सीधे मुख्य सामग्री पर जाएं

संदेश

अगस्त, 2017 की पोस्ट दिखाई जा रही हैं

मृत्यु एवं मृतकसँग सम्बन्धित साधारण जानकारी

१) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो , “ संसारिक सुख र प्रसन्नतालाई समाप्त पार्ने वास्तविकतालाई (अर्थात मृत्यु) लाई याद गर ।” (अह्मद , नसई , तिर्मिजी , इब्ने माजा) २) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “अल्लाह तआला भन्छन् (यदि भक्त मेरो साक्षात्कारलाई मन पराउँछ भने म पनि उसँगको साक्षात्कारलाई मन पराउँछु । यदि मेरो साक्षात्कारलाई मन पराउँदैन भने म पनि उसँगको साक्षात्कारलाई मन पराउँदिन ।” ३) अबू हुरैरह (रजि.) लाई मानिसहरुले भने “हामीमध्ये प्रत्येक व्यक्ति मृत्युलाई मन पराउँदैन र यसको भय राख्छ ।” अबू हुरैरह (रजि.) ले भने “जब त्यसको समय आउँछ तब त्यसको ज्ञान हुन्छ ।” (अर्थात जब मनुष्यको अन्तिम समय आउँछ उसलाई उसको परिणामको विषयमा ज्ञात हुन्छ । यदि ऊ पुण्यकर्मी हो भने त्यसबेला ऊ मृत्युको भय राख्दैन बरु त्यसलाई प्रसन्नता हुन्छ कि अब ऊ आफ्नो पालनकर्तासँग साक्षत्कार हुनेछ तर यदि ऊ कुकर्मी हो भने ऊ मृत्युसँग डराउँछ किनकि यसपछि उसले अल्लाहको प्रकोपको सामना गर्नेछ । (बुखारी , मालिक , नसई , तिर्मिजी)  ४) इब्ने उमर (रजि.) ...

अल्-जनाइज् (अन्त्येष्टि)

रोगी र विरामीसँग भेटघाट १) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “अल्लाह तआला आफ्नो भक्तहरुमध्ये जसमाथि उपकार गर्न चाहन्छन् उसलाई रोग लगाएर उसको परीक्षा लिन्छन् । (बुखारी र मुस्लिम) २)  अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “कुनै मुस्लिमलाई दुख , रोग , तनाब , चिन्ता वा कुनै समस्याले सताउँछ र यदि उसलाई काँडाले घोचेको छ भने पनि अल्लाह तआलाले त्यस मार्फत उसको पापलाई घटाउने छन् । (बुखारी र मुस्लिम) ३)  अबू मुसा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि कोही व्यक्ति विरामी हुन्छ वा यात्रामा हुन्छ भने अल्लाह तआला उसको हिसाबमा त्यही पूण्यहरु लेख्छन् जसलाई यात्रामा नहुँदा वा स्वस्थ भएको अवस्था गर्थ्यो ।” (बुखारी) ४)  सुहैब बिन सिनान (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “आस्थावानहरुको अवस्था पनि विशिष्ट रहेको छ । उसको लागि कुनै पनि अवस्थामा भलाई नै भलाई रहेको छ । यो अवसर केवल आस्थावानहरुको लागि मात्र हो । यदि ऊ राम्रो अवस्थालाई भोग्छ भने ऊ अल्लाहलाई आभार प्रकट गर्छ र यसो गर्...

सज्दा शुक्र (आभार व्यक्त गर्नको निम्ति गरिने सज्दा)

१) अबू बक्र (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) लाई प्रशन्नता प्राप्त भएपछि वा शुभ सूचना प्राप्त भएपछि उहाँ (स.) अल्लाहलाई आभार प्रकट गर्नको निम्ति सज्दा गर्नुहुन्थ्यो । (अबू दाऊद ,  तिर्मिजी ,  इब्ने माजा) ***हनफी विद्वानहरुका अनुसार नमाज पढेपछि तुरुन्तै सज्दा शुक्र गर्नु उचित होइन किन की  यसो गर्नाले सज्दा शुक्र पनि नमाजकै अङ्ग हो भन्ने भ्रम हुन सक्छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

सज्दा तिलावत

पवित्र कुरआनमा केही स्थानहरु यस्ता छन् जसलाई यदि कोही पढ्छ वा कसैले पढेको सुन्छ भने उसले सज्दा गर्नु पर्दछ । यस सज्दालाई सज्दा तिलावत भनिन्छ । ***अ धिकतम् विद्वानहरुका अनुसार “सज्दा तिलावत” पढ्ने र सुन्ने दुबैले सज्दा गर्नु सुन्नत हो । सज्दा तिलावत गर्नु पुण्य प्राप्तिको एउटा माध्यम हो । तर यदि गरिएन भने पाप लाग्दैन । बुखारीमा एउटा हदीस उल्लेख भए अनुसार एक पटक जुमअ्को खुत्बामा उमर (रजि.) ले सूरह “नहल” को वाचन गरे । सज्दा गरिने आयतको वाचन गरेपछि मिम्बरबाट ओर्लेर सज्दा गरे र त्यहाँ उपस्थित मानिसहरुले पनि सज्दा गरे । अर्को शुक्रबारको दिन जुमअ्को खुत्बामा उनले (उमर (रजि.) ले) फेरी यसै सूरहको वाचन गरे । अनि सज्दा गरिने आयतको बाचन गरेपछि सज्दा गरेनन् बरु भनें “हे मानिसहरु हो ! हामीहरुलाई सज्दा गर्ने आदेश दिइएको छैन , जसले सज्दा गर्यो  उसले उत्तम कार्य  गर्यो  र जसले सज्दा गरेन उसले पाप गरेन ।” अर्को हदीसमा उल्लेख भएको छ “हामीहरुको लागि सज्दा गर्नु फर्ज गरिएको छैन । तर यदि हामी गर्न चाहन्छौं भने गर्न सक्छौं ।” १)  जैद बिन साबित (रजि.) ले भने , “ मैले अल्लाहका रस...