१) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "मान्छेलाई झूठो हुनको लागि यो कुरा पर्याप्त छ कि ऊ जे सुन्छ त्यो (खोजविन बिना नै) अरूसम्म पुर्याउँछ।" (मुस्लिम)
२) हजरत अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) को भनाई छ कि शैतानहरू मान्छेको रूपमा सबैको अगाडी आउँछन् र उनीहरू धर्तीमा झूठो कुरा सुनाउँछन् । उनीहरू मध्ये एकले भन्छ कि मैले यस्तो व्यक्तिलाई कुरा गरेको सुनेको थिएँ जसको बाहिरी रुप त मलाई थाहा छ तर उसको नाम थाहा छैन ।" (मुस्लिम)
(यसको अर्थ खोजबिन र वास्तविक थाहा नभएसम्म कुनै पनि सुनेको कुरालाई कसैको अगाडी बयान गर्नु हुँदैन ।)
टिप्पणियाँ