सीधे मुख्य सामग्री पर जाएं

जमअ् बैनस् सलातैन (दुई समयका नमाजहरुलाई एकै समयमा पढ्नु)

केही अवस्थाहरुमा जोहर र अस्रका नमाजहरुलाई (जोहर वा अस्रको नमाजको समयमा) र मग्रिब र इशाका नमाजहरुलाई (मग्रिब वा इशाको नमाजको समयमा) जमअ् गरेर पढ्ने अनुमति रहेको छ।

***हिज्जतुल् विदाअ् (उहाँ (स.) को अन्तिम हज) को अवसरमा अल्लाहका रसूल (स.) ले अरफातमा जोहर र अस्रका नमाजहरुलाई जोहरको समयमा र मुज्दल्फामा मग्रिब र इशाका नमाजहरुलाई इशाको समयमा एकै पटक (जमअ् गरेर) पढ्नु भएको थियो । तसर्थ यसो गर्नु सुन्नत हुने विषयमा कसैको पनि मत भिन्नता रहेको पाइदैन ।

१) इब्ने अब्बास (रजि.) भन्छन् “के म तिमीहरुलाई अल्लाहका रसूल (स.) को नमाजको विषयमा वर्णन गरुँ ?” सबैजनाले भने “अवश्य” । उनले भने “यदि अल्लाहका रसूल (स.) (यात्रामा निस्कनु भन्दा पहिले) घरैमा हुँदा मध्यान्ह भइसक्थ्यो भने उहाँ (स.) यात्रा सुरु गर्नुभन्दा पहिले जोहर र अस्रको नमाजलाई जमअ् गरेर (जोहरको समयमा) पढ्नु हुन्थ्यो तर यदि घरमा हुँदा (यात्रामा निस्कनु भन्दा पहिले) मध्यान्ह भएको हुँदैनथ्यो भने उहाँ (स.) यात्राको लागि निस्कनु हुन्थ्यो र जुन ठाउँमा पुग्दा अस्रको नमाजको समय हुन्थ्यो त्यहीँ जोहर र अस्रका नमाजहरुलाई जमअ् गरेर पढ्नु हुन्थ्यो । यसरी नै यदि घरैमा हुँदा सूर्यास्त हुन्थ्यो भने उहाँ (स.) मग्रिब र इशाका नमाजहरुलाई जमअ् गरेर पढ्नु हुन्थ्यो । तर यदि घरैमा हुँदा सूर्यास्त भएको हुँदैनथ्यो भने उहाँ (स.) यात्रामा निस्कनु हुन्थ्यो र जुन ठाउँमा पुग्दा इशाको नमाजको समय हुन्थ्यो उहाँ (स.) मग्रिब र इशाका नमाजहरुलाई जमअ् गरेर पढ्नु हुन्थ्यो । (मुस्नद इमाम अह्मद, मुस्नद इमाम शाफिई)

२) मआज (रजि.) को भनाई अनुसार एकदिन अल्लाहका रसूल (स.) ले तबूकको युद्धको बेला ढिला नमाज पढ्नु भएको थियो । अनि उहाँ (स.) बाहिर आउनु भयो र जोहर र अस्रका नमाजहरुलाई जमअ गरेर पढ्नुभयो । त्यसपछि भित्र जानुभयो अनि फेरी बाहिर आउनु भयो र मग्रिब र इशाका नमाजहरुलाई जमअ् गरेर पढ्नु भयो । (मुस्लिम, मुअत्ता इमाम मालिक) । सहाबीहरु (रजि.) को पनि दुईवटा नमाजहरुलाई एकै साथ पढ्ने केही उदाहरणहरु छन् ।

***मालिकी, शाफिई र हम्बली विद्वानहरुका अनुसार यात्राको बेला दुईवटा नमाजहरु (जोहर र अस्र अनि मग्रिब र इशा) लाई जमअ् गरेर पढ्ने अनुमति छ तर प्रत्येक नमाजलाई आ–आफ्नै समयमा छुट्टा छुट्टै पढ्नु अफ्जल् हो ।

***हनफी विद्वानहरुका अनुसार दुईवटा नमाजहरुलाई एकैसाथ पढ्ने केवल एउटा अवस्थामा अनुमति छ । पहिलो नमाजलाई (आफ्नै समयको) अन्तिम समयमा र दोस्रो नमाजलाई (आफ्नै समयमा) सुरुमा मिलाएर पढ्ने । यसरी एकैसाथ पढ्ने तरिकालाई “जमअ् सुवरी” भनिन्छ । हनफी विद्वानहरु “जमअ् हकीकी” को अनुमति हजको अवसर बाहेक अरु कुनै अवस्थामा दिदैनन् जुन अरफात र मुज्दल्फामा जमअ् गरिन्छ । (मुअत्ता इमाम मुहम्मद)

३) इब्ने उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले मुज्दल्फामा मग्रिब र इशाका नमाजहरुलाई जमअ् गरेर पढ्नुभयो । ती दुबै नमाजहरुमा इकामत भनिएको थियो तर ती नमाजहरुका बीचमा सुन्नत नमाजहरु पढिएन र ती नमाजहरु सकिएपछि पनि । (बुखारी, नसई)

४) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले अरफातमा दुईवटा नमाजहरुलाई एउटा अजान र दुई इकामतका साथ जमअ् गरेर पढ्नु भयो । अनि मुज्दल्फा पुगेपछि उहाँ (स.) ले मग्रिब र इशाका नमाजहरुलार्ई एउटा अजान र दुई इकामतका साथ जमअ् गरेर पढ्नु भयो र यी  दुबै नमाजहरुको बीचमा सुन्नतहरु पढ्नु भएन । अनि उहाँ (स.) पल्टिनुभयो र यसै अवस्थामा फज्रको नमाजको समय भयो । (अह्मद, मुस्लिम, नसई)

५) उसामा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) मुज्दल्फा पुगेपछि उहाँ (स.) ले वुजु गर्नुभयो अनि इकामत भनियो र मग्रिबको नमाज पढियो । अनि प्रत्येक व्यक्तिले आफ्नो उँटलाई आफू बस्ने ठाउँमा लगेर राखे । त्यसपछि इकामत भनियो र इशाको नमाज पढियो । यी दुबै नमाजहरुको बीचमा उहाँ (स.) ले कुनै नमाज पढ्नु भएन । (बुखारी, मस्लिम)

***शाफिई विद्वानहरुका अनुसार यदि दुबै नमाजहरुलाई पहिलो नमाजको समयमा जमअ् गर्ने हो भने दुबै नमाजहरुलाई एक पछि अर्को तुरुन्तै पढ्नु जरुरी छ । (शरह नववी)

६) अबू सल्मा बिन् अब्दुर्रहमान भन्नुहुन्छ “यदि पानी परेको दिन छ भने मग्रिब र इशाका नमाजहरुलाई जमअ् गरेर पढ्नु सुन्नत हो ।” (सुनने इमाम असरम, नैल अल्–औतार)

७) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले जोहर र अस्र अनि मग्रिब र इशालाई भय अथवा वर्षा नभएको अवस्थामा मदीना मुनव्वरामा जमअ् गरेर पढ्नुभयो । सबै जनाले अब्बास (रजि.) सँग सोधे– “अल्लाहका रसूल (स.) ले यस्तो किन गर्नु भएको हो?” उनले जवाफ दिए “किनकी (अल्लाहका रसूल (स.)) आफ्ना अनुयायीहरुलाई संकटमा पार्न चाहनु हुन्न ।” (मुस्लिम) । बुखारी र मुस्लिम दुबैमा यो वाक्य छ “अल्लाहका रसूल (स.) ले मदिना मुनव्वारामा सात वा आठ पटक जोहर र अस्र अनि मग्रिब र इशालाई जमअ् गरेर पढ्नुभयो ।”

८) अब्दुल्लाह बिन शफीक (रजि.) को भनाई अनुसार एक दिन इब्ने अब्बास (रजि.) ले हामीहरुलाई अस्रको नमाज पछि खुत्बा दिनुभयो यहाँसम्म कि सूर्यास्त भयो र ताराहरु उदाए अनि सबैजना भन्न थाले “नमाजको समय भइसक्यो, नमाजको समय भइसक्यो ।” बनी तमीममध्येको एकजना सीधै इब्ने अब्बास (रजि.) कहाँ “नमाज, नमाज” भन्दै गयो । अनि इब्ने अब्बास (रजि.) ले उसलाई भने “के तिमी मलाई अल्लाहका रसूल (स.) को सुन्नत सिकाउन आएको हो? मैले अल्लाहका रसूल (स.) लाई जोहर र अस्र अनि मग्रिब र इशाका नमाजहरुलाई जमअ् गरेर पढेको देखेको छु । “अब्दुल्लाह बिन शफीक (रजि.) वर्णन गर्छन् “यो सुनेर मेरो मनमा शंका उत्पन्न भयो अनि म अबू हुरैरह (रजि.) समक्ष गएँ अनि उनलाई सोधें अनि उनले पनि यसलाई सत्य ठहर गरे ।” (मुस्लिम)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...