१) अबू हुरैरह (अल्लाह उनीसँग प्रसन्न होउन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि अल्लाहको कृपा होस्) ले भन्नुभयो, "कयामतको दिन मानिसहरूमा सबभन्दा नराम्रा मानिसहरु दुइवटा मुख भएकाहरु हुनेछन् । जो यिनीहरु समक्ष एउटा मुख लिएर आउँछन् र उनीहरु समक्ष अर्को मुख लिएर जान्छन् ।" (बुखारी)
२) अबू उमामह (अल्लाह उनीसँग प्रसन्न होउन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि अल्लाहको
कृपा होस्) ले भन्नुभयो, "(अल्लाहको नजरमा) कयामतको दिनमा सबै भन्द नराम्रो व्यक्ति त्यो हुनेछ जो अरुको संसार बनाउनको लागि आफ्नो आखिरत (पारलौकिक जिवन) लाई बर्बाद पार्दछ ।" (इब्ने माजा)
टिप्पणियाँ