१) अबू हुरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “मानिसहरु नमाज पढाउँछन् । यदि उनीहरु (इमामहरु) नमाज सही तरिकाले पढ्छन् भने त्यो तिमीहरुको लागि पनि हो र उनीहरुको लागि पनि । अर्थात दुबैको नमाज मान्य हुनेछ र यदि उनीहरु नमाजमा गल्ती गर्छन भने त्यो तिमीहरुको लागि हो तर उनीहरु (इमामहरु) को लागि होइन अर्थात तिमीहरुको नमाज मान्य हुनेछ तर इमामहरुको नमाज मान्य हुनछैन । (बुखारी, मुस्नद इमाम अह्मद)
२) उमर (रजि.) ले एक दिन नमाज पढाउनु भयो जबकि उहाँ अपवित्र अवस्थामा हुनुहुन्थ्यो । तर उहाँलाई याद भएन । सम्झेपछि उहाँले नमाज दोहोर्याउनु भयो तर बाँकी कसैले नमाज दोहोर्याएनन् । (नैल अल्–औतार)
*हनफी विद्वानहरुका अनुसार यदि मुक्तदीहरुलाई पछि यस कुराको ज्ञान हुन्छ भने नमाज दोहोर्याउनु जरुरी छ तर यदि यसको ज्ञान भएन भने नमाज दोहोर्याउनु आवश्यक छैन । (मुअत्ता इमाम मुहम्मद)
टिप्पणियाँ