१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ, “मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें
“नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज
पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन
भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक
भार (जिम्मेवारी) राख्दैनन् ।”
२) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो
“बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको
सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने
टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ
बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर
नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई
किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेणीको हो तापनि
अधिकतम् विद्वानहरुको मसलक यसकै अनुसार रहेको छ । किनकि कुनै पनि बलियो हदीसले
यसलाई काटेको छैन । (नैल अल्–औतार)
निष्कर्षः (१) हदीसहरुको शाब्दिक अर्थबाट ज्ञात हुन्छ कि
यदि बिरामी व्यक्ति सीधा पल्टेर इशाराले पनि नमाज पढ्न सामथ्र्य राख्दैन भने ऊ
माथि कुनै कुरा अनिवार्य रहदैन । (नैल अल्–औतार)
(२) इमाम मालिक (रह.), अह्मद बिन हम्बल (रह.) र केही शाफिई विद्वानहरुका अनुसार
विरामीले जोहर र अस्रका नमाजहरु अनि मग्रिब र इशाका नमाजहरुलाई जमअ् गरेर पढ्ने
अनुमति रहेको छ ।
टिप्पणियाँ