सीधे मुख्य सामग्री पर जाएं

संदेश

अप्रैल, 2012 की पोस्ट दिखाई जा रही हैं

यो चोर्नु होइन !

१) आइशा (अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ, अबू सुफ्यानकी पत्निले अल्लाहका सन्देष्टा (उनीमाथि शान्ति होस्) लाई भनिन्, अबू सुफ्यान कन्जुस मान्छे हो, ऊ मलाई र मेरो सन्तानलाई खर्च गर्न आवश्यक पर्ने जती दिदैन, तर म स्वयं उसलाई थाहा नदिई केही लिन्छु । उहाँ (माथि शान्ति होस्) ले भन्नुभयो, "जती तिमीलाई र तिम्रो सन्तानलाई पर्याप्त हुन्छ त्यति मात्रै  लिऊ ।" (बुखारी)

गीबत (कुरा काट्नु) के हो?

१) अबू हुरैरह (अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ, अल्लाहका संदेष्टा (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "के तिमीहरुलाई थाहा छ कि गीबत (कुरा काट्नु) के हो ? सहाबीहरु (साथीहरु) ले जवाफ दिए, अल्लाह र उनका रसूल (उनीमाथि शान्ति होस्) लाई बढी थाहा छ । उहाँ (माथि शान्ति होस्) ले भन्नुभयो, "आफ्ना दाजुभाईको विषयमा यस्तो कुरा गर्नु जुन उसलाई मन पर्दैन त्यो नै गीबत हो ।" प्रश्न गरियो, यदि सँच्चिकै त्यो कम्जोरी ऊ भित्र छ जसको उल्लेख मैले गरेँ भने त्यो पनि गीबत हो ? उहाँ (माथि शान्ति होस्) ले भन्नुभयो, हो त्यो गीबत हो जब तिमी त्यस कम्जोरीको उल्लेख गर्छौ जुन ऊ भित्र छ, यदि ऊ भित्र त्यो कम्जोरी छैन भने  तिमीले उसमाथि आरोप लगायौ । (मुस्लिम)

गीबत गर्ने (कुरा काट्ने) अनुमति रहेको अवस्था

१) फातिमा बिन्त कैस (कैस कि छोरी फातिमा, अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ, म अल्लाहका संदेष्टा (उनीमाथि शान्ति होस्) को सेवामा उपस्थित भएँ, अनि मैले भने कि अबू जहम र मुआवियाले मलाई बिहेको प्रस्ताव राखेका छन (यस बिषयमा हजुरको के बिचार रहेको छ ?) । उहाँ (माथि शान्ति होस्) ले भन्नुभयो, "मुआविया त गरीब छ, ऊसँग सम्पत्ति छैन र अबू जहम आफ्नो लौरोलाई आफ्नो काँधबाट हटाउँदैन ।" (बुखारी, हादीसको संग्रह) अर्थात : यस हदीसबाट प्रष्ट हुन्छ कि ठूलाबडासँग विवाहका लागि सरसल्लाह गर्दा यदि कसैको कम्जोरीको कुरा गरिन्छ भने त्यसलाई गीबत मानिदैन । यस अवस्थामा यसको अनुमति रहेकोछ । २) आइशा (अल्लाह उनीसित प्रसन्न होऊन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "मलाई लाग्छ कि फलानो र फलानो ब्यक्तिलाई हाम्रो दीन (इस्लाम) को विषयमा केही पनि ज्ञान छैन । (बुखारी) अर्थात: यस हदीसमा पनि अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले दुईजना ब्यक्तिको कमी कमजोरीलाई वर्णन गर्नु भएको छ । यसलाई पनि गीबत भनिदैन । यहाँ कमजोरी उल्लेख गर्नुको कारण सर्वसाधारण मुस्लिमहरुलाई माथि उ...

मुनाफिक (कपटी) को पहिचान

१)   अब्दुल्लाह बिन अम्र (अल्लाह उनीसँग प्रसन्न   होऊन) को भनाई छ , अल्लाहका संदेष्टा ( उनीमाथि शान्ति होस्) ले भन्नुभयो , " जस ब्यक्तिमा यी चार अवगुणहरु पाइने छन्   ऊ नितान्त मुनाफिक (कपटी) हो र जसमा कुनै एउटा अवगुण पाइने छ ऊ मुनाफिकहरुको एउटा अवगुण लिएको हुनेछ: क) जब उसलाई कुनै नासो सुम्पिइन्छ ऊ त्यसको हिनामिना गर्दछ , ख) जब बोल्छ , झुठो बोल्छ , ग) जब बाँचा गर्छ त्यसलाई तोड्दछ , घ) कसैसँग झगडा हुँदा अपशब्दको प्रयोग गर्दछ ।" (मिश्कात)   २)    उमर बिन खत्ताब  ( अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ ,  अल्लाहका संदेष्टा ( उनीमाथि शान्ति   होस्) ले भन्नुभयो , " मलाई यस समुदायमा  केवल यस्ता   मुनाफिकहरुको डर लागेको छ जो कुरा गराइमा तत्वदर्शी छन्   तर कार्यमा अरुमाथि अत्याचार गर्छन् ।" (बैहकी) ३) अबू हुरैरह (अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ ,  अल्लाहका संदेष्टा (उनीमाथि शान्ति   होस्) ले भन्नुभयो , " मुनाफिक (कपटी) भित्र दुईवटा राम्रा गुणहरु एकै चोटी उपस्थित हुन सक्दैनन: ...

अत्याचार र यसको परिणाम

१) जाबिर (अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ, अल्लाहका संदेष्टा (उनीमाथि शान्ति होस्) ले भन्नुभयो  "अत्याचार गर्नबाट बच, किनभने अत्याचार कयामतको दिनमा  अन्धकारको कारण बन्ने छ र कन्जुस्याई  गर्नबाट बच किनभने कन्जुस्याई गर्नाले तिमीहरुभन्दा पहिलेका मानिसहरु बर्बाद भैसकेका छन् । यस कार्यले मानिसहरुको रगत बगाउन र उनीहरुको आत्मसम्मानलाई तहसनहस पार्न प्रोत्साहित गरेको छ ।" (मुस्लिम) २) उमर बिन खत्ताब (अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ, अल्लाहका संदेष्टा (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "मलाई यस समुदायमा  केवल यस्ता  मुनाफिकहरुको डर लागेको छ जो कुरा गराइमा तत्वदर्सी छन्  तर कार्यमा अरुमाथि अत्याचार गर्छन् ।" (बैहकी) ३) अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "सुन ! जसले बाचा गरिएको ब्यक्ति अथवा समुदायमाथि अत्यचार गर्दछ अथवा उसको अधिकारमा कुनै कमी गरेको छ वा सामर्थ्य भन्दा बढी उसमाथि जिम्मा दिएको छ वा उसको ईच्छा बिना उसको कुनै चीज लिएको छ भने कयामतको दिन म उसको तर्फबाट झगडा गर्नेछु ।" (अबू दाऊद) ...

उपचारमा सतर्कता अपनाउनु

१) अम्र बिन शुऐब (अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "जसले उपचार गर्छ जब कि उसलाई उपचार गर्ने राम्रो ज्ञान छैन भने (बिरामीको मृत्यु वा रोग बढ्नुको कारण ऊ हुनेछ र) ऊ (नै) दोषी हो ।" (अबू दाऊद)

अन्य धर्महरुको क्रियकलाप अपनाउनु अवैध कार्य हो

१) अब्दुल्लाह बिन उमर (अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "जो कुनै समुदायको भेष धारण गर्नेछ  त्यो  उनीहरुमा नै गनिनेछ ।" (अबू दाऊद) 

झूठका किसिमहरु

१) अस्मा (अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ, एउटी महिलाले भनिन्, "हे अल्लाहका रसूल ! मेरी एउटी सौता छिन । यदी मैले ऊ समक्ष मेरो पतिले दिएको भन्दा बढी जाहेर गरें भने के यसमा कुनै आपत्ती छ ?" अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "सम्पत्तिको झूठो प्रदर्शन गर्नु (पतिले नदिएको सामानलाई पनि दिएको भनेर प्रदर्शन गर्नु) शरीरमा झूठको पोशाक लगाउनु हो ।" (बुखारी र मुस्लिम)

शिर्कका ढोकाहरू

१) अबुल हयाज (अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ, मलाई अली (अल्लाह उनीसँग प्रसन्न होऊन) ले भन्नुभयो, "म तिमीलाई त्यस कामतर्फ पठाउँदैछु जुन कामतर्फ मलाई अल्लाहका सन्देष्टा (उनीमाथि शान्ति होस्) ले पठाउनु भएको थियो । तिमी यदि कुनै मूर्ती देख्छौ भने त्यसलाई समाप्त गरिदेऊ र यदि कुनै अग्लो कबर (चिहान) देख्छौ भने त्यसलाई बाराबर पारिदेऊ ।" (मुस्लिम)

घमण्डका साना र ठूला ढोकाहरु

१) अबू मसऊद (अल्लाह उनीसँग प्रसन्न होऊन्) को भनाई छ कि अल्लाहका सन्देष्टा (उनीमाथि शान्ति होस्) ले यस कुराबाट मनाही गर्नु भएको छ कि इमाम (नमाज पढाउँदा) अग्लो ठाउँमा उभियोस र मुक्तदीहरु (नमाजमा इमामको अनुसरन गर्नेहरु) इमाम पछाडी अर्थात इमामभन्दा तल्लो ठाउँमा उभिउन । (दार कुत्नी) 

कयामत (महाप्रलय) का निशानीहरु

१) अब्दुल्लाह (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "महाप्रलय हुनुभन्दा अगाडी निम्न कुराहरु हुनेछन ।  क) समाजका ठुला-बडाहरुलाई मात्र सलाम गरिनेछ (गरीबहरुलाई सलाम गरिने छैन) ख) ब्यापार यति फिजाइने छ कि पत्निलाई आफ्नो पतिको सहयोग गर्नुपर्ने अवस्था आउने छ (अर्थात धन-सम्पत्तिमा यति लोभ र लालचा मान्छेको मनमा आउनेछ कि एउटी नारी आफ्नो घरको कामकाजलाई र बच्चाहरुको पालन पोषनलाई उपेक्षा गरी ब्यापारमा आफ्नो लोग्नेको सहयोग गर्न तत्पर हुनेछिन्)  ग) सम्बन्ध बिच्छेद (आफन्तहरुसँगको नातालाई तोड्ने काम) बढी मात्रामा हुनेछ । घ) ज्ञान फिजाइने छ । ङ) झूठो गवाही दिने चलन बढ्ने छ र साँचो गवाही दिन संकोच मानिनेछ । (अल्-अदब अल्-मुफ्रद्)

प्राण घातक अपराध

१) आइशा (अल्लाह उनीसँग प्रस्न होउन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "मानिसहरूमा सबभन्द ठूलो अपराधी दुई थरिका हुनेछन्: क) त्यसतो कवि जो समुदायका नराम्रा कुराहरुलाई मात्र वर्णन गर्नेछ । ख) जो आफ्नो पितालाई पिता मान्न अस्वीकार गर्नेछ ।" (अल्-अदब अल्-मुफ्रद)

इस्लाममा समानता

१) अबू हुरैरह (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "खानामा सबभन्दा नराम्रो खाना त्यस वलिमा (विवाह पश्चात केटातर्फबाट गरिने भोज) को खाना हो जसमा धनीहरुलाई सम्झी सम्झी निम्तो दिइन्छ तर गरीबहरुलाई जानीबुझी छोडिन्छ र जसले बिना कुनै कारण भोजको निम्तो स्वीकार गरेन उसले अल्लाह र उनका रसूल  (उनीमाथि शान्ति होस्) को अवज्ञा गर्‍यो । (बुखारी र मुस्लिम)

इस्लाममा पर्दा

१) अब्दुल्लाह बिन अब्बास (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "कुनै पुरुष कुनै महिलासँग एकान्तमा नबसोस (यहाँ महिला भन्नुको तात्पर्य गैर महरम अर्थात त्यस्ता महिलाहरु हुन जोसँग विवाह गर्ने अनुमति इस्लामले दिएको छ) र कोही महिला महरम पुरुष (अर्थात जोसँग विवाह गर्ने अनुमति छैन जस्तै साक्य दाई, साक्य भाई, बुबा, काका, मामा, छोरा आदि) बिना यात्रा  नगरोस । (त्यहिबेला) एकजना ब्यक्तिले प्रश्न सोध्यो, "हे अल्लाहका रसूल ! मेरो नाम एउटा युद्धमा (भाग लिनको लागि) लेखिएको छ र मेरी पत्नीले हजको नियत गरेर हिडिसकेकिछिन ।" उहाँ (माथि शान्ति होस्) ले भन्नुभयो, "जाऊ आफ्नी पत्नीसँग हज गर ।" (बुखारी र मुस्लिम) २) उमैमह बिन्त रुकैकह (अल्लाह उनी संग प्रसन्न होउन) को भनाई छ, मैले सन्देष्टा (उनीमाथि शान्ति होस्) को हातमा संकल्प लिएँ जबकी म महिलाहरुको भीडमा थिएँ । उहाँ ले भन्नुभयो, "म ती कार्यहरुको विषयमा मात्र संकल्प लिरहेको छु जसलाई तिमीहरु गर्न सक्नेछौ ।" मैले (उमैमह बिन्त रुकैकह) भनेँ कि अल्लाह र उनका रसूल हामीभन्दा...

महिलासँग हात मिलाउनु

१) उमैमह बिन्त रुकैकह (अल्लाह उनी संग प्रसन्न होउन) को भनाई छ, मैले सन्देष्टा (उनीमाथि शान्ति होस्) को हातमा संकल्प लिएँ जबकी म महिलाहरुको भीडमा थिएँ । उहाँ ले भन्नुभयो, "म ती कार्यहरुको विषयमा मात्र संकल्प लिरहेको छु जसलाई तिमीहरु गर्न सक्नेछौ ।" मैले (उमैमह बिन्त रुकैकह) भनेँ कि अल्लाह र उनका रसूल हामीभन्दा बढी हामीमाथि कृपालु छन । मैले भने कि हे अल्लाहका रसूल ! हामीसँग संकल्प लिनुहोस अर्थात हाथ मिलाउनुहोस । उहाँ ले भन्नुभयो, "मेरो सयजना महिलाहरुसँग मौखिक संकल्प लिनु एउटी महिलासँग मौखिक संकल्प लिनु सरह नै हो ।" (उहाँ (माथि शान्ति होस्) ले कुनै महिलासँग हात मिलाउनु भएन) । (मालिक)

कुविचार

१) अबू हुरैरह (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "कुबिचारबाट बच, किनभने कुबिचार सबभन्दा ठूलो मिथ्या हो ।" (मिश्कात)

जस्तो संगत त्यस्तै चरित्र

१) बिलाल बिन सअद (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ,  राष्ट्रपति  मुआविया ((अल्लाह उनीसँग प्रसन्न होउन)) ले अबू दर्दा ((अल्लाह उनीसँग प्रसन्न होउन)) लाई चिठ्ठीमा दमिश्कको बदमाशहरुको नाम लेखेर पठाउन भने । अबू दर्दा ((अल्लाह उनीसँग प्रसन्न होउन)) ले भन्नुभयो, "दमिश्कको बदमाशहरुसँग मेरो के सम्बन्ध ? म कसरी चिन्न सक्छु र?" उन (अबू दर्दा) को छोरा बिलालले भने, म उनीहरुको नाम लेखिदिन्छु । त्यसपछि उनले नामहरु लेखिदिए । अबू दर्दा (अल्लाह उनीसँग प्रसन्न होउन) ले भने, यी नामहरु तिमीलाई कसरी थाहा भयो ? बदमाशहरुको नाम त्यतिबेला मात्रै तिमीलाई थाह हुनेछ जब स्वयं तिम्रो सम्बन्ध उनीहरुसँग होस । तिमी ती नामहरुमा सबभन्दामाथि आफ्नो नाम लेख । अबू दर्दा (अल्लाह उनीसँग प्रसन्न होउन) ले ती नामहरुलाई पठाएनन् । (अल्-अदब अल्-मुफ्रद) 

घरको पर्दा

१) अनस (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, एउटा गाउँले अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) कहाँ आयो र (भित्र हेर्न) हल्का खुलेको ढोकाबाट चियायो । उहाँ (माथि शान्ति होस्) ले तीर वा चुच्चो काठ हातमा लिएर त्यस गाउँलेतर्फ उसको आँखा फोड्न जानु भयो । यो देखेर त्यो गाउँले भाग्यो । अनि उहाँ (माथि शान्ति होस्) ले भन्नुभयो, "यदि तिमी यहाँ उभिरहेको भए म तिम्रो आँखा फोडिदिने थिएँ ।" (अल्-अदब अल्-मुफ्रद)

बकरा ईद

१) अकरअ बिन जाबिर (अल्लाह उनीसँग प्रसन्न होउन) ले अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) सँग सोधे, हे अल्लाहका रसूल ! हज प्रत्येक वर्ष अनिवार्य छ वा जीवनमा एकपल्ट मात्र ? उहाँमाथि शान्ति होस् ले भन्नुभयो, "प्रत्येक वर्ष होईन बरु जीवनमा एकपल्ट मात्रै, जो एक भन्दा बढी हज गर्छ त्यो एच्छिक हो ।" (अबू दाऊद) २) अबू हुरैरह (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ कि मैले अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्दै गरेको सुनें, "जसले अल्लाहको लागि हज गर्‍यो, न सहवास गर्‍यो न अपशब्द नै भन्यो ऊ फर्कदा भर्खर आमाको कोखबाट जन्मे झैं भएर फर्कनेछ ।" (बुखारी) ३) बुरैदह (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ कि अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ईदुल फित्रको दिन केही खाएर नमाज पढ्नको लागि जानु हुन्थ्यो र ईदुल अदहा (बकरा ईद) को दिन (नमाज पढेर) फर्केपछि  आफूले गरेको कुर्बानीको मासु खानु हुन्थ्यो । (अहमद) ४) जैद बिन अर्कम (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ कि अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) का सहाबी (साथि) हरुले भने, हे अल्लाहका रसूल ! यी कुर्बानीहरु के हुन ? वहाँ (म...