैले त मलाई कुरआन पढ्न गाह्रो भइराखेको थियो ।” सबैले अल्लाहका रसूल (स.) को निर्देशन सुनेपछि ठूलो स्वरले पढिने नमाजमा कुरआन पढ्न बन्द गरिदिए । (अबू दाऊद, तिर्मिजी, नसई, अह्मद, मालिक, शाफिई इब्ने माजा, इब्ने हिब्बान) *यो मस्लक सईद बिन मुसैयिब (रजि.), उर्वा (रजि.), शअ्बी (रह.), नाफिअ् बिन् जुबैर (रह.), मक्हूल (रह.), जुहरी (रह.) र धेरै अरु ताबिईहरुको हो । यसै मस्लकलाई इमाम मालिक (रह.), अह्मद बिन हम्बल (रह.) र हनफी विद्वानहरु मध्येबाट इमाम मुहम्मद (रह.) ले अपनाएका छन् । तर इमाम अहमद (रह.) को अनुसार ठूलो स्वरले पढिने नमाजमा यदि मुक्तदी...

मुक्तदीहरुको लागि अनिवार्य वा मुस्तहब कार्यहरु

१) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) “अल्लाहु अकबर” भन्नु भन्दा पहिले हाम्रो तर्फ फर्केर भन्नुहुन्थ्यो “मिल र सीधा होऊ ।” (बुखारी र मुस्लिम) २) नुअ्मान बिन बशीर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) हाम्रा सफहरुलाई यसरी सीधा गर्नुहुन्थ्यो मानौं उहाँ (स.) तीरलाई सीधा गरिरहनु भएको छ र यसो तबसम्म गर्नुहुन्थ्यो जब उहाँ (स.) लाई ज्ञात हुन्थ्यो कि हामीले बुझिसक्यौं । एकदिन उहाँ (स.) बाहिर आउनु भयो (नमाज पढाउन) र नमाजको लागि उभिनुभयो । अल्लाहु अक्बर भन्नु भन्दा पहिले उहाँ (स.) ले एक जनाको छातिलाई सफभन्दा अगाडि आएको देख्नुभयो । उहाँ (स.) ले भन्नुभयो “हे अल्लाहका भक्तहरु हो ! आफ्ना सफहरुलाई सीधा राख अन्यथा अल्लाहले तिमीहरुको बीचमा असहमति उत्पन्न गरिदिने छन् ।” (मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा) ३) अबू उमामा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “आफ्ना सफहरुलाई सीधा राख । आफ्ना काँधहरुलाई समान राख । आफ्ना (मुस्लिम) भाईहरुको लागि नम्रता अपनाऊ । सफमा रहेको खाली ठाउँलाई भर किनभने शैतान तिमीहरुको बीच (खाली ठाउँ) मा भेडाको बच्चाको जस...

इमामको लागि मुस्तहब भएका कामहरु

१) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तिमीहरु मध्ये कोही नमाज पढाइरहेको छ भने उसले छोटो नमाज पढाओस् किनभने मुक्तदीहरुमा कमजोरहरु पनि हुन्छन्, बिरामीहरु पनि र वृद्धाहरु पनि हुन्छन् । एक्लै नमाज पढ्दा उसले लामो नमाज पढ्नु राम्रो हो ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई) २) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो ,“मैले नमाज सुरु गरेपछि लामो नमाज पढाउने मेरो इच्छा हुन्छ तर बच्चाले रोएको आवाज सुनेर म नमाजलाई यो सोचेर छोटो पारि दिन्छु कि बच्चाको आमालाई उसले रोएको कारणले छटपटी भइरहेको होला । (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा) ३) अबू कतादा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) जोहरको नमाजमा पहिलो रकअतलाई बाँकी आयतहरुको तुलनामा लामो पढ्ने गर्नु हुन्थ्यो । यसरी नै अस्रमा र फज्रमा गर्नुहुन्थ्यो । (बुखारी, मुस्लिम, अबू दऊद)  *अबू दाऊदमा यो वाक्य बढी उल्लेख भएको छ “हामीलाई लाग्थ्यो कि अल्लाहका रसूल (स.) ले यसो गर्नुको कारणले मानिसहरु पहिलो रकअतमा सामेल हुन सकुन् ।” ४) अबू सईद खुद...

इमाम र मुक्तदीहरुले उभिने अवस्था

*यदि इमामसँग एक जना मुक्तदी छ भने ऊ इमामको दाहिनेतिर इमामसँगै उभिनुपर्छ र यदि दुई वा दुईभन्दा बढी मुक्तदीहरु छन् भने उनीहरु इमामको पछाडि उभिनुपर्छ । १) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) मग्रिबको नमाज पढ्नको लागि उभिनुभयो अनि म उहाँ (स.) को देब्रेतिर गएर सामेल भएँ । उहाँ (स.) ले मलाई हातले समातेर आफ्नो दाहिने तिर गरिदिनु भयो । अनि जब्बार बिन सख्र (रजि.) आए र अल्लाहका रसूल (स.) को देबे्रतिर उभिए । उहाँ (स.) ले हामीहरुको हात समातेर हामीहरुलाई धकेलेर आफ्नो पछाडि गरिदिनुभयो । (मुस्लिम, अबू दाऊद) २) समुरह् बिन जुन्दुब (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले हामीहरु तीनजना भएको अवस्थामा हामी मध्ये एकजना अगाडि हुने आदेश दिनुभएको छ अर्थात एकजना अगाडि इमामको हैसियतले र दुईजना पछाडि मुक्तदीको हैसियतले । (तिर्मिजी) *हनफी, मालिकी शाफिई र हम्बली विद्वानहरुका अनुसार यदि एकजना मुक्तदी छ भने उसले इमामको दाहिनेतिर अलिक पछाडितिर उभिनु उत्तम हो । मालिकी, शाफिई र हम्बली विद्वानहरुका अनुसार इमामको बराबरमा उभिनु मक्रुह हो । हनफी विद्वानहरुका अनुसार मक्रुह होइन । (अ...

इमामको रुपमा स्वीकार्य नहुने व्यक्तिहरु

१) अब्दुल्लाह बिन अम्र (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “तीन जना यस्ता मानिसहरु छन् जसको कुनै पनि नमाजलाई अल्लाह स्वीकार गर्दैनन् । पहिलो यस्ता व्यतिmहरुको इमाम बन्ने व्यक्ति जसलाई उनीहरु मन पराउँदैनन्, दोस्रो नमाजको समय सकिन लागेको बेला नमाज पढ्ने व्यक्ति । तेस्रो आफ्नो दासलाई मुक्त गरेर फेरी उसलाई दास बनाउने व्यक्ति । (अबू दाऊद, इब्ने माजा) *इमाम तिर्मीजी (रह.) लेख्नु हुन्छ, सहाबीहरु (रजि.) मध्ये केहीले यस्तो व्यक्तिले इमाम बन्नु मन पराएका थिएनन् जसलाई मानिसहरु मन पराउँदैनन् तर यदि इमाम अत्याचारी छैन (अर्थात उसमा कुनै प्रकारको दोष वा त्रुटि छैन) भने उसलाई मन नपाराउनेहरुलाई पाप लाग्नेछ । २) अबू् हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “प्रत्येक अमीर (अगुवा) सँग मिलेर जिहाद गर्नु तिमीहरुमाथि अनिवार्य गरिएको छ चाहे ऊ राम्रो चरित्रको होस् वा नराम्रो । चाहे ऊ गुनाहे कबीरा (ठूला पापहरु) मा संलग्न हुने व्यक्ति होस् ।” (अबू दाऊद) ३) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “प्रत्येक ‘ला इलाह इल्लल्ल...

इमाम बन्ने सबैभन्दा बढी लायक को हो ?

१) अबू सईद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि तीन जना नमाजी छन् भने तिमीहरुमध्ये कुनै एकले इमामत गर्ने (इमाम बन्ने) र इमामतको लायक तिनीहरु मध्येबाट सबैभन्दा राम्ररी कुरआन पढ्न जान्ने व्यक्ति हुन्छ । (बुखारी र मुस्लीम)  २) इब्ने मस्ऊद रजिको भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “मानिसहरुको इमाम उनीहरुमध्येबाट सबै भन्दा राम्ररी कुरआन पढ्न जान्ने व्यक्ति हुनेछ । यदि सबैजना समानरुपले कुरआन पढ्न जान्छन् भने तिनीहरुमध्येबाट सबैभन्दा धेरै सुन्नतको ज्ञान राख्ने इमाम हुनेछ । यदि सुन्नतको ज्ञान पनि सबैजनालाई समानरुपले छ भने तिनीहरुमध्येबाट जसले पहिले हिज्रत (पलायन) गरेको छ ऊ इमाम बन्ने छ । यदि हिज्रतमा पनि सबैजना बराबर छन् भने उमेरमा जेठो व्यक्तिले इमामत गर्ने र कोही व्यक्ति अरुको ठाउँमा इमामत नगरोस् र न उसको घरमा उसले बस्ने ठाउँमा बसोस् तर यदि ऊ स्वयं अनुमति दिन्छ भने कुनै आपत्ति छैन । (अह्मद, मुस्लिम) *इमाम अबू हनीफा (रह.) र इमाम अह्मद बिन हम्बल (रह.) का अनुसार अक्रअ् (राम्ररी पढ्न जान्ने अर्थात कुरआनको हाफिज जसले पुरै कुरआन कण्ठस्त ...

कति जना नमाजीहरु मिलेर जमाअत बन्छ ?

*इमाम बाहेक कम से कम एक जना नमाजी भएपछि जमाअत बन्दछ चाहे त्यो नमाजी बुझक्कड बच्चा होस् वा महिला । *मजाहिबे अर्बआ (चारजना इमामहरुको मस्लक) मा रोग, अत्यान्तै अन्ध्यारो, आँधी र भय एवं त्रासको बेला पनि जमाअतमा उपस्थिति नजनाउनु जायज रहेको छ । अन्धो मान्छे यदि स्वयं मस्जिद जाने सामथ्र्य राख्दैन र कोही उसलाई मस्जिद लैजाने छैन भने उसलाई पनि जमाअतमा उपस्थिति नजनाउने अनुमति छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल् अर्बआ) *मालिकी र हम्बली विद्वानहरुका अनुसार यदि केवल एउटा बुझक्कड बच्चा छ भने नफ्ल नमाजको मात्र जमाअत बन्न सक्छ, फर्ज नमाजको जमाअत बन्दैन । (अल्–फिकह अला अल्–मजाहिब अल्–अर्बआ, अल्–मुग्नी) १) अबू मूसा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “दुईजना वा सो भन्दा बढी जमाअत हुन् ।”(इब्ने माजा) २) अबू मूसा (रजि.) भन्नुहुन्छ,“मैले एक रात मेरी सानी आमा मैमूना (रजि.) को घरमा रात व्यतित गरें । राती अल्लाहका रसूल (स.) जब व्युँझेर नमाज पढन् थाल्नुभयो म पनि उहाँ (स.) सँग नमाज पढ्न सामेल भएँ । म उहाँ (स.) को देब्रेतिर उभिएँ अनि उहाँ (स.) ले मेरो टाउकोमा समातेर मलाई...

जमाअतको लागि उपस्थित नहुने न्याय संगत कारणहरु

१) इब्ने उमर (रजि.) को भनाई अनुसार अत्यन्तै जाडो रात र यात्राको बेला बर्षा हुँदा अल्लाहका रसूल (स.) मुअज्जिनलाई अजानमा “आफ्नै घरमा नमाज पढ” भन्ने आदेश दिनु हुन्थ्यो । (अह्मद, मुस्लिम) २) जाबिर (रजि.) भन्नुहन्छ हामी एक पटक यात्रामा अल्लाहका रसूल (स.) सँग थियौं । वर्षा भयो अनि उहाँ (स.) ले भन्नुभयो, “ तिमीहरु मध्ये जो आफ्नो घरमा नमाज पढ्न चाहन्छ पढ ।” (अह्मद, मुस्लिम अबू दाऊद, तिर्मिजी) ३) एकदिन पानी परेको बेला इब्ने अब्बास (रजि.) ले आफ्ना मुअज्जिन (अजान दिने व्यक्ति) लाई अजानमा “हैय अलास् सलाह” को सट्टा “सल्लु फी रिहालिकुम्” (आफ्नै घरमा नमाज पढ) भन्ने आदेश दिए । अरुहरुलाई यो परिवर्तन चित्त बुझेन अनि इब्ने अब्बास (रजि.) ले भन्नुभयो “के तिमीहरुलाई यस परिवर्तनले गर्दा अचम्म भइरहेको छ ? यो परिवर्तन त उसले गरेको हो जो म भन्दा उत्तम रहेको थियो, अर्थात अल्लाहका रसूल (स.) । यस अवस्थामा जमाअतमा उपस्थित हुनु कठिन कार्य हो र मलाई यो मन परेन कि म तिमीहरुलाई घरबाट निकालुँ र तिमीहरु माटो र हिलोमा हिँडेर मस्जिदमा आऊ । (बुखारी र मुस्लिम) ४) इब्ने उमर (रजि.) को भनाई अनुसार अल...

जमाअतमा सामेल हुनको निम्ति हिँडेर जाने पुण्य

*मस्जिद जानको लागि जति बढी हिँड्न आवश्यकता पर्छ त्यति नै बढी पुण्य प्राप्त हुन्छ ।  १) अबू मूसा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “नमाजमा सबै भन्दा बढी पुण्य उसको लागि हो जो सबैभन्दा बढी पाइला हिँडेर जमाअतमा सामेल हुन्छ ।” (मुस्लिम) २) जाबिर (रजि.) को भनाई अनुसार मस्जिद नबवीको नजिकको जमिन खाली भयो अनि बनी सलमा समुदायका मानिहरुले त्यहाँ सर्ने निधो गरे । जब नबी (स.) लाई यो सूचना प्राप्त भयो, उहाँ (स.) उनीहरु कहाँ जानुभयो र भन्नुभयो “मलाई सूचना प्राप्त भएको छ कि तिमीहरु मस्जिदको नजिक सर्न चाहन्छौ ?” उनीहरुले भने “हो, हे अल्लाहका रसूल ! हामी चाहन्छौ । उहाँ (स.) ले भन्नुभयो “हे बनी सलमा समुदायका मानिसहरु हो ! आफ्नो अहिलेको ठाउँमा नै बसिराख । तिमीहरुको मस्जिद हिँडेर जाने पाइलाहरुलाई लेखिन्छ । ” (मुस्लिम) जमाअतमा सामेल हुन जाँदा शान्ति एवं गौरवका साथ जानु *जमाअतमा सामेल हुनको लागि मस्जिद जाँदा छिटो छिटो वा दौडेर जानु हुँदैन बरु शान्ति एवं गौरवका साथ जानु पर्दछ । किनभने नमाजको लागि जादा मानिस नमाजमा नै हुन्छ ।  ३) अबू कतादा (रजि.)...

महिलाहरुले मस्जिदमा गएर जमाअतमा सामेल हुनु

*महिलाहरुले  घरमा नमाज पढ्नु, बरु घरको पनि भित्री कोठामा नमाज पढ्नु मस्जिदमा गएर जमाअतका साथ नमाज पढ्नु भन्दा उत्तम हो ।  १) उम्मे सलमा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “महिलाहरुको लागि उत्तम मस्जिद उनीहरुको घरको भित्रको कोठा हो ।” (मुस्नद इमाम अह्मद) *तर यदि उनीहरु मस्जिदमा गएर जमाअतका साथ नमाज पढ्न चाहन्छन् भने उनीहरुलाई यसको अनुमति रहेको छ । तर कुनै प्रकारको उत्पीडन एवं हिंसाको भय नहोस् र उनीहरु सुगन्धित भएर र श्रृंगार गरेर नआउन् । *हनफी विद्वानहरुका अनुसार आजको समयमा महिलाहरुले (चाहे किशोरी हुन् वा वृद्धा) मस्जिदमा गएर जमाअतका साथ नमाज पढ्दा हिंसा हुनसक्ने कारणले यसो गर्नु मकरूह हो । यसै अनुसार फत्वा छ । (आलम गीरी, तन्वीर अल्–अब्सार) २) इब्ने उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि तिमीहरुसित तिमीहरुको पत्नीहरु राती मस्जिदमा जाने अनुमति लिन्छन् भने उनीहरुलाई अनुमति देऊ ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई) *अर्को हदीसमा उल्लेख छ : ३) “अल्लाहका भक्तिनीहरुलाई अल्लाहको मस्जिदहरु...

हज र उम्रहका रीतिहरुको क्रम

जाबिर बिन अब्दुल्लाह (रजि.) द्वारा उल्लेखित यो हदीसलाई इमाम अहमद (रह.) , इमाम मुस्लिम (रह.) , इमाम अबू दाऊद (रह.) र इमाम इब्ने माजा (रह.) ले विस्तारका साथ र इमाम तिर्मिजी (रह.) र इमाम नसई (रह.) ले छोट्करीमा उल्लेख गरेका छन् । तल हामी त्यस (हदीस) लाई इमाम मुस्लिम (रह.) ले उल्लेख गरे अनुसार उल्लेख गर्ने छौं । र यस हदीसमा जहाँ हजका केही रीतिहरुको उल्लेख छुटेको छ त्यहाँ  हामी "[ ]" भित्र केही अरु सहाबीहरुद्वारा उल्लेखित हदीसलाई उल्लेख गर्नेछौं । १) जाबिर (रजि.) भन्छन् , “ अल्लाहका रसूल (स.) नौ वर्ष (मदीना मुनब्बरामा) रहनु भयो र उहाँ (स.) ले यस अवधिमा कुनै हज गर्नु भएन । दसौं वर्षमा उहाँ (स.) ले मानिसहरुमाझ आफू हजमा जादै गरेको कुरा घोषणा गर्नुभयो । (सँगै यात्रा गर्नका लागि) मानिसहरुको एउटा ठूलो संख्या मदीन पुग्यो । प्रत्येक व्यक्ति अल्लाहका रसूल (स.) को क्रियाकलापलाई हेरेर त्यसै अनुसार आफूले पनि गर्न चाहन्थ्यो । हामी उहाँ (स.) का साथ (मदीना मुनव्वराबाट) हिँड्यौ । जब हामी (मदीना मुनब्बरा भन्दा पाँच मिलको दुरीमा एक ठाउँ) जुल् हलीफा पुग्यौं , त्यहाँ (अबू बक्र सिद्दीक (...