१) नाफिअ् (रजि.) को भनाई अनुसार अब्दुल्लाह बिन उमर (रजि.)
जी–तुवा (मक्का मुअज्जामाको नजिक रहेको एउटा ठाउँ जसलाई अब आबार जाहिद भनिन्छ) मा
रात व्यतित गर्थे । उज्यालो भएपछि उनी गुस्ल गर्थे र उनीसित रहेकाहरूलाई पनि गस्ल
गर्ने आदेश दिन्थे । अनि उनी सनिया उल्या (अग्लो घाटी अर्थात त्यो बाटो जुन मक्का
मुअज्जमाको कब्रिस्तान अल्–मअल्लाको नजिकमा
निस्कन्छ र जसलाई कदा भनिल्छ) को बाटो भएर मक्का मुअज्जमामा प्रवेश गर्थे र
मक्का मुअज्जमाबाट निस्कदा सनिया सुफला (होचो घाटी अर्थात त्यो बाटो जुन महल्ला
शामियामा बाबुश् शाबीकाको नजिक छ) को बाटो भएर निस्कन्थे । उनी भन्थे कि अल्लाहका
रसूल (स.) पनि यसै गर्नु हुन्थ्यो (बुखारी, मस्लिम, अबू दाऊद बैहकी आदि)
१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...
टिप्पणियाँ