१) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) सँग सोधियो कि फर्ज नमाज पछि कुन नमाज सबैभन्दा उत्तम छ ? “ उहाँ (स.) ले भन्नुभयो , “ आधा रातको नमाज (अर्थात तहज्जुद) ।” (मुस्लिम , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) २) अबू उमामा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो , “ तिमीहरु रातमा कियाम गर (तहज्जुदको नमाज पढ) । किनकि तिमीहरु भन्दा पहिलेका असल भक्तहरुको यस्तो बानी थियो । (तहज्जुद पढ्नु) आफ्नो पालनकर्ताको निकटता प्राप्त गर्नु हो , यसले तिमीहरुको कुकर्मलाई मेटिदिन्छ र तिमीहरुलाई पापबाट बचाउँछ ।” (तिर्मिजी) ३) मुगीरा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले राती कियाम गर्नुभयो र (यति लामो नमाज पढ्नुभयो कि) उहाँ (स.) का दुबै खुट्टाहरु सुन्निए । सहाबीहरु (रजि.) ले उहाँ (स.) सँग सोधे “हे अल्लाहका रसूल ! तपाईको त पहिले र पछिका सम्पूर्ण पापहरु क्षमा गरिएका छन् फेरी पनि तपाई किन यसो गर्नु हुन्छ ?” उहाँ (स.) ले भन्नुभयो , “ के म आफ्नो पालनकर्ताको आज्ञाकारी भक्त नबनुँ ?” ( बुखारी र मुस्लिम) ४) अबू दर्दा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन...