सीधे मुख्य सामग्री पर जाएं

संदेश

मार्च, 2012 की पोस्ट दिखाई जा रही हैं

इस्लाममा सम्बन्धको महत्व

१)  अबू अय्यूब (अल्लाह उनीसँग प्रसन्न होउन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "आफ्नो भाई  (दाजु,भाई, साथि, छिमेकि, आदि) सँग तीन दिनभन्दा बढी सम्बन्ध बिच्छेद गरेर बस्नु सबैको लागि अवैध छ कि जब उनीहरुको भेट हुन्छ एकजना आफ्नो अनुहार एकातर्फ फर्काओस र अर्को आफ्नो अनुहार अर्कोतर्फ फर्काओस । दुबै जनामा  उत्तम ब्यक्ती ऊ हो जो पहिले सलाम गर्छ (र सम्बन्धलाई गाँस्ने प्रयास गर्छ) ।" (बुखारी र मुस्लिम) २) अल्लाहका रसूल (उनीमाथि शान्ति होस्)ले भन्नुभयो, "कुनै मुस्लिमसँग बिना कारण एक बर्षसम्म सम्बन्ध बिच्छेद गरेर बस्नु उसको रगत बगाउनु सरह हो ।" (अल्-अदब अल्-मुफरद्) 

डाह गर्नु

१) अबू हुरैरह (अल्लाह उनीसँग प्रसन्न होउन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "डाह गर्नबाट बच किनभने डाहले सत्कर्महरुलाई खाइदिन्छ जसरि आगोले काठलाई खाइदिन्छ ।" (हदीस)

कयामतको दिनको दृश्य

१) अबू हुरैरह (अल्लाह उनीसँग प्रसन्न होउन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि अल्लाहको कृपा होस्) ले भन्नुभयो, "कयामतको दिन मानिसहरूमा सबभन्दा  नराम्रा मानिसहरु  दुइवटा मुख भएकाहरु  हुनेछन् । जो यिनीहरु समक्ष एउटा मुख लिएर आउँछन् र उनीहरु समक्ष अर्को मुख लिएर जान्छन् ।" (बुखारी) २) अबू उमामह (अल्लाह उनीसँग प्रसन्न होउन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि अल्लाहको कृपा होस्) ले भन्नुभयो, "(अल्लाहको नजरमा) कयामतको दिनमा सबै भन्द नराम्रो व्यक्ति त्यो हुनेछ जो अरुको संसार बनाउनको लागि आफ्नो आखिरत (पारलौकिक जिवन) लाई बर्बाद पार्दछ ।" (इब्ने माजा) 

मृतकको कुरा काट्नु

१) आइशा (अल्लाह उनीसँग प्रसन्न होउन) को भानाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "मरेका  मानिसहरूलाई नराम्रो नभन, किनभने उनीहरुले जे (नराम्रो काम) गरेर अगाडी पठाएका  थिए त्यसलाई पाइसकेका  छन् ।" (बुखारी) *यस हदीसको अर्थ यो हो कि मरेका मानिसहरुका नराम्रा कर्महरुको जिकिर गर्नु अवैध छ । उसले गरेको नराम्रो कामको सजाएँ उसले अल्लाह कहाँ पाइरहेको छ । अब उसलाई नराम्रो भनेर किन आफ्ना  राम्रा  कर्महरुलाई खेर फाल्ने ? 

अल्लाहले अवैध गरेका क्रियाकलापहरू

१) जाबिर (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, मैले अल्लाहका  रसूल (उनीमाथि शान्ति होस्) लाई मक्का बिजयी भएको बर्षमा भन्दै गरेको सुनें, "निस्सन्देह अल्लाह  र उनका  रसूल (उनीमाथि शान्ति होस्) ले  रक्सि, सुँगुर र मूर्तिको ब्यापारलाई अवैध ठहर गरेका छन ।" उहाँलाई सोधियो, मृतक (जनावर) को बोसोको बारेमा तपाईको के बिचार रहेको छ ? यसबाट डुङ्गाहरुमा पालिस लगाइन्छ, छालालाई नरम बनाइन्छ र  मानिसहरू त्यसलाई बत्ति बाल्न  प्रयोग गर्छन । उहाँले भन्नुभयो, "होईन, त्यो अवैध नै हो ।" फेरी उहाँले त्यसपछि भन्नुभयो, "अल्लाह यहुदीहरुलाई बरबाद पारुन किनकी अल्लाहले मृतक (जनावर) को बोसोलाई अवैध ठहर गरेपछि  पनि उनीहरुले त्यसलाई पगालेर बेचे र त्यसको पैसा खाए ।" (बुखारी)

शैतानको चलखेल

१) जाबिर (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई  छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "शैतान यस कुराबाट निरास भएको छ कि अरबका नमाज पढ्ने (मुस्लिमहरू) उसको अनुसरण गरिरहेका  छैनन । तर मुस्लिमहरू माझ शत्रुतालाई फिजाउने कार्यमा ऊ निरास भएको छैन ।" (मुस्लिम)

व्यभिचारी र घुसको प्रकोप

१) अम्र बिन आस (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, मैले अल्लाहका रसूल (उनीमाथि अल्लाहको कृपा र शान्ति होस्) लाई भन्दै गरेको सुनें, "जुन समुदायमा व्यभिचारीलाई सामान्य मानिन्छ त्यहाँ अकाल पर्छ। जुन समुदायमा घुस चलन चल्तिमा आउँछ त्यहाँ डर र त्रासको अवस्था हुन्छ।" (अहमद)

घुस, नितान्त श्राप

१) अब्दुल्लाह बिन अम्र (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, वहाँ भन्नु हुन्छ कि अल्लाहका रसूल (उनीमाथि अल्लाहको कृपा होस्) ले घुस दिने र घुस लिनेलाई श्राप दिनुभएको छ । (अबू दाऊद्) २) अनस (उनीसँग अल्लाह प्रसन्न होउन्) को भनाई  छ, अल्लाहका रसूल (उनीमाथि  शान्ति  होस्) ले भन्नुभयो, "जब तिमी मध्ये  कोही कसैलाई उधारो दिन्छ र फेरी (उधारो लिने ब्यक्ति) उसलाई उपहार दिन्छ वा आफ्नो गाडीमा बसाएर हिँडाउँछ भने ऊ (उधारो दिने ब्यक्ति) न उसको गाडीमा हिँडोस् र न उपहार स्विकार गरोस । तर यदि  पहिलेदेखी नै यो चलिरहेको छ (भने यसको  अनुमति  छ ।)" (इब्ने माजा) 

चोर्नुको परिणाम

१) अब्दुल्लाह बिन उमर (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि अल्लाहको कृपा होस्) को सामानको सुरक्षाको लागी एउटा 'कर्करह' नामक ब्यक्ती तैनाथ थियो । उसको मृत्यु भयो । उहाँ (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "ऊ आगोमा छ ।" वास्तविक्ता थाहा पाउन सबैजना उसलाई हेर्न गए तब उनीहरूले एउटा 'अबाअह' (ओवरकोट) फेला पारे जसलाई उसले चोरेको थियो । (बुखारी)

ब्याज र अवैध क्रियाकलाप

१) अब्दुल्लाह इब्ने अब्बास (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो,"जो सत्यतालाई तल पार्नकोलागी अत्यचारीको सहायता गर्छ ऊ अल्लाहको सुरक्षा र उनको रसूल को सुरक्षाबाट टाढा हुनेछ । अर्थत इस्लामी राज्य सत्ताले उसको सुरक्षाको जिम्मा लिनेछैन । र, जसले एक दिर्हम (अरबको पैसाको नाम) पनि ब्याज खान्छ उसको पाप ३३ चोटी ब्यभिचार गर्नु सरह रहेको छ । र, जसको मासुको पालनपोषण हराम (अवैध सम्पत्ति) ले भएको छ उसकोलागी आगो नै उचित रहेको छ ।" (तबरानी) २) सईद बिन जैद (उनीसँग अल्लाह प्रसन्न होउन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि अल्लाहको शान्ति होस्) ले भन्नुभयो, "जस कसैले पनि अत्यचार गर्दै एक बित्ता पनि जमिन हडप्छ भने कयामतको दिन उसको घाँटीमा ७ वटा धर्तीको पट्टा बाँधिने छ ।" (बुखारी) ३) उबादह बिन सामित (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, नबी (उनीमाथि अल्लाहको शान्ति होस्) भन्ने गर्नुहुन्थ्यो, "सुई र धागो (पनि) फर्काउ र हिनामिना गर्नबाट बच किनभने हिनामिना गर्नु कयामतको दिन (महाप्रलय को दिन) अपमानित हुने कारण बन्नेछ ।" (...