१) अबू मह्जूर (रजि.) भन्नु हुन्छ, अल्लाहका रसूल (स.) ले उनलाई इकामतका १७ वाक्यहरु सिकाउनुभयो :
अल्लाहु अक्बर–चार पटक
अश्हदु अल्ला इलाह इल्लल्लाह–दुई पटक
अश्हदु अन्न मुहम्मदर् रसूलुल्लाह–दुई पटक
अश्हदु अन्न मुहम्मदर् रसूलुल्लाह–दुई पटक
हैय अलस्सलाह–दुई पटक
हैय अलल् फलाह–दुई पटक
कद् कामतिस् सलाह–दुई पटक
अल्लाहु अक्बर–दुई पटक
ला इलाह इल्लल्लाह–एक पटक
(अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
*सुरुमा र अन्त्यमा “अल्लाहु अक्बर” दुई पटक र “कद् कामतिस् सलाह” दुई पटक र बाँकी सम्पूर्ण वाक्यहरुलाई एक एक पटक भन्नुपर्छ । जुन कुरा अब्दुल्लाह बिन जैद (रजि.) द्वारा उल्लेखित हदीसमा जिकिर भएको छ ।
त्यसै गरी : अनस (रजि.) को भनाई अनुसार बिलाल (रजि.) लाई अजानलाई दुई पटक (वाक्यहरुलाई दुई पटक) भन्ने आदेश दिइयो र इकामतलाई (अल्लाहु अक्बर बाहेकका वाक्यहरुलाई) “कद् कामतिस् सलाह्” बाहेक एक पटक भन्ने आदेश दिइयो । (बुखारी, मुस्लिम, अहमद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
टिप्पणियाँ