सीधे मुख्य सामग्री पर जाएं

संदेश

सितंबर, 2011 की पोस्ट दिखाई जा रही हैं

गरिब, लाचार तथा अनाथहरूसँग आत्मियताको व्यवहार

१) अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "निस्सन्देह अल्लाह ती व्यक्तिहरूलाई पवित्र पार्दैनन जो लाचारहरूलाई उनीहरूको अधिकार दिदैनन्।" (मिश्कात) २) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "गरिब र लाचारहरूको सहयोगको लागि प्रयास गर्ने व्यक्ति त्यस व्यक्ति सरह हो जो अल्लाहको बाटोमा प्रयास (जिहाद) गर्दछ । " र मेरो बिचारमा उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, (त्यो व्यक्ति) त्यस व्यक्ति सरह हो जो राती सुत्दैन र (रातभरि) नफिल (नमाज) पढ़नाले थाक्दैना वा त्यस रोजा राख्ने व्यक्ति सरह हो जो निरन्तर रोजा राख्दछ ।" (बुखारी र मुस्लिम) ३) हजरत जाबिर (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "अल्लाह त्यस व्यक्ति माथि दया गरुन् जो किनबेच गर्दा र उधारो दिएको पैसा माग्दा नम्रता अपनाउँछ । (बुखारी) ४) हजरत अबू कातादह (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जसले गरिबलाई अवसर प्रदान गर्छ ...

इस्लामका संस्कारहरू

१) हजरत जाबिर (रजियल्लाहु अन्हु) को भनाई छ, "मान्छे आफ्नो सन्तान, आमा यद्दपी बूढी होस्, आफ्नो भाई, आफ्नो बहिनी र आफ्ना बुबाको घरमा अनुमति लिएर मात्र प्रवेश गरोस्  । (अल्-अदब अल्-मुफरद) २) हजरत आइशा (रजियल्लाहु अन्हा) को भनाई छ कि मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई  भन्दै गरेको सुनेँ, "(भोकलागेको अवस्थामा) खाना अगाडी ल्याईसकेपछि नमाज छैन (न पढ्ने) र न त्यतिबेला जब दिसा र पिसाब गर्न ज़रुरी भएको होस् । (मुस्लिम) ३) हजरत अब्दुल्लाह बिन उमर  (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका  रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जसले सुन र चाँदीको भाँडामा वा यी दुई मध्ये कुनै एउटा मिसाइएको भाँडामा पानी पिउँछ (वा खाना खान्छ) भने वास्तवमा ऊ आफ्नो पेटमा नर्कको आगो हाल्ने छ ।" (मिश्कात) ४) हजरत अनस (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका संदेष्टा (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "दुख र कष्ट आइ परेको कारणले तिमी मध्ये कसैले पनि मृत्युको चाहना नगरोस् । यदि धेरै नै असहनीय हुन गएमा उसले भनोस्- "हे...

इस्तिखारा र सरसल्लाह

* इस्तिखारा भनेको कठिन अवस्थामा जब मान्छे दुविधामा हुन्छ, कुनै दुई मध्ये कुन तरिका अपनाउने वा कार्य गर्ने भन्ने बारेमा दोधारमा पर्छ । यानी कुनमा अल्लाहले उसको लागि भलाई राखेको छ भन्ने बारे अनभिज्ञ हुन्छ भने त्यतिबेला अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भएको तरिकाबाट र उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले दिनु भएको दुआलाई पढेर कुनै पनि मामिलालाई अल्लाहको नाम लिएर चयन गर्नु हो । १) हजरत अनस (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जो इस्तिखारा गर्दछ ऊ कहिले पनि असफल हुँदैन । जो सरसल्लाह गर्दछ ऊ कहिले पनि अपसोच गर्दैन । र, जो मध्य मार्ग अपनाउँछ उसले कहिले पनि गरिबीको सामना गर्ने छैन । (अल्-मोअजम अस्-सगीर)

इस्लाममा ब्यापार

१) हजरत जाबिर (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "अल्लाह त्यस व्यक्ति माथि दया गरुन् जो किनबेच गर्दा र उधारो दिएको पैसा माग्दा नम्रता अपनाउँछ ।" (बुखारी) २) हजरत अबू कातादह (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जसले गरिबलाई अवसर प्रदान गर्छ (कर्जा लिएको व्यक्तिलाई कर्जा दिनको दिनको लागि समय दिन्छ) वा त्यसमाथि रहेको आफ्नो अधिकारलाई माफ गर्छ (आफ्नो कर्जालाई माफ गरिदिन्छ) भने अल्लाह कयामत (महाप्रलय ) को दिनको कठिनाइबाट उसलाई मुक्त गरिदिने छन् ।" (मुस्लिम) ३) हजरत अबू सईद (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "सच्चा र अमानतदार ब्यापारी कयामतको दिन नाबीहरू, सच्चा मुअमिनहरू र शहीदहरूसँग हुनेछ । (तिर्मिजी)

जिस्काउनुको परिणाम

१) हजरत आइशह (रजियल्लाहु अन्हा) को भनाई छ कि एउटा संकट परेको व्यक्ति केही महिलाहरूको अगाडीबाट जाँदैथियो । उनीहरूले उसलाई जिस्काए । जसको परिणाममा उनीहरू मध्ये केहीलाई त्यही संकट आई पर्‍यो ।" (अल्-अदब अल्-मुफ्रद) * संकटको बिषयमा बढी अनुमान गरिएको छ कि उसलाई छारे रोग भएको थियो ।

बढी क्रिया खानु

१) हजरत कतादा (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, खरिद बिक्रिमा धेरै कसम खानबाट बच किनभने शुरू शुरूमा त यसले ब्यापारलाई बढाउँछ र पछि (बरकतलाई) समाप्त पारिदिन्छ ।" (मुस्लिम)

खोजबिन गर्नुको महत्व

१) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "मान्छेलाई झूठो हुनको लागि यो कुरा पर्याप्त छ कि ऊ जे सुन्छ त्यो (खोजविन बिना नै) अरूसम्म पुर्याउँछ।" (मुस्लिम) २) हजरत अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) को भनाई छ कि शैतानहरू मान्छेको रूपमा सबैको अगाडी आउँछन् र उनीहरू  धर्तीमा झूठो कुरा सुनाउँछन् । उनीहरू मध्ये एकले भन्छ कि मैले यस्तो व्यक्तिलाई कुरा गरेको सुनेको थिएँ जसको बाहिरी रुप त मलाई थाहा छ तर उसको नाम थाहा छैन ।" (मुस्लिम) (यसको अर्थ खोजबिन र वास्तविक थाहा नभएसम्म कुनै पनि सुनेको कुरालाई कसैको अगाडी बयान गर्नु हुँदैन ।)

स्वर्ग को वर्णन

१) हजरत अनस (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटी बुढी महिलालाई भन्नुभयो कि (बुढी महिला) स्वर्गमा प्रवेश गर्ने छैनन् । उनी (बुढी महिला) ले सोधिन कि उनले के पाप गरेकी छिन त जब कि उनी तिलावट (कुरआन पाठ)गर्छिन । उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, के कुरआनमा पढ्नु भएन कि  "हामी उनीहरूलाई वयस्क उमेर भएकी रूपमा फेरि जन्माउँने छौं हृदयमा पतिको लागि धेरै प्रेम भएकी बनाउने छौं ।" (मिश्कात)

इस्लाममा मित्रता

१) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "मनुष्य आफ्नो साथीको दीन (तरिका) मा हुन्छ। साथी बनाउनुभन्दा अघि को सँग मित्रता गाँसिदैछ भन्ने कुरा राम्ररी हेर्नुपर्दछ ।"  (अहमद) २) हजरत मिक्दाम बिन मअदीकर   (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जब कोहि आफ्नो मुस्लिम दाजुभाईलाई प्रिय ठान्छ भने उसले बताओस कि ऊ (मुस्लिम दाजुभाई) सँग प्रेम गर्दछ ।"  (अबू दाऊद) ३) हजरत अबू सईद (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "(आफ्नो ईमानको स्तरलाई मजबुत र सुदृढ  पार्नको लागि) केवल एउटा मुअमिनसँग मित्रता गाँस र तिम्रो खाना केवल पवित्र व्यक्तिहरूले मात्र खाऊन ।" ( तिर्मिजी) ४) हजरत उमर (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "तिम्रो प्रेम पागलपनको हदसम्म नपुगोस् र तिम्रो दुश्मनी (अरुलाई) दुख दिने हदसम्म नपुगोस् ।" (उमरले भन्नुभयो) मैले भनें, ...

ईमान

१) अबू सईद खुदरी (रज़ियल्लाहु अन्हु) को भनाई छ, उहाँ भन्नुहुन्छ कि मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले बताइ रहेको सुनें, "तिमीहरूमध्ये कसैले कुनै कुकर्म भएको देख्यो भने उसले त्यसलाई आफ्नो हात (शक्ति) ले रोकोस् यदि उसमा यसको सामर्थ्य छैन भने आफ्नो जिब्रो (भाषण, उपदेश, बिरोध आदि.) बाट रोकोस् । र, यदि उसँग यस्तो गर्ने पनि सामर्थ्य छैन भने ऊ आफ्नो हृदयबाट (अर्थात त्यसबाट घृणा गरोस) र, यो सबभन्दा कमजोर (निर्बल) ईमान हो ।  (मुस्लिम) २) हजरत सहल (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो, "जो मलाई जिब्रो र गुप्ताङ्गको (सुरक्षाको) ग्यारेन्टी दिन्छ म उसलाई स्वर्ग (जाने) ग्यारेन्टी दिन्छु ।" (बुखारी) ३) हजरत अबू मूसा (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो, " मोमिन मोमिनको लागि घर जस्तो हो जसको एक भाग अर्को भागलाई सहारा दिन्छ ।" फेरी उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले उदाहरण स्वरूप आफ्नो एक हाथका औंलाहरूलाई अर्को हाथका औंलाहरूमा घुसाउनु भयो । (बुखारी र मुस्लिम) ...

डाहा गर्ने अनुमति

अल्लाहका रसूल (सल्लल्लाहू अलैहि व सल्लम) ले भन्नुभयो, "हसद (डाहा) गर्नु वैध छैन तर दुई किसिमका व्यक्तिहरूको बिषयमा : १) एउटा त्यो व्यक्ति जो कुरआन पढ्छ र रातमा त्यसको तिलावत (पाठ) मा ब्यस्थ रहन्छ ।  २) दोस्रो त्यो व्यक्ति जसलाई अल्लाहले धन दिएका हुन्छन र ऊ दिनरात अल्लाहको मार्गमा खर्च गर्छ ।"  (सहीह बुखारी) 

कुरआनको महत्व

१) अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो, "तिमीहरूमध्ये उत्तम ती मानिसहरू हुन् जो स्वयम् पनि कुरआन पढ्छन र अरुलाई पनि पढाउँछन् ।" (सहीह बुखारी) २)  अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो, " अल्लाह भन्छन- जो कोही कुरआन पढ्नमा यति व्यस्थ हुन्छ कि दुआ वा अल्लाहको गुनगान गर्ने अवसर पाउँदैन, म उसलाई दुआ माग्नेहरू भन्दा बढी प्रतिदान प्रदान गर्छु ।  ईशवाणी (कुरआन) को उच्चता, अन्य वाणीहरूमाथि यस्तो छ जस्तो अल्लाहको उच्चता सम्पूर्ण प्राणीमाथि।" (सुनन दारमी) ३)  अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अन्तिम हजको अवसरमा भन्नुभयो, "म तिमीहरूमाथि यस्तो चिज छोडेर जाँदैछु जसलाई दृढताका साथ समाती राखेमा तिमीहरू पथभ्रष्ट हुने छैनौ। एउटा 'अल्लाहको पुस्तक (कुरआन)' र दोस्रो 'मेरो सुन्नत (तरिका, हादीस)'।" (तर्गीब वा तर्हीब) ४) हजारत इब्ने अब्बास (रज़ियल्लाहू अन्हू) ले  भन्नुभयो, "जसले अल्लाहको पुस्तक (कुरआन) को अनुसरण गर्नेछ ऊ न त यस संसारमा पथभ्रष्ट हुनेछ न आखिरतमा नै असफल.....!" (मिश्कात) ५...