सीधे मुख्य सामग्री पर जाएं

मृत्यु एवं मृतकसँग सम्बन्धित साधारण जानकारी

१) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “संसारिक सुख र प्रसन्नतालाई समाप्त पार्ने वास्तविकतालाई (अर्थात मृत्यु) लाई याद गर ।” (अह्मद, नसई, तिर्मिजी, इब्ने माजा)

२) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “अल्लाह तआला भन्छन् (यदि भक्त मेरो साक्षात्कारलाई मन पराउँछ भने म पनि उसँगको साक्षात्कारलाई मन पराउँछु । यदि मेरो साक्षात्कारलाई मन पराउँदैन भने म पनि उसँगको साक्षात्कारलाई मन पराउँदिन ।”

३) अबू हुरैरह (रजि.) लाई मानिसहरुले भने “हामीमध्ये प्रत्येक व्यक्ति मृत्युलाई मन पराउँदैन र यसको भय राख्छ ।” अबू हुरैरह (रजि.) ले भने “जब त्यसको समय आउँछ तब त्यसको ज्ञान हुन्छ ।” (अर्थात जब मनुष्यको अन्तिम समय आउँछ उसलाई उसको परिणामको विषयमा ज्ञात हुन्छ । यदि ऊ पुण्यकर्मी हो भने त्यसबेला ऊ मृत्युको भय राख्दैन बरु त्यसलाई प्रसन्नता हुन्छ कि अब ऊ आफ्नो पालनकर्तासँग साक्षत्कार हुनेछ तर यदि ऊ कुकर्मी हो भने ऊ मृत्युसँग डराउँछ किनकि यसपछि उसले अल्लाहको प्रकोपको सामना गर्नेछ । (बुखारी, मालिक, नसई, तिर्मिजी) 

४) इब्ने उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) को सेवामा दसजना उपस्थित थिए । जसमध्ये एक म थिएँ । अन्सारीहरु मध्ये एक जनाले उभिएर प्रश्न गर्यो “हे अल्लाहका रसूल ! सबैभन्दा बुझक्कड र दुरदर्सी व्यक्ति को हो ?” उहाँ (स.) ले भन्नुभयो “त्यो हो जो सबैभन्दा बढी मृत्युलाई सम्झन्छ र त्यसको लागि पूर्व तयारी गर्दछ । यिनै व्यक्तिहरु बुझक्कड हुन् जो संसार र पारलौकिक जीवनको प्रतिष्ठा एवं सफलताबाट लाभान्वित भए ।” (तबरानी विइस्नादि हसन)

५) जाबिर (रजि.) ले भनें मैले अल्लाहका रसूल (स.) लाई मृत्युभन्दा तीन दिन पहिले यो भन्दै गरेको सुनें “सुन ! तिमीहरुमध्ये कसैलाई मृत्यु आउँछ भने यस अवस्थामा आओस् जबकि ऊ अल्लाह तआलाको विषयमा राम्रो बिचार राख्दछ ।” (मुस्लिम, अह्मद, इब्ने माजा, अबू, दाऊद, बैहकी)

६) यस हदीसको अर्थ खुलाउँदै इमाम खत्ताबी (रह.) लेख्नुहुन्छ “अल्लाह तआलको विषयमा राम्रो बिचारधारा केवल उसको हुनसक्छ जो पूण्यकर्मी हो । अर्थात अल्लाहका रसूल (स.) को भनाईको अर्थ यो हो ‘तिमीहरु पूण्यकर्म गर । यसो गर्नाले तिमीहरुको मनमा अल्लाह तआलाको विषयमा राम्रो बिचार र उनीसित क्षमा पाउने आशा पनि उत्पन्न हुनेछ । जो कुकर्मी हो ऊ अल्लाह तआलको विषयमा राम्रो विचार राख्न सक्दैन र न उनीसित क्षमा प्राप्त गर्ने आशा राख्न सक्दछ ।’” (मआलिम अल्–सुनन)

७) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “अल्लाह तआलाले भनें “म मेरो भक्तको सोँचको नजिक छु (अर्थात ऊसँग त्यही व्यवहार गर्नेछु जसको आशा ऊ मबाट राख्नेछ) । यदि ऊ मेरो विषयमा राम्रो सोँच राख्नेछ भने यो उसैको लागि लाभदाएक हुनेछ र यदि मेरो विषयमा नराम्रो सोँच राख्नेछ भने यसमा उसैले घाटा व्यहोर्नु पर्नेहुन्छ ।”(बुखारी, मुस्लिम, अह्मद)

८) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “तिमीहरुमध्ये कोही पनि उसलाई कष्ट भएको कारणले मृत्युको चाहना नगरोस् । यदि ऊसित अर्को कुनै उपाय छैन भने उसले यसो भनोस्, हे अल्लाह ! मेरो लागि जीवन राम्रो भएसम्म मलाई जीवित राख र यदि मृत्यु मेरो लागि राम्रो हो भने मलाई मृत्यु प्रदान गर ।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, नसई, तिर्मिजी, इब्ने माजा)

९) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “तिमीहरुमध्ये कसैले पनि मृत्युको चाहना नराखोस् । यदि ऊ कुकर्मी हो भने उसले आफ्ना पापहरुको क्षमा याचना गर्नेछ र यदि ऊ पूण्यकर्मी हो भने अझै पूण्यकर्महरु गर्नेछ ।” (बुखारी, मुस्लिम, अह्मद, बैहकी, नसई, आदि)

१०) अबू बक्र (रजि.) को भनाई अनुसार एकजनाले अल्लाहका रसूल (स.) सँग सोध्यो “ हे अल्लाहका रसूल ! सबैभन्दा उत्तम व्यक्ति को हो ?” उहाँ (स.) ले भन्नुभयो “ऊ जसको उमेर लामो र उसका पूण्यकर्महरु छन् ।” उसले सोध्यो “र सबैभन्दा नराम्रो व्यक्ति को हो?” उहाँ (स.) ले भन्नुभयो “ऊ जसको उमेर लामो छ र उसका कुकर्महरु छन् ।” (अह्मद, तिर्मिजी)

११) साबित बिन दह्हाक (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जसले आफूलाई फलामको टुक्राले समाप्त पार्यो उसलाई नर्कको आगोमा त्यही फलामको टुक्राले यातना दिइनेछ । (बुखारी)

१२) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जसले आफ्नो घाँटी थिचेर आत्माहत्या गर्दछ ऊ नर्कमा पनि आफ्नो घाँटीलाई थिच्नेछ । र जो आफ्नो शरीरमा भाला हान्छ ऊ नर्कमा पनि आफूलाई भाला हान्नेछ ।” (बुखारी)

१३) अबू सईद खुदरी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “आफ्ना मृतकहरु (अर्थात प्राण निस्कन लागेको अवस्थामा भएकाहरुलाई  “ला इलाह इल्लल्लाह” (अल्लाह बाहेक अरु कोही उपास्य छैन) पढ्न प्रोत्साहित गर ।” (अह्मद, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, बैहकी, इब्ने माजा)

१४) मआज बिन जबल् (रजि.) भन्नुहुन्छ, मैले अल्लाहका रसूल (स.) ले भन्दै गरेको सुनें, “आफ्ना मृतकहरु (अर्थात प्राण निस्कन लागेको अवस्थामा भएकाहरु) लाई “ला इलाह इल्लल्लाह” पढ्न प्रोत्साहित गर ।” (अह्मद, मुस्लिम, अबू दाऊद तिर्मिजी, नसई, बैहकी, इब्ने माजा)

१५) मआज बिन जबल् (रजि.) भन्नुहुन्छ, मैले अल्लाहका रसूल (स.) लाई यस्तो हदीस वर्णन गरेको सुनेको छु जसलाई अहिलेसम्म मैले जाहेर नगरेर राखेको थिएँ (किनकि तिमीहरु त्यसलाई विपरित अर्थ दिने छौ भन्ने आशंका थियो) । मैले अल्लाहका रसूल (स.) लाई भन्दै गरेको सुनेको छु कि “जसको मुखबाट उच्चारण गरिएको अन्तिम कुरा “ला इलाह इल्लल्लाह” हुनेछ, ऊ स्वर्गमा प्रवेश पाउनेछ ।” (अह्मद, अबू दाऊद)

१६) मअ्कल् बिन यिसार (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “सूरह यासीन” कुरआनको हृदय हो । जो कोही अल्लाह तआलाको प्रसन्नता प्राप्ति तथा पारलौकिक जीवनमा मुक्ति प्राप्त गर्ने नियतले यस सूरहको वाचन गर्छ भने उसलाई क्षमा गरिनेछ । यस सूरहको आफ्ना मृतकहरुको सामुन्ने वाचन गर ।”(अह्मद, अबू दाऊद, नसई)


१७) आइशा (रजि.) भन्छिन्, “मैले अल्लाहका रसूल (स.) लाई उहाँ (स.) को आत्मा शरीरबाट निस्किरहेको बेला उहाँ (स.) सँगै राखिएको पानीको भाँडामा हात हाल्दै आफ्नो अनुहारमा मल्दै यो दुआ पढिरहनु भएको देखेः

اَللَّهُمَّ اَعِنِّي عَلَى سَكَرَاتِ الْمَوْتِ

अर्थः हे अल्लाह ! मृत्युको कष्ट सहन गर्न मेरो सहयोग गर । (इब्ने माजा, अह्मद, नसई, तिर्मिजी)

१८) शद्दाद बिन औस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जब तिमीहरु आफ्ना मृतकहरुको नजिक जान्छौ उनीहरुको आँखा बन्द गरिदेऊ किनकि दृष्टि आत्माको पछाडि जान्छ (जसर्थ आँखा खुल्ला राख्नुको कुनै औचित्य छैन) । राम्रा कुराहरु गर (अर्थात मृतकको लागि क्षमा याचना) किनकि मृतकका घरवालाहरु जे भन्छन् त्यसमा (फरिश्ताहरुको तर्फबाट) आमीन भनिन्छ ।” (अह्मद, इब्ने माजा, तबरानी, बज्जार, हाकिम)

१९) बरा बिन मअ्रुद (रजि.) ले गरेको वसीयत (अन्तिम आदेश) अनुसार उनको अन्तिम समयमा उनलाई किब्लातिर फर्काएर सुताइयोस् । अल्लाहका रसूल (स.) लाई यस कुराको जानकारी प्राप्त भएपछि उहाँ (स.) ले भन्नुभयो “उनले प्रकृति अनुसारको काम गरेका छन् ।” (बैहकी, हाकिम)

२०) फातिमा (रजि.) आफ्नो मृत्युको समयमा किब्लातिर फर्किन् अनि उनले आफ्नो टाउकोलाई आफ्ना दुबै हातमाथि राखिन् । (अह्मद)

२१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) को मृत्युपश्चात उहाँ (स.) लाई एउटा जरी (यमनको) ओढ्नीले छोपीएको थियो । (बुखारी र मुस्लिम)

***मृतकलाई ओढ्नीले छोप्ने विषयमा इज्माअ् (सम्पूर्ण विद्वानहरुको सहमति) पाइन्छ र छोप्ने आदेशको पछाडिको तत्वदर्शीता यो छ कि यसरी मृतकको शरीर पनि छोपिन्छ र उसको परिवर्तित अवस्था पनि छोपिन्छ । (नैल अल्–औतार)

२२) आइशा (रजि.) को भनाई अनुसार अबू बक्र (रजि.) आए र उनले अल्लाहका रसूल (स.) (उहाँ (स.) लाई ओढ्नीले छोपिदिएको थियो) तिर हेरे । उनले उहाँ (स.) को अनुहार खोले र झुकेर उहाँ (स.) को अनुहारलाई चुम्बन गरे । (बुखारी, अह्मद, नसई)

२३) उम्मे सलमा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि कुनै भक्तलाई कष्ट हुन्छ र यसकारणले ऊः

اِنَّا لِلَّهِ وَاِنَّا اِلَيْهِ رَاجِعُوْنَ، اَللَّهُمَّ اَجِرْنِي فِيْ مُصِيْبَتِيْ وَخْلُفْلِيْ خَيْرًا مِنْهَا

(अर्थः हामी अल्लाहका हौं र उसैको तर्फ फर्केर जानेछौं । हे अल्लाह ! मेरो यस कष्टमा मलाई राम्रो वस्ता देऊ र मलाई यसको सट्टा राम्रो कुरा प्रदान गर)

भन्छ भने अल्लाह तआला उसलाई राम्रो बदला दिन्छन् र उसको लागि उत्तम कुरा प्रदान गर्छन् ।” (मुस्लिम, अह्मद, आदि)

४) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “मृतकको प्राण उसको ऋण चुक्ता नगरेसम्म ऋणसँगै झुण्डिरहेको हुन्छ ।” (अह्मद, इब्ने माजा, तिर्मिजी)

५) अबू हुरैरह (रजि.) को भनाई अनुसार नज्जाशी (रजि.) को मृत्यु भएपछि अल्लाहका रसूल (स.) ले उनको मृत्युको सूचना सबैजनालाई दिनुभयो । उहाँ (स.) ले उनलाई ईदगाह (ईदको नमाज पढ्ने ठाउँ) तिर लिएर जानुभयो र त्यहाँ चारवटा सफहरु बनाएर चारवटा तक्बीरहरुको साथ जनाजहको नमाज पढाउनुभयो ।” (बुखारी र मुस्लिम)

६) अनस (रजि.) को भनाई अनुसार (मोत्ताको युद्धमा) जअ्फर बिन अबी तालिब (रजि.) जैद बिन हारिसा (रजि.) र अब्दुल्लाह बिन रवाहा (रजि.) ले शहादत प्राप्त गरेपछि अल्लाहका रसूल (स.) ले सबैजनालाई यसको सूचना दिनुभयो । (बुखारी, मुस्लिम, नसई, बैहकी आदि)

७) एकजना मानिस मस्जिदमा कूचो लगाउने गर्थ्यो । उसको मृत्युभयो अनि सबैजनाले अल्लाहका रसूल (स.) लाई सूचना नदिएर राती नै उसलाई दफन गरिदिए । बिहानको समयमा अल्लाहका रसूल (स.) ले भन्नुभयो “तिमीहरुले मलाई किन जानकारी नदिएको ? (बैहकी, आदि)

२८) अब्दुल्लाह बिन मस्ऊद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “ऊ हामी मध्येको होइन जो (मृतक समक्ष रुँदा) कठालो च्यात्छ वा गालामा थप्पड हान्छ र अज्ञानताको समयको जसरी शोक गर्छ ।” (बुखारी, मुस्लिम, अह्मद, तिर्मिजी, नसई, इब्ने माजा, बैहकी)

९) उम्मे सलमा (रजि.)को भनाई अनुसार हब्शामा अबू सलमा (रजि.) को मृत्यु भएपछि मैले भन्न थालें “ हाय, परदेशी थिए, परदेशमा बिते ।” यसो भनेर म धुरुधुरु रोएँ । अवाली शहरबाट एकजना महिला आइन र रुनमा मेरो सहयोग गर्न खोजिन् (जसरी अज्ञानताको समयमा गर्ने चलन थियो) । यसको जानकारी अल्लाहका रसूल (स.) लाई दिइयो अनि उहाँ (स.) ले भन्नुभयो “के जुन घरबाट अल्लाह तआलाले शैतानलाई (अज्ञानताका चलनहरुलाई) निकालेका छन्, के तिमी फेरी त्यसलाई घरमा प्रवेश दिन चाहन्छौ ?” उम्मे सलमा (रजि.) ले भनिन् “यसपछि स्वयं मैले पनि रुन बन्द गरिदिएँ । (मुस्लिम, अह्मद, बैहकी)

०) अबू सईद खुद्री (रजि.) भन्छन्, “जुन महिला ठूलो स्वरले चिच्याएर विलाप गर्छे वा जसले विलाप सुन्छे, अल्लाहका रसूल (स.) ले उसलाई धिक्कार्नु भएको छ । (अबू दाऊद, अह्मद, बैहकी) । अबू हुरैरह (रजि.) भन्छन्, “इस्लाम भन्दा पहिलेको अज्ञानताको समयका दुईवटा प्रथाहरु छन् जसलाई मानिसहरुले कहिल्यै छोड्ने छैनन् । एउटा ठूलो स्वरले चिच्याएर विलौना गर्नु र अरुको वंशलाई अपमानित गर्नु ।” (मुस्लिम, अह्मद)

३१) उसामा बिन जैद (रजि.) को भनाई अनुसार अल्लहका रसूल (स.) कि छोरी (जैनब (रजि.) को छोरा आफ्नो अन्तिम सास लिदै थिए । उनलाई उठाएर अल्लाहका रसूल (स.) समक्ष राखियो । उहाँ (स.) का आँखाहरुबाट आँसु निस्कन थाल्यो । सअ्द (रजि.) ले उहाँ (स.) सँग सोधे “हे अल्लाहका रसूल ! यो के हो ?” उहाँ (स.) ले भन्नुभयो “यो दया हो जुन अल्लाहले आफ्ना भक्तहरुको हृदयमा राखेका छन् र अल्लाह आफ्ना ती भक्तहरुमाथि दया गर्छन् जो अरुमाथि दया गर्छन् ।” (बुखारी र मुस्लिम)

३२) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) आफ्नो छोरा इब्राहीम (रजि.) समक्ष जानुभयो जबकि उनी आफ्नो अन्तिम सास फेरिरहेका थिए । उहाँ (स.) का आँखाहरुबाट आँसु निस्कन थाल्यो । अब्दुर्ररह्मान बिन् औफ (रजि.) ले सोधे “हे अल्लाहका रसूल ! तपाई पनि (रुँदै हुनुहुन्छ) ?” उहाँ (स.) ले भन्नुभयो “ हे औफको छोरा ! यो दया हो । अनि उहाँ (स.) ले भन्नुभयो “आँखा आँसु बगाउँछ, मन दुखित हुन्छ तर हामी (मुखबाट) त्यही कुरा गर्छौं जुन हाम्रा पालनकर्ता मन पराउँछन् । र हे इब्राहीम ! हामी तिमीबाट छुट्टिएर दुखित छौं ।” (बुखारी)

३) उम्मुल मुअ्मिनीन जैनब बिन जहश (रजि.) भन्छिन्, “मैले अल्लाहका रसूल (स.) लाई मिम्बरमा चढेर खुत्बा दिइरहेको बेला यो भनेको सुनें “अल्लाह र परलौकिक जीवनमाथि आस्था राख्ने महिलाको लागि कसैको मृत्युपछि तीन दिन भन्दा बढी शोक गर्ने अनुमति छैन । अँ, उसले आफ्नो पतिको मृत्यु पश्चात चार महिना र दस रातसम्म शोक गर्नुपर्छ ।” (बुखारी, मुस्लिम, अह्मद, मालिक आदि)

***यही अर्थ बोकेको एउटा अर्को हदीस उम्मे अतिया अन्सारी (रजि.) द्वारा पनि उल्लेख भएको छ र त्यस हदीसको अन्तिममा अल्लाहका रसूल (स.) को यो वाक्य पनि उल्लेख भएको छ “र उसले (सिंगारको नाममा) यमनको ओढ्नी बाहेक चहकिलो रंगको लुगा नलगाउने, सुर्मा एवं गाजल नलगाउने, सुगन्ध नछर्कने तर आफ्नो महिनावारीको समाप्ति पछि गुस्ल गरे पश्चात (गन्धलाई हटाउनको निम्ति) अलि कति “कस्त” र “इज्फर” (दुईवटा हल्का खालका अत्तर) प्रयोग गर्न सक्छिन् ।” (बुखारी, मुस्लिम, अह्मद आदि)

४) अबू सईद खुद्री (रजि.) को भनाई अनुसार एक पटक मानिसहरुले अल्लाहका रसूल (स.) लाई आग्रह गरे, “हामीहरुको उपदेशको लागि कुनै एक दिन निश्चित गरिदिनु होस् । उहाँ (स.) ले (त्यो दिन निश्चित गरिदिनु भयो अनि त्यस दिन) उनीहरुलाई उपदेश दिदै भन्नुभयो “जुन महिलाको तीनवटा सन्तानको मृत्यु हुन्छ र उनीहरुको मृत्युमा ऊ धैर्य धारण गर्छिन भने यो उसको हकमा आगोबाट बच्ने साधन हुनेछ ।” एकजना महिलाले सोधिन् “र दुईवटा सन्तान ?” उहाँ (स.) ले भन्नुभयो “दुइवटा सन्तानमा पनि ।”(बुखारी र मुस्लिम)

५) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “धैर्य धारण गर्नु पहिलो प्रहरको समयमा हो ।” (बुखारी)

***अर्थात धैर्य धारणको पुण्य प्राप्ति कष्टकर अवस्थाको आगमनको समयमा मात्रै हुन्छ अन्यथा पछि विस्तारै विस्तारै धैर्य धारण हुन्छ नै किनकि धैर्य धारण बाहेक अरु कुनै उपाय रहदैन । कष्टकर अवस्थामा धैर्य धारणका साथ दुई रकअत नमाज पढ्नु मुस्तहब हो । अल्लाह तआला भन्छन्ः “हे आस्थावानहरु हो ! धैर्य एवं नमाजबाट सहायता प्राप्त गर । (सूरह अल्–बकरहः १५२) । 

६) हुजैफा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) लाई यदि कठिन काम गर्नु पर्ने हुन्थ्यो भने उहाँ (स.) नमाज पढ्नुहुन्थ्यो । (अबू दाऊद)

७) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “तीनवटा कामहरु गर्न ढिलो नगर । पहिलो, नमाजको समय हुने वित्तिकै नमाज पढ; दास्रो, मृत्यु भएपछि तुरुन्तै जनाजा लिएर जाऊ । तेस्रो, राम्रो प्रस्ताव आउने बित्तिकै विवाह गराऊ ।” (अह्मद, इब्ने माजा, तिर्मिजी, हाकिम, इब्ने हिब्बान)

३८) उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि कुनै मुस्लिमको मृत्यु भयो र चार जना मुस्लिमहरु ऊ राम्रो भएकोमा साक्षी बस्छन् भने अल्लाह तआला उसलाई स्वर्गमा प्रवेश गराउनेछन् ।” हामीहरुले सोध्यौं “र तीन ?” उहाँ (स.) ले भन्नुभयो “र तीन पनि (तीन जना पनि उसको राम्रो हुनुमा साक्षी बस्छन् भने अल्लाह तआला उसलाई स्वर्गमा प्रवेश गराउनेछन्) ।” हामीहरुले सोध्यौ “र दुई?” उहाँ (स.) ले भन्नुभयो “र दुई पनि ।” हामीहरुले एक जनाको विषयमा उहाँ (स.) सँग सोधेनौं । (बुखारी, अह्मद, तिर्मिजी, नसई, इब्ने शीबा, बैहकी)

९) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “मरेकाहरुलाई नराम्रो नभन किनकि (यस संसारमा) उनीहरुले गरेका (कर्महरु) उनीहरुले पाइसकेका छन् (र तिमीले उनीहरु नराम्रो भन्नुले कुनै फाइदा पुर्योउने छैन) ।” (बुखारी, अह्मद, नसई, बैहकी)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...