१) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीमध्ये कोही मस्जिदमा नमाज पढ्दा उसले केही नमाज आफ्नो घरको लागि पनि बाँकी राखोस् किनभने अल्लाह तआला उसको नमाजको माध्यमले उसको घरमा बर्कत प्रदान गर्नेछन् ।” (अह्मद, मुस्लिम) २) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “केही नमाजहरु घरमा पढ र घरलाई कब्र नबनाऊ ।” (मुस्नद इमाम अह्मद) ३) जैद बिन साबित (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “घरमा नमाज पढ्नु मेरो यो मस्जिद ( मस्जिदे नबवी) मा नमाज पढ्नुभन्दा उत्तम हो । तर फर्ज नमाज बाहेकको नमाज ।” (अबू दाऊद) *इमाम मालिक (रह.) र इमाम सौरी (रह.) का अनुसार रातमा पढिने नफ्लहरुलाई घरमा र दिनमा पढिने नफ्लहरुलाई मस्जिदमा पढ्नु अफ्जल हो । (नैल अल्–औतार) ४) मुगीरा बिन शुअ्बा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) राती नफ्ल नमाज पढ्दा यति लामो कियाम गर्नु हुन्थ्यो कि उहाँ (स.) को खुट्टा सुनिन्थ्यो । सहाबीहरु (रजि.) उहाँ (स.) लाई सोध्दा उहाँ (स.) भन्नु हुन्थ्यो “के म अल्लाहको कृतज्ञ भक्त नबनुँ ?” (बुखारी, मुस्लिम, अह्मद, ति...
नेपाली भाषीहरूका लागि अल्लाहका रसूल (स.) का अमूल्य हदीसहरूको नेपाली अनुवाद।