सीधे मुख्य सामग्री पर जाएं

संदेश

नवंबर, 2016 की पोस्ट दिखाई जा रही हैं

नमाजका फर्ज कार्यहरु

*प्रत्येक उपासनाको लागि नियत गर्नु अनिवार्य छ । हनफी विद्वानहरुको अनुसार नियत (संकल्प गर्नु) नमाजको सर्तहरु मध्येको एक हो, फर्ज होईन । स्मरण रहोस् कि सर्त र फर्जमा फरक भनेको केवल सोँचको मात्र छ । नियतलाई मौखिक रुपले भन्नु कसैको अनुसार पनि अनिवार्य छैन । (इब्ने तैमिया (रह.) । तर नमाजको लागि नियत मौखिक रुपले गर्नू हम्बली र शाफिई बिद्वानहरुका अनुसार सुन्नत हो । मालिकी विद्वानहरुका अनुसार उत्तमको विपरित हो र हनफी विद्वानहरुको अनुसार बिद्अत् (इस्लाममा नयाँ कुरालाई उत्पन्न गर्नु जसको इस्लाममा कुनै स्थान छैन र यसो गर्नु पापको भागेदार हुनु) हो । तर यदि नमाजीको मनमा भ्रम छ भने मौखिक नियत गर्ने अनुमति छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ) १) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “नमाजको साँचो पवित्रता हो, साधारण अवस्थाबाट  वर्जित हुने कार्य  “अल्लाहु अकबर” भन्नु हो र त्यस वर्जित अवस्थाबाट मुक्त हुने कार्य सलाम फेर्नु हो । (शाफिई (रह.), अह्मद (रह.), अबू दाऊद, इब्ने माजा, तिर्मिजी) *हनफी विद्वानहरुका अनुसार “तक्बीर तह्रीमा” नमाजको सर्त हो, फर्ज होईन । त्...

नमाजको क्रम र त्यसको तरिका

१) अबू हुरैरह (रजि.) को भनाई छ कि एउटा मान्छेले मस्जिदमा प्रवेश गर्यो र उसले नमाज पढ्यो । अनि ऊ नबी (स.) समक्ष उपस्थित भयो र सलाम  गर्यो  । उहाँ (स.) ले उसको सलामको जवाफ दिनुभयो र भन्नुभयो “फर्क र फेरी नमाज पढ किनभने तिमीले नमाज पढेको छैन ।” ऊ फर्कियो र नमाज पढेर फेरी आयो । उहाँ (स.) ले फेरी उसलाई नमाज पढ्ने आदेश दिनुभयो । अन्त्यमा त्यस व्यक्तिले भन्यो “मलाई त्यस अस्तित्वको कसम जसले तपाईलाई सत्यताका साथ पठाएका छन्, म यस भन्दा राम्रो नमाज पढ्ने सामर्थ्य राख्दिन । तपाई सिकाइदिनुहोस् । उहाँ (स.) ले भन्नुभयो “जब तिमी नमाजको लागि उभिन्छौ तब ‘अल्लाहु अकबर’ (अल्लाह महान् छन्) भन । अनि कुरआनको जुन भाग तिम्रो लागि सजिलो छ, त्यसलाई पढ ।” अर्को हदीसमा उल्लेख गरिएको छ  ‘अनि सूरह अल्–फातिहा पढ’“अनि रुकू गर र आरामले रुकू गर अनि सीधा उभिऊ अनि सज्दा गर र आरामले सज्दा गर । अनि उठ र आरामले बस । अनि फेरी सज्दा गर र आरामले सज्दा गर । अनि पूरै नमाजमा यसरी नै गर ।” (बुखारी, मुस्लिम, अह्मद) २)  अबू हुमैद साइदी (रजी.) को भनाई छ कि उनले अल्लहका रसूल (स.) का १० जना साथीहरु (सहबीहरु) क...

नमाजका सर्तहरु

*कुनै पनि नमाजलाई त्यसको समय हुनुभन्दा पहिले पढ्ने अनुमति छैन । त्यसैले नमाजको समय भएको ज्ञान हुनु जरुरी छ । अल्लाह तआलाले भनेका छन्ः “निस्सन्देह आस्थावानहरुमाथि समयको पालनाका साथ नमाज अनिवार्य गरिएको छ ।” (सूरह अन्–निसा: १०३) **अल्लाह तआलाले भनेका छन्: “हे आस्थावानरु हो ! तिमीहरु नमाजकालागि उभिंदा आफ्नो अनुहार धोऊ.... (अर्थात वुजु गर) । (सूरह अल्–माइदा: ६)  १)  अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) ले भन्नुभयो, “अल्लाह तआला वुजु बिना कुनै पनि नमाज स्वीकार गर्दैनन् र माले गनिमतबाट चोरेर दिइएको सदका (दान) स्वीकार गर्दैनन् ।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा) २)  अबू हुरैरह (रजि) को भनाई छ कि एउटा देहाती (मस्जिदमा) आयो र मस्जिदको सहन् (आंगन) मा बसेर पिसाब गर्न थाल्यो । सहाबीहरु (रजि.) उसलाई समात्न र रोक्न दर्गुन थाले । अल्लाहका रसूल (स.) ले भन्नु भयो, “उसलाई पिसाब गर्न देऊ र त्यस पछि उसको पिसाब माथि एक मग पानी बगाईदिनु किनकी तिमीहरु सजिलो बनाउन पठाइएका हौ (मामिलालाई सजिलो बनाउन पठाइएका हौं) झन गाह्रो बनाउन पठाइएका ह...

एकै जनाले अजान र इकामत भन्नु

१) जियाद बिन हारिस (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले मलाई अजान भन्ने आदेश दिनुभयो । मैले बिहान उज्यालो भईसकेपछि अजान दिएँ । अल्लाहका रसूल (स.) ले वुजु गरिसकेपछि नमाजको लागि उभिनुभयो । बिलाल (रजि.) ले इकामत भन्न खोजे तर अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जियादले इकामत भन्नेछ किनभने जसले अजान दिन्छ उसैले इकामत भनोस् ।” (अहमद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा) * यस हदीसमा यद्यपी कमजोरी रहेको छ तर इमाम तिर्मिजी (रह.) भन्नुहुन्छ, “यस अनुसार विद्वानहरुमध्ये अधिकतमको अमल रहेको छ तर यसो गर्नु उत्तम रहेको छ, अनिवार्य होईन । यदि अजान भन्ने र इकामत भन्ने व्यक्ति छुट्टा छुट्टै छन् भने सम्पूर्ण इमामहरुको अनुसार यसो गर्ने अनुमति रहेको छ । (बिदायत् अल्–मुज्तहिद)

अजानपछि मस्जिदबाट निस्कनु

१) अबू हुरैरह् (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले हामीलाई आदेश दिनुभएको छ “यदि तिमी मस्जिदमा छौ र (मस्जिदमा भएको बेलामा) अजान भयो भने कसैले पनि नमाज नपढिकन मस्जिद बाहिर जानुहुदैन ।” (अह्मद) * अजान दिइसकेपछि बिना कुनै कारण वा फर्केर नआउने नियतले मस्जिदबाट निस्कने अनुमति छैन ।

इकामत र नमाजको बीचको अन्तराल

१) अनस (रजि.) को भनाई छ कि एक दिन इकामत दिईयो तर अल्लाहका रसूल (स.) मस्जिदको एक कुनामा एउटा व्यक्तिसँग कुराकानी गर्दै हुनुहुन्थ्यो । उहाँ (स.) आफ्नो ठाँउबाट हट्नु भएन र मानिसहरुलाई (प्रतिक्षामा) निद्रा लाग्न थाल्यो । (बुखारी) * इकामत र नमाजको बीचमा कुराकानी गर्ने अनुमति छ । यस पछि (पहिलो इकामत पछि) अर्को इकामत (कुराकानी गरेको कारणले वा अरु कुनै कारणले) भन्न जरुरी छैन । २)  एक दिन नमाजको लागि इकामत भनि सकिएको थियो र अल्लाहका रसूल (स.) लाई याद आयो कि उहाँ (स.) लाई गुस्ल गर्न बाँकी छ । उहाँ (स.) ले घर गएर गुस्ल गर्नुभयो अनि फर्केर इकामत बिना नै नमाज पढाउनुभयो ।” (बुखारी)

अजान र इकामतको बीचको अन्तराल

१) अब्दुल्लाह बिन मुगफ्फल (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.)ले भन्नुभयो, “प्रत्येक अजान र इकामतको बीचमा नमाज छ ।“ उहाँ (स.) ले यो कुरा तीन पटक भन्नुभयो । (बुखारी) २)  जाबिर बिन सम्रा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) का मुअज्जिनहरु अजान पछि पर्खन्थे र अल्लाहका रसूल (स.) लाई बाहिर आएको नदेखेसम्म इकामत भन्दैनथे । जब उनीहरु उहाँ (स.) लाई देख्थे तब इकामत भन्थे । (अहमद, मुस्लिम, अबू दाऊद, तिर्मिजी) * तर यी हदीसहरु र अरु हदीसहरुले यो आभास हुन्छ कि अजान र इकामतको बीचमा यति अन्तराल हुनुपर्छ कि नमाजीहरुले शौचालय जाने र वुजु गर्ने समय प्राप्तहोस् । ** हनफी र शाफिई विद्वानहरुको अनुसार मग्रिबको अजान र इकामतको बीचमा केबल यति अन्तराल हुनुपर्छजसमा पवित्र कुरआनको तीन आयत तिलावत हुन सकोस् र अरु नमाजहरुमा नमाजीहरुको आउने प्रतिक्षा गर्नु बेस हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

मुअज्जिन (अजान दिने व्यक्ति) का गुणहरु

१) उस्मान बिन अबी अल्–आस (रजि.) को भनाई छ कि मैले अल्लाहका रसूल (स.) लाई मलाई मेरो समुदायकाहरुको लागि इमाम (नमाज पढाउने) बनाउन भनें । उहाँ (स.) ले भन्नुभयो, “तिमी उनीहरुको इमाम हौ । तिमी कमजोरको ध्यान राख र यस्तो मुअज्जिन नियुक्त गर जो आफ्नो अजानको लागि तलब नलिने होस् ।” (अबू दाऊद, तिर्मिजी, इब्ने माजा, नसई) * सहाबीहरु (रजी.) र विद्वानहरुमध्ये अधिकतमले अजानको लागि तलब लिनु अप्रिय मानेका छन् । (तिर्मिजी) इमाम अबू हनीफा (रह.) को अनुसार अजानको लागि तलब दिने शर्त राख्नु हराम हो । इमाम मालिक (रह.) को अनुसार तलब लिनुमा कुनै आपत्ति छैन । (नैल अल्–औतार) ** अजान दिनको लागि किब्ला तिर फर्केर उभिनु सुन्नत हो किनभने अल्लाहका रसूल (स.) का दुबै मुअज्जिन सधैं किब्ला तिर फर्केर उभिन्थे । २)  मुहाजिर बिन कन्फज् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “मलाई तिम्रो सलामको जवाफ दिनबाट केही कुराले रोकेन बरु मलाई बिना वुजु अल्लाहको जिकिर गर्न मन परेन ।” (अहमद, अबू दाऊद, नसई, इब्ने माजा) ३) अबू जुहैफा (रजि.) भन्छन्,“बिलाल (रजि.) ले अजान दिए । म उनको अनुहारलाई हेर्द...

इकामतको उत्तर दिनु

१) अबू उमामा (रजि.) को भनाई छ कि बिलाल (रजि.) ले इकामत भन्न सुरु गरे अनि जब उनले “कद् कामतिस् सलाह” भने अल्लाहका रसूल (स.) ले भन्नुभयो “अकामहल्लाहु वअदामहा” । र इकामतका अरु वाक्यहरु सुनेपछि उहाँ (स) ले त्यही वाक्यहरु दोहोर्याउनुभयो जुन अजानको समयमा भनिन्छन् ।” (अबू दाऊद) * इकामत सुन्ने व्यक्तिले इकामतका वाक्यहरुलाई दोहोर्याउनुपर्छ, “हैय अलस्सलाह्” र हैय अलल् फलाह्” सुनेपछि “ला हौल वला कूवत इल्ला बिल्ला” र “कद् कामतिस् सलाह” सुनेपछि “अकामहल्लाहु वअदामहा”  (अल्लाह यसलाई कायम राखुन र सदा जीवित राखुन्) भन्नु मुस्तहब् हो ।

अजान र इकामतको अन्तरालमा दुआको महत्व

१) अनस (रजि.) को भनाई छ कि नबी (स.) ले भन्नुभयो, “अजान र इकामतको अन्तरालमा गरिएको दुआ रद्द हुँदैन । (अबू दाऊद, नसई, तिर्मिजी) *तिर्मिजी (रह.) द्वारा उल्लेख गरिएको हदीसमा यी वाक्यहरु बढी उल्लेख भएका छन् “अनस (रजि.) ले सोधे ‘हे अल्लाहका रसूल ! हामी के दुआ गरौं ?’ उहाँ (स.) ले भन्नुभयो, ‘अल्लाह तआलासित यस संसार र आखिरत (परलोक) मा माफी र सुखसयल माग ।’

अजान पछिको दुआ

१) जाबिर (रजि.) को भनाई छ कि नबी (स.) ले भन्नुभयो, “जो अजान सुनेर यो दुआ पढ्छ कयामतको दिन उसको लागि मेरो सिफारिश अनिवार्य हुनेछः  हे अल्लाह! हे यस पूर्ण पुकार (अजान) र सुरु हुन लागेको नमाजको पालनकर्ता ! मुहमद (स.) लाई वसीला र श्रेष्ठता प्रदान गर र उहाँ (स.) लाई प्रशंसनीय स्थानसम्म उठाऊ जसको तिमीले उहाँ (स.) सँग बाचा गरेका छौ । (बुखारी) *“वसीला” स्वर्गको एउटा यस्तो स्थान हो जुन अल्लाहको एउटा मात्र भक्तको लागि हो । अल्लाहका रसूल (स.) ले भन्नुभयो “मलाई आशा छ कि त्यो भक्त म हुनेछु ।” (मुस्लिम)

अजानको उत्तर

*जसले अजान सुन्दछ उसले मुअज्जिनसँग अजानका वाक्यहरुलाई दोहोर्याउनुपर्छ र जब मुअज्जिन “हैय अलस्सलाह्” र “हैय अलल् फलाह” भन्छ त्यति बेला “ला हौल वला कूवत इल्ला बिल्ला” भन्नु मुस्तहब हो । १) उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जसले सच्चा ह्रदयका साथ यसो गर्छ उसले स्वर्गमा प्रवेश पाउँछ ।” (मुस्लिम, अबू दाऊद) *बिहान (फज्र) को अजानमा “अस्सलातु खैरुम् मिनन् नौम”को जवाफमा कुनै पनि वाक्य भन्ने हदीसमा उल्लेख भएको छैन । (सुबुल् अल्–सलाम्, तुह्फत् अल्–अह्वजी) हनफी, हम्बली र शाफिई विद्वानहरुका अनुसार बिहानको अजानमा प्रयोग हुने वाक्य “अस्सलातु खैरुम् मिनन् नौम” को जवाफमा “सदक्त व बरर्त” (तिमिले सत्य भन्यौ र पुण्यको काम बतायौ) भन्नु मुस्तहब् हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल् अर्बआ)

इकामतका वाक्यहरु

१) अबू मह्जूर (रजि.) भन्नु हुन्छ, अल्लाहका रसूल (स.) ले उनलाई इकामतका १७ वाक्यहरु सिकाउनुभयो : अल्लाहु अक्बर–चार पटक अश्हदु अल्ला इलाह इल्लल्लाह–दुई पटक अश्हदु अन्न मुहम्मदर् रसूलुल्लाह–दुई पटक हैय अलस्सलाह–दुई पटक हैय अलल् फलाह–दुई पटक कद् कामतिस् सलाह–दुई पटक अल्लाहु अक्बर–दुई पटक ला इलाह इल्लल्लाह–एक पटक (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा) * सुरुमा र अन्त्यमा “अल्लाहु  अक्बर ” दुई पटक र “कद् कामतिस् सलाह” दुई पटक र बाँकी सम्पूर्ण वाक्यहरुलाई एक एक पटक भन्नुपर्छ । जुन कुरा अब्दुल्लाह बिन जैद (रजि.) द्वारा उल्लेखित हदीसमा जिकिर भएको छ । त्यसै गरी : अनस (रजि.) को भनाई अनुसार बिलाल (रजि.) लाई अजानलाई दुई पटक (वाक्यहरुलाई दुई पटक) भन्ने आदेश दिइयो र इकामतलाई (अल्लाहु  अक्बर  बाहेकका वाक्यहरुलाई) “कद् कामतिस् सलाह्” बाहेक एक पटक भन्ने आदेश दिइयो । (बुखारी, मुस्लिम, अहमद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

अजानका वाक्यहरु

१) अब्दुल्लाह बिन जैद (रजि.) को भनाई छ कि शुरुमा जब अल्लाहका रसूल (स.) ले नमाजको लागि शंख बजाएर सबैजनालाई भेला गर्ने आदेश दिनुभयो । एकरात म सुतिरहेको थिएँ, स्वप्नमा एउटा मान्छे आएर मेरो परिक्रमा गर्न थाल्यो । उसको हातमा एउटा शंख थियो । मैले उसलाई सोधें “हे अल्लाहका भक्त! के तिमी यो शंख बेच्ने हो?उसले सोध्यो, “तिमी यसले के गर्छौ?” मैले भनें, “हामी यसको सहयोगले मानिसहरुलाई नमाजको लागि आह्वान गर्नेछौं । उसले भन्यो, “के म तिमीलाई यस भन्दा राम्रो तरिका सिकाउँ ?” मैल भनेें “अवश्य” । उसले भन्यो “तिमी भनः ‘अल्लाहु अक्बर, अल्लाहु अक्बर, अल्लाहु अक्बर, अल्लाहु अक्बर अश्हदु अल्ला इलाह इल्लल्लाह, अश्हदु अल्ला इलाह इल्लल्लाह अश्हदु अन्न मुहम्मदर् रसूलुल्लाह, अश्हदु अन्न मुहम्मदर् रसूलुल्लाह हैय अलस्सलाह्, हैय अलस्सलाह् हैय अलल् फलाह्, हैय अलल् फलाह् अल्लाहु अक्बर, अल्लाहु अक्बर ला इलाह इल्लल्लाह” अर्थात :  “अल्लाह महान् छन्, अल्लाह महान् छन्, अल्लाह महान् छन्, अल्लाह महान् छन् म गवाही दिन्छु कि अल्लाह बाहेक कोही उपास्या छैन, म गवाही दिन्छु कि अल्लाह बाहेक कोही उपास्था छैन ...

अजानको जवाफ दिनु र यसको महत्व

१) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि मानिसहरुले अजान र जमाअतमा नमाज पढ्दा पहिलो पंक्तिमा उभिएर नमाज पढ्नुमा के पुण्य छ भन्ने कुरा थाहा पाए र त्यो प्राप्त गर्नको निम्ति यदि चिठ्ठा खोल्नु प¥यो भने उनीहरुले चिठ्ठा खोल्नेछन् । यदि उनीहरुले जोहरको नमाजलाई (प्रथम समयमा) पढ्ने पुण्य के हो भन्ने कुरा थाहा भयो भने उनीहरु यसको लागि दौडेर जानेछन् र यदि उनीहरुले इशा र फज्रको नमाज (जमाअतमा पढ्ने) पुण्य के हो भन्ने कुरा थाहा पाए र त्यसको लागि घस्रेर जाने अवस्था आयो भने पनि उनीहरु घस्रेर जानेछन् ।” (बुखारी) २)  अबू दर्दा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तीन जना व्यक्तिले (नमाजको समयमा) अजान भनेनन् र जमाअतका साथ नमाज पढेनन् भने शैतान उनीहरुमाथि प्रभुत्व प्राप्त गर्छ ।” (मुस्नद इमाम अह्मद)

नमाजको समयसँग सम्बन्धित केही हदीसहरू

१) यसार (रजि.) को भनाई छ कि एक चोटि इब्ने उमर (रजि.) ले मलाई फज्रको अजान पछि नमाज पढेको देखे अनि भने कि एक पटक हामी यसै समयमा नमाज पढिरहेका थियौं त्यसै समय अल्लाहका रसूल (स.) आउनुभयो र हामीलाई हेरेर भन्नुभयो, “तिमीहरुलाई देख्ने तिमीहरुको अनुपस्थितलाई यो कुरा पुर्याइदेऊ कि फज्रको समय भएपछि दुई रकआत (सुन्नत) बाहेक अरु कुनै नमाज छैन । (अह्मद, अबू दाऊद) २)  अबू हरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जब जमाअत सुरु हुन्छ त्यसपछि (जमाअत नसकेसम्म) फर्ज नमाज बाहेक अरु कुनै नमाज छैन ।” (मुस्लिम, अह्मद, नसई, इब्ने माजा, तिर्मिजी, अबू दाऊद)

फर्ज नमाजहरुको कजा

१) अल्लाहका रसूल (स.) को भनाई छ, “निद्रामा हुनु हेलचक्रेयाइँ गर्नु होईन । हेलचक्रेयाइँ भनेको त ब्यूझेको अवस्थामा (नमाज नपढ्नु) हो । तसर्थ तिमीमध्ये कसैले नमाज पढ्न बिर्सियो वा नमाजको समयावधि भरि नै सुत्यो भने नमाज सम्झने बित्तिकै नमाज पढ्नुपर्छ ।” (तिर्मिजी, नसई) * यदि कोही व्यक्ति जानी बुझी नमाज पढ्दैन भने अधिकतम बिद्वानहरुका अनुसार ऊ पापी पनि हुनेछ र पछि उसले कजा पढ्नु पनि जरुरी हुनेछ ।

नमाज पढ्नु मनाही गरिएका समयहरु

१) अबू सईद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “अस्रको (फर्ज) नमाज पढेपछि सूर्यास्तसम्म अरु कुनै नमाज छैन र फज्रको (फर्ज) नमाज पढेपछि सूर्योदयसम्म अरु कुनै नमाज छैन ।” (बुखारी, मुस्लिम) २)  उक्बा बिन आमिर (रजि.) को  भनाई छ, अल्लाहका रसूल (स.) ले हामीलाई तीन समयमा नमाज पढ्न र पार्थिव शरीरलाई चिहानमा राख्नबाट मनाही गरेका छन् । पहिलो समय सूर्य उदाएर माथि नआएसम्म । दोस्रो समय मध्यान्हको बेला र तेस्रो समय सूर्यास्तको बेला पूर्ण रुपले सूर्यास्त नभएसम्म । (मुस्लिम, अह्मद, अबू दाऊद, नसई, इब्ने माजा) ३)  अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तिमीहरुमध्ये कसैले सूर्यास्त भन्दा पहिले अस्रको नमाजको एक सज्दा (रकअत) पुरा गर्यो भने उसले आफ्नो  नमाजलाई पूरा गर्दा हुन्छ । र यदि कसैले सूर्योदय भन्दा पहिले फज्रको नमाजको एक सज्दा (रकअत) पुरा गर्यो भने उसले आफ्नो नमाज पूरा गर्दा हुन्छ ।” (बुखारी, तिर्मिजी) * विद्वानहरुमध्ये अधिकत्मका अनुसार यदि कसैले सूर्योदय भन्दा पहिले फज्रको नमाज र सूर्यास्त भन्दा पहिले अस्...

नमाजहरुको समय

१) जाबिर बिन अब्दुल्लाह (रजि.) को भनाई छ कि नबी (स.) समक्ष जिब्रईल (अ.) आए र उहाँ (स.) लाई भने, “आउनुहोस् नमाज पढ्नुहोस ।” जोहरको नमाज उहाँ (स.) ले मध्यान्ह पछि पढ्नुभयो । अनि अस्रको समयमा जिब्रइल (अ.) आए र उहाँ (स.) लाई भने, “नमाज पढ्न उठ्नुहोस् ।” अस्रको नमाज उहाँ (स.) ले त्यतिबेला पढ्नुभयो जब हरेक चिजको छाँया त्यसको बराबर हुन पुग्यो । अनि मग्रिबको समयमा आए र भने, “नमाज पढ्न उठ्नुहोस् ।” मग्रिबको नमाज उहाँ (स.) ले सूर्यास्तपछि पढ्नुभयो । अनि ईशाको समयमा आए र भने, “नमाज पढ्न उढ्नुहोस् ।” ईशाको नमाज झमक्क रातमा पढ्नुभयो । अनि “प्रभात / उषाकाल” मा आए । फेरी अर्को दिन जोहरको समयमा जिब्रइल आए । अल्लाहका रसूल (स.) लाई भने, “नमाज पढ्न उठ्नुहोस ।” जोहरको नमाज उहाँ (स.) ले त्यतिबेला पढ्नुभयो जब सबै चिजको छायाँ त्यसको बराबर हुन पुग्यो । अनि अस्रको समयमा आए र भने, “नमाज पढ्न उठ्नुहोस् । अस्रको नमाज उहाँ (स.) ले हरेक चिजको छायाँ त्यसको दुईगुणा हुँदा पढ्नुभयो । अनि मग्रिबमा त्यहि समय आए जुनबेला पहिलो दिन आएका थिए । अनि ईशाको समयमा आए र (उहाँ स. ले) नमाज रातको आधा भाग वा एक तिहाई भाग बितिसकेपछि ...

फर्ज नमाजहरुको संख्या

१) तल्हा (रजि.) को भनाई छ कि गाउँको एउटा व्यक्ति जिग्रिङ्ग परेको कपालका साथ नबी (स.) समक्ष उपस्थित भयो अनि सोध्यो “हे अल्लाहका रसूल ! मलाई बताउनुहोस् कि अल्लाहले ममाथि कति नमाज अनिवार्य गरेका छन् ? उहाँ (स.) ले भन्नुभयो, “पाँच नमाजहरु । तर यदि तिमी चाहन्छौ भने अरु नफ्ल नमाजहरु आफ्नो इच्छाले पढ । (बुखारी र मुस्लिम) *हनफी विद्वानहरुका अनुसार ५ नमाजहरु फर्ज छन् र यस बाहेक वित्र नमाज वाजिब हो । अरु विद्वानहरुको अनुसार यो सुन्नत हो ।

नमाज कसमाथि अनिवार्य छ ?

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तीन जना यस्ता छन् जसमाथि (इस्लामका) अनिवार्य कार्यहरु अनिवार्य छैनन् । पहिलो सुतेको व्यक्ति नब्यूँझेसम्म, दोस्रो बच्चा वयस्क  नभएसम्म  र तेस्रो पागल विवेकशिल नभएसम्म” । (अहमद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, हाकिम) २)  अम्र बिन शुअ‍ैब (रजि.) आफ्नो पिता र हजुरबुबाद्वारा उल्लेख गर्नुहुन्छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तिमीहरुको बच्चा ७ वर्षको भयो भने उनीहरुलाई नमाज पढ्ने आदेश देऊ र १० वर्षको भएपछि उनीहरुलाई पिट (यदि नमाज पढ्दैनन् भने) र उनीहरुको सुत्ने ठाँउ आफ्नो सुत्ने ठाँउबाट छुट्याइदेऊ । (अह्मद, अबू दाऊद, हाकिम)

नमाजको महत्व

१) अब्दुल्लाह बिन कर्त (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “फैसलाको दिन सबभन्दा पहिलो चिज जसको विषयमा भक्तसँग सोधिनेछ त्यो हो नमाज । यदि यो ठीक छ भने बाँकी सम्पूर्ण कार्महरु ठिक हुनेछन् र यदि यो खराब छ भने उसको बाँकी सम्पूर्ण कर्महरु खराब हुनेछन् । (तबरानी)

इस्तिहाजा र यसका विभिन्न अवस्थाहरु

१) उम्मे सलमा (रजि.) को बारेमा भनाई छ कि उन (रजि.) ले अल्लाहका रसूल (स.) सँग एउटा स्त्रीको विषयमा प्रश्न गरिन् जसको प्रत्येक महिना हुने हैजको अवधि भन्दा पनि बढी रक्तस्राव भइरहेको थियो । उहाँ (स.) ले भन्नुभयो, “(प्रत्येक) महिना जति दिन उसलाई महिनावारी हुने गर्दथ्यो, त्यति दिनलाई महिनावारी मानेर नमाज छोड्ने । (त्यो अवधि सकिएपछि) उसले गुस्ल गर्ने र आफ्नो गुप्ताङ्गमा पट्टि राखेर नमाज पढ्नुपर्छ ।” (अबू दाऊद, इब्ने मजा, नसई, मुअत्ता) २) फातिमा बिन्त अबी हुबैश (रजि.) सँग अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जबसम्म रगत महिनावारीको हुन्छ त्यो कालो हुन्छ र चिनिन सक्ने हुन्छ । जबसम्म यस्तो रगत आउँछ नमाज पढ्नुहुदैन र यदि रगत अर्कै रङ्गको भयो भने तिमी (गुस्ल गरिसकेपछि) वुजु गर र नमाज पढ किनभने यो रक्तस्राव हो र यो रगत रक्त नलीबाट निस्केको हो । (अबू दाऊद, नसई, इब्ने माजा, इब्ने हिब्बान, दार कुत्नी) ३) जम्ना बिन्त जहश (रजि.) को भनाई छ, “मलाई धेरै दिनसम्म महिनावारी आउँथ्यो । एक दिन म अल्लाहका रसूल (स.) को समक्ष उपस्थित भएँ । उहाँ (स.) मेरी बहिनी जैनब बिन्त जहश (रजि.) (उहाँ (स.) कि पत्नी...

हैज र निफासको अवस्थामा गर्ने अनुमति नभएका कार्यहरु

१) अबू सईद खुदरी (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ईद अल्–अज्हा वा ईद अल्–फित्रको दिन ईदगाह (केवल ईदको नमाज पढ्ने ठाउँ) जानुभयो । पुरुषहरुलाई खुल्ला (धर्मोपदेश) सुनाएपछि उहाँ (स.) स्त्रीहरु तिर जानुभयो र भन्नुभयो, “हे स्त्रीहरु हो ! सदका (दान) गर किनभने मैले नर्कमा तिमीहरुको अधिकतरलाई देखेको छु ।” स्त्रीहरुले सोधे, “हे अल्लाहका रसूल ! यसो किन भएको हो ?, उहाँ (स.) ले भन्नुभयो, “तिमीहरु धेरै धिक्कार्छौ र आफ्ना पतिहरुको अवज्ञा गर्छौ । मैले तिमीहरु भन्दा बढी अरु कसैलाई देखिन जो बुद्धिमा र दीन (इस्लाम) मा कम छन् र बुद्धिमानी पुरुषलाई मूर्ख बनाउँछन् । स्त्रीहरुले सोधे, “हे अल्लाहका रसूल ! हामी कसरी बुद्धिमा र दीन (इस्लाम) मा कम छौं ?” उहाँ (स.) ले भन्नुभयो, “के स्त्रीको गवाही पुरुषको तुलनामा आधा होईन ?” स्त्रीहरुले भने, “हो” अनि भन्नुभयो “यो हो स्त्रीको कम बुद्धि, अनि जब स्त्री हैजको अवस्थामा हुन्छे, ऊ नमाज पनि पढ्दैन र रोजा पनि राख्दैन ?” स्त्रीहरुले भनिन् “हो” । (बुखारी र मुस्लिम) २) अनस (रजि.) को भनाई छ कि यहूदीहरुकोमा जब स्त्रीहरु हैजको अवस्थामा हुने गर्थे उनीहरु न त उनीहर...

हैज (महिनावारी), निफास (बच्चा जन्मिएपछिको रक्तस्राव) र इस्तिहाजा

१) उम्मे सलमा (रजि.) को भनाई अनुसार नबी (स.) को समयमा स्त्री निफासको समाप्तिको लागि ४० दिन सम्म पर्खने गर्थे । (अहमद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा) *महिनावारीको अवधि छुट्टा छुट्टै हुन सक्छ । अल्लाहका रसूल (स.) द्वारा यस विषयमा कुनै पनि सही हदीस उल्लेख छैन । इमामहरुको यस विषयमा मत भिन्नता रहेको छ । इमाम मालिक (रह.) को अनुसार महिनावारीको कम से कम अवधि रहेको छैन । बढी भन्दा बढी अवधि १७ वा १८ दिन हो । इमाम शाफिई (रह.) र इमाम अह्मद (रह.) का अनुसार महिनावारीको कम से कम अवधि १ दिन र १ रात हो भने बढी भन्दा बढी अवधि एउटा भनाई अनुसार १५ दिन र अर्को भनाई अनुसार १७ दिन हो । यस्तै एउटा भनाई अली (जि.) को पनि पाइन्छ । अल्लाहका रसूल (स.) को एउटा हदीस अनुसार पनि महिनावारीको कम से कम अवधि एक दिन र एक रात हो र बढी भन्दा बढी अवधि १५ दिन उल्लेख छ । तर यो हदीस धेरै नै कमजोर रहेको छ । (तुह्फत् अल्–अह्वजी) इमाम अबू हनीफा (रह.), इमाम अबू यूसुफ (रह.), इमाम मुहम्मद (रह.), इमाम सुफ्यान सौरी (रह.) र अब्दुल्लाह बिन मुबारक (रह.) को अनुसार महिनावरीको कम से कम अवधि ३ दिन र बढी भन्दा बढी अवधि १० दिन...

तयम्मुम् अमान्य हुने कार्यहरु

१) अबू सईद खुद्री (रजि.) को भनाई छ कि दुई जना यात्राको लागि निस्किए । जब नमाजको समय भयो तब दुबैसित पानी थिएन । दुबैले पवित्र माटोले तयम्मुम् गरे र नमाज पढे । अनि नमाजको समय सकिनुभन्दा पहिले दुबैले पानी भेटाए । एकजनाले वुजु गरेर दोस्रो पल्ट नमाज पढ्यो र अर्कोले यसो गरेन । अनि जब दुवै अल्लाहका रसूल (स.) को समक्ष आए अनि उहाँ (स.) सँग यसको विषयमा सोधे । जसले नमाजलाई दोहोर्याएको थिएन उसलाई अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीले सुन्नतको अनुसार कार्य गर्यौ । तिम्रो नमाज पुरा भयो । अनि अर्कोलाई भन्नुभयो “तिम्रो लागि दोहोरो प्रतिदान रहेको छ । (अबू दाऊद, नसई)

तयम्मुम् पछि गर्ने अनुमति भएका कार्यहरु

१) अबू जर (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “माटो मुस्लिमहरुको पवित्रता प्राप्त गर्ने साधन हो चाहे ऊ १० वर्षसम्म पानी नभेटोस् । जब ऊ पानी भेटाउँछ त्यसलाई आफ्नो शरीरमा छुवाओस् (अर्थात वुजु र गुस्ल गर्नुपर्छ) किनभने यो उत्तम हो ।” (अह्मद, तिर्मिजी)

तयम्मुम् गर्ने तरिका

१) अम्मार (रजि.) गर्नुहुन्छ “एक पटक मलाई गुस्लको आवश्यकता भयो र मैले पानी भेटिन । मैले माटोमा पल्टनबाजी खाएँ र नमाज पढें । पछि जब यसको जिकिर मैले अल्लाहका रसूल (स.) सित गरें अनि उहाँ (स.) ले भन्नु भयो “तिम्रो लागि यसो गर्नु पर्याप्त थियो । त्यस पछि उहाँ (स.) ले आफ्ना दुबै हत्केलालाई जमिनमा स्पर्श गराउनु भयो अनि दुबैमा फुक्नु भयो अनि ती हत्केलाहरुलाई आफ्नो अनुहार र नारीसम्म दुबै हातलाई दल्नुभयो” । (बुखारी र मुस्लिम) २) इब्ने उमर (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो ,“तयम्मुम् भनेको दुई चोटी हत्केलालाई जमिनमा स्पर्श गराउनु हो । एक चोटि अनुहारको लागि र दोस्रो चोटि कुहिनासम्म हातको लागि । (दार कुत्नी, हाकिम, बैहकी)

तयम्मुम् गर्ने अनुमति भएको माटो

पवित्र माटो वा माटो कै प्रकारहरुमध्ये पवित्र वस्तुले तयम्मुम् गर्न सकिन्छ । जस्तै– वालुवा, ढुङ्गा, कंकड, सिमेन्ट आदि । अल्लाह तआलाको भनाई छ, “शुद्ध माटोलाई प्रयोग गर अनि तयम्मुम् गर” (सूरह अल्–निस.) भाषाविदका अनुसार कुरआनको आयतमा प्रयोग भएको शब्द “सईदन्” को अर्थ धर्ती हो चाहे त्यो माटो होस् वा अरु कुनै चिज । *मालिकी विद्वनहरुको अनुसार पहाडको हिउँको प्रयोगले पनि तयम्मुम् गर्ने अनुमति छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

तयम्मुम् गर्ने अनुमति रहेका अवस्थाहरु

१) इमरान बिन् हुसैन (रजि.) भन्छन्, हामी एक चोटि अल्लाहका रसूल (स.) सँग यात्रामा थियौं । उहाँ (स.) ले नमाज पढाउनुभयो अनि देख्नुभयो कि एउटा व्यक्ति कुनामा एक्लै उभिरहेको छ । उहाँ (स.) ले सोध्नुभयो, “तिमीले नमाज किन नपढेको ?” उसले भन्यो “म अपवित्र छु र पानी भेटिरहेको छैन । “उहाँ (स.) ले भन्नुभयो “माटोको प्रयोग गर त्यो तिम्रो लागि पर्याप्त छ ।” (बुखारी र मुस्लिम) २)  अबू जर (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जस कसैले १० वर्षसम्म पानी भेट्दैन भने माटो उसको लागि पवित्र हो (पवित्र हुने साधन हो) । (अबू दाऊद, तिर्मिजी, नसई इब्ने माजा)  ३)  जाबिर (रजि.) भन्नुहुन्छ कि हामी केही व्यक्तिहरु यात्रामा थियौं । हामी मध्ये एक जनालाई ढुङ्गाले टाउकोमा घाउ भयो । अनि उसलाई स्वप्नदोष भयो । उसले आफ्ना साथीहरुलाई सोध्यो, “के मेरो लागि तयम्मुम् गर्ने अनुमति छ ?” उनीहरु भने, “तिमीसित पानी छ त्यसकारणले हामीलाई लाग्दैन कि तिम्रो लागि तयम्मुम् गर्ने अनुमति होला ।” उसले गुस्ल गर्यो अनि उसको मृत्यु भयो । जब हामी अल्लाहका रसूल (स.) समक्ष आयौं र उहाँ (स.) लाई यस अवस्थाको ज...

तयम्मुम् वैध हुनु

१) अबू उमामा (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “पुरै धर्ती मेरो र मेरा अनुयायीहरुको लागि अल्लाहले मस्जिद र पवित्र स्थान बनाइदिएका छन् । मेरा अनुयायीहरुमध्ये कसैलाई नमाजले जहाँ समाते (जहाँ पनि नमाजको समय भयो भने) पनि उसको अगाडि पवित्र हुने चिज उपस्थित छ ।” (मुस्नद अहमद) * सम्पूर्ण मुस्लिम समुदायको यस कुरामा सहमति छ कि खास र विशिष्ट अवस्थामा वुजु र गुस्लको सट्टामा तयम्मुम् गर्न सकिन्छ ।

स्त्रीको गुस्ल

१) सलमा (रजि.) को भनाईछ कि एउटी महिलाले अल्लाहका रसूल (स.) सँग सोधिन्: हे अल्लाहका रसूल ! म चुल्ठो बेस्सरी बाट्छु, के अपवित्रताको अवस्थामा गुस्ल गर्दा कपाल खोल्नु पर्छ? उहाँ (स.) ले भन्नुभयो, “तिम्रो लागि टाउकोमा तीन चोटि पानी हाल्नु पर्याप्त हुनेछ । अनि पूरै शरीरमा पानी खन्याऊ यसरी तिमी पवित्र हुनेछौ ।” (अहमद, मुस्लिम, तिर्मिजी, नसई, अबू दाऊद, इब्ने माजा) *इमाम अबू हनीफा (रह.) मालिक (रह.), शाफिई (रह.) र अहमद बिन हम्बल (रह.) का अनुसार चुल्ठो कसेर बाटेको अवस्थामा यदि पानी जरासम्म पुग्दैन भने कपाल खोल्नु जरुरी छ र यदि पानी जरा सम्म पुग्छ भने कपाल खोल्नु जरुरी छैन तर कपालको जरासम्म पानी पुर्याउनु जरुरी छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

गुस्लका सुन्नत कार्यहरु

१) आइशा (रजि.) को भनाई छ कि जब अल्लाहका रसूल (स.) अपवित्रताको अवस्थामा गुस्ल गर्नुहन्थ्यो, सर्वप्रथम आफ्नो हात धुनु हुन्थ्यो, फेरी दाहिने हातले देब्रे हातमा पानी हालेर गुप्ताङ्ग धुनु हुन्थ्यो फेरी वुजु गर्नु हुन्थ्यो जसरी नमाजको लागि उहाँ (स.) वुजु गर्नु हुन्थ्यो । फेरी पानी लिनुहुन्थ्यो अनि आफ्नो कपालको जरामा औंला हाल्नुहुन्थ्यो । अनि जब यो आभास हुन्थ्यो कि पानी जरासम्म पुगिसकेको छ भने आफ्नो टाउकोमा तीन चोटि पानी हाल्नुहुन्थ्यो। अनि पूरै शरीरमा पानी खन्याउनु हुन्थ्यो । (बुखारी र मुस्लिम) २)  मैमुना (रजि.) भन्नु हुन्छ कि मैले अल्लाहका रसूल (स.) लाई गुस्ल गर्नको लागि पानी राखें । उहाँ (स.) ले पहिले आफ्ना दुवै हातहरुमा पानी खन्याउनु भयो र दुई वा तीन चोटि तिनीहरुलाई धुनुभयो । अनि दाहिने हातले देब्रे हातमा पानी  खन्याउनु भयो र आफ्नो गुप्ताङ्गलाई धुनु भयो । अनि आफ्नो हातलाई भुइँमा रगड्नुभयो । अनि कुल्ला गर्नु भयो र नाकमा पानी हाल्नु भयो । अनि अनुहार र हात कुहिनासम्म धुनु भयो । अनि तीन चोटि टाउको धुनु भयो अनि पूरै शरीरमा पानी खन्याउनु भयो । अनि आफ्नो ठाउँबाट हटेर खुट्टा ध...

गुस्लका अनिवार्य कार्यहरु

१) अली (रजि.) भन्नु हुन्छ कि मैले अल्लाहका रसूल (स.) लाई भन्दै गरेको सुनें “जसले अपवित्रताको अवस्थाबाट शुद्ध हुँदा (गुस्ल गर्दा) एउटा कपाल बराबर पनि ठाउँ सुख्खा रहन्छ भने अल्लाह उसलाई यस्तो र यस्तो गर्नेछन् ।” (अहमद, अबू दाऊद) *हनफी र हम्बली विद्वानहरुको अनुसार कुल्ला गर्नु र नाकमा पानी हाल्नु गुस्लको अनिवार्य कार्यहरु मध्येको हो । (किनभने मुख र नाकको भित्री भाग शरीरको अङ्ग हो र गुस्लमा सम्पूर्ण शरीर धुनु जरुरी छ । अल्–फिक्ह अला अल्– मजाहिब अल्–अर्बआ)

गुस्ल गर्नु मस्नून वा मुस्तहब भएका कार्यहरु

१) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीहरुमध्ये कोही शुक्रबारको नमाज पढ्न आउँछ भने गुस्ल गरेर आओस् ।”(बुखारी, मुस्लिम, अहमद, अबु दाऊद, तिर्मिजी, नसइ, इब्ने माजा)  २)  समुरह् बिन जुन्दुब (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जसले शुक्रबारको लागि वुजु गर्यो उसले राम्रो गर्यो  र जसले गुस्ल गर्यो उसले झन राम्रो गर्यो ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई)  ३) अबू हुरैरह (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जसले वुजु गर्यो र राम्रोसँग वुजु गर्यो अनि ऊ शुक्रबारको नमाजको लागि आयो, शान्तिका साथ खुत्बा (धर्मोपदेश) सुन्यो भने उसका दुईवटा शुक्रबारका बीचका दिनहरु र थप तीन दिनका (सानातिना) पापहरु माफ भए ।” (मुस्लिम) * ईदको दिन गुस्ल गर्नु सुन्नत कार्य हो । यद्यपि यस विषयमा उल्लेखित हदीसहरुमा कुनै पनि हदीस सही छैनन् तर सहाबीहरु द्वारा ईदको दिन गुस्ल गर्ने उल्लेख छ । (नैल अल्–औतार) ** इमाम अबू हनीफा (रह.), इमाम मालिक (रह.), इमाम शाफिई (रह.) र इमाम अह्मद बिन हम्बल (रह.) ...