१) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो , “ संसारिक सुख र प्रसन्नतालाई समाप्त पार्ने वास्तविकतालाई (अर्थात मृत्यु) लाई याद गर ।” (अह्मद , नसई , तिर्मिजी , इब्ने माजा) २) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “अल्लाह तआला भन्छन् (यदि भक्त मेरो साक्षात्कारलाई मन पराउँछ भने म पनि उसँगको साक्षात्कारलाई मन पराउँछु । यदि मेरो साक्षात्कारलाई मन पराउँदैन भने म पनि उसँगको साक्षात्कारलाई मन पराउँदिन ।” ३) अबू हुरैरह (रजि.) लाई मानिसहरुले भने “हामीमध्ये प्रत्येक व्यक्ति मृत्युलाई मन पराउँदैन र यसको भय राख्छ ।” अबू हुरैरह (रजि.) ले भने “जब त्यसको समय आउँछ तब त्यसको ज्ञान हुन्छ ।” (अर्थात जब मनुष्यको अन्तिम समय आउँछ उसलाई उसको परिणामको विषयमा ज्ञात हुन्छ । यदि ऊ पुण्यकर्मी हो भने त्यसबेला ऊ मृत्युको भय राख्दैन बरु त्यसलाई प्रसन्नता हुन्छ कि अब ऊ आफ्नो पालनकर्तासँग साक्षत्कार हुनेछ तर यदि ऊ कुकर्मी हो भने ऊ मृत्युसँग डराउँछ किनकि यसपछि उसले अल्लाहको प्रकोपको सामना गर्नेछ । (बुखारी , मालिक , नसई , तिर्मिजी) ४) इब्ने उमर (रजि.) ...
नेपाली भाषीहरूका लागि अल्लाहका रसूल (स.) का अमूल्य हदीसहरूको नेपाली अनुवाद।