१) जाबिर (अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ, अल्लाहका संदेष्टा (उनीमाथि शान्ति होस्) ले भन्नुभयो "अत्याचार गर्नबाट बच, किनभने अत्याचार कयामतको दिनमा अन्धकारको कारण बन्ने छ र कन्जुस्याई गर्नबाट बच किनभने कन्जुस्याई गर्नाले तिमीहरुभन्दा पहिलेका मानिसहरु बर्बाद भैसकेका छन् । यस कार्यले मानिसहरुको रगत बगाउन र उनीहरुको आत्मसम्मानलाई तहसनहस पार्न प्रोत्साहित गरेको छ ।" (मुस्लिम)
२) उमर बिन खत्ताब (अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ, अल्लाहका संदेष्टा (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "मलाई यस समुदायमा केवल यस्ता मुनाफिकहरुको डर लागेको छ जो कुरा गराइमा तत्वदर्सी छन् तर कार्यमा अरुमाथि अत्याचार गर्छन् ।" (बैहकी)
३) अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "सुन ! जसले बाचा गरिएको ब्यक्ति अथवा समुदायमाथि अत्यचार गर्दछ अथवा उसको अधिकारमा कुनै कमी गरेको छ वा सामर्थ्य भन्दा बढी उसमाथि जिम्मा दिएको छ वा उसको ईच्छा बिना उसको कुनै चीज लिएको छ भने कयामतको दिन म उसको तर्फबाट झगडा गर्नेछु ।" (अबू दाऊद)
४) अब्दुल्लाह बिन अब्बास (आल्लाह उनीसँग प्रसन्न होऊन्) को भनाई छ, उहाँले भन्नुभयो कि जुन समुदायमा हिनामिना गर्नु साधारण मानिन्छ त्यस समुदायमा अल्लाह शत्रुको डर र त्रासलाई फिजाइदिन्छन् । जुन समुदायमा ब्यभिचार गर्नु सामान्य मानिन्छ (पाप मानिदैन) त्यो समुदाय बर्बाद हुने नै छ । जुन समुदायमा नाप-तौलमा कमी गर्ने चलन हुनेछ त्यो समुदाय बर्कतबाट बञ्चित हुनेछ । जहाँ अन्यायपूर्ण फैसला गरिनेछ त्हाँ हत्याहिंसा हुने नै छ र जुन समुदायमा बाचा तोडिनेछ तिनीहरूमाथि शत्रु विजयी हुने नै छ । (मिश्कात)
टिप्पणियाँ