१) अब्दुल्लाह बिन अब्बास (रजि.) को भनाई अनुसार इब्राहीम (अ.) आफ्नी पत्नी हाजरा (रजि.) र उनका छोरा इस्माईल (अ.) (जबकि उनी त्यतिबेला दूध चुस्ने शिशु थिए) लाई लिएर (त्यस ठाउँमा जहाँ अहिले कअ्बा बनेको छ) आउनुभयो । त्यस समयमा मक्का मुअज्जमामा कसैको पनि बसोबास थिएन र न त्यहाँ पानी (को मुहान) थियो । इब्राहिम (अ.) ले उनीहरू दुबै जनालाई दुईवटा साना छालाको भाँडा राखिदिनुभयो । हाजरा (रजि.) उहाँ (अ.) को पछि पछि गएर भन्न थालिन् “हे इब्राहिम ! तपाई हामीलाई यस घाँटीमा छोेडेर कहाँ जादै हुनुहुन्छ जहाँ कोही मनुष्य छैन र न कुनै बस्तु नै ।” हाजरा (रजि.) ले धेरै पटक सोधिन तर इब्राहिम (अ.) ले उनीतिर फर्केर पनि हेर्नु भएन । अन्त्यमा हाजरा (रजि.) ले सोधिन् “के अल्लाहले तपाईलाई यसो गर्न भनेका हुन् ?” इब्राहीम (अ.) ले (केवल यति) जवाफ दिनुभयो “हो” । यो सुनेर हाजरा (रजि.) ले भनिन् “त्यसो भए कुनै आपत्ति छैन , अल्लाह तआला हामीलाई बर्बाद पार्ने छैनन् ।” अनि हाजरा (रजि.) फर्किइन् र इब्राहीम (अ.) जानुभयो । जब घाँटीको नजिक पुगिन् जहाँबाट उहाँ (अ.) देखिनु भइरहेको थिएन । उहाँ (अ.) ले काबा तिर फर्केर हात उठाएर यो दुआ ग...
१) अब्दुल्लाह बिन अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो “काबाको तवाफ नमाज सरह नै हो तर (भिन्नता यो छ कि) तिमी त्यसमा कुराकानी गर्छौ । तसर्थ जो कुराकानी गर्छ उसले उत्तम कुराकानी गरोस् । (तिर्मिजी ) २) अब्दुल्लाह बिन अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले तवाफ गर्ने क्रममा पानी पिउनुभयो । (अबू हातिम , मुस्नद इमाम शाफिई) । ३) जुबैर बिन मुत्ईम (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “हे अब्दे मनाफका वंशका मानिसहरु हो ! तिमीहरु रात र दिनमा कुनै पनि समय मस्जिदे हरामको तवाफ गर्न र नमाज पढ्न मनाही नगर ।” (अह्मद , अबू दाऊद , इब्ने माजा , तिर्मिजी , नसई , हाकिम , बज्जार , इब्ने हिब्बान) ४) अबू जर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “अस्रको नमाज (पढे) पछि जबसम्म सूर्यास्त हुँदैन तबसम्म अरु कुनै नमाज (नफ्ल नमाज) छैन र फज्रको नमाज (पढे) पछि जबसम्म सूर्योदय हुँदैन तबसम्म कुनै नमाज (नफ्ल नमाज) छैन , तर मक्कामा (यसको अनुमति छ) ।” (दार कुत्नी , अह्मद , बैहीकी , अबू याला , तबरानी)