सीधे मुख्य सामग्री पर जाएं

अल्-जनाइज् (अन्त्येष्टि)

रोगी र विरामीसँग भेटघाट


१)अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “अल्लाह तआला आफ्नो भक्तहरुमध्ये जसमाथि उपकार गर्न चाहन्छन् उसलाई रोग लगाएर उसको परीक्षा लिन्छन् । (बुखारी र मुस्लिम)

२) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “कुनै मुस्लिमलाई दुख, रोग, तनाब, चिन्ता वा कुनै समस्याले सताउँछ र यदि उसलाई काँडाले घोचेको छ भने पनि अल्लाह तआलाले त्यस मार्फत उसको पापलाई घटाउने छन् । (बुखारी र मुस्लिम)

३) अबू मुसा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि कोही व्यक्ति विरामी हुन्छ वा यात्रामा हुन्छ भने अल्लाह तआला उसको हिसाबमा त्यही पूण्यहरु लेख्छन् जसलाई यात्रामा नहुँदा वा स्वस्थ भएको अवस्था गर्थ्यो ।” (बुखारी)

४) सुहैब बिन सिनान (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “आस्थावानहरुको अवस्था पनि विशिष्ट रहेको छ । उसको लागि कुनै पनि अवस्थामा भलाई नै भलाई रहेको छ । यो अवसर केवल आस्थावानहरुको लागि मात्र हो । यदि ऊ राम्रो अवस्थालाई भोग्छ भने ऊ अल्लाहलाई आभार प्रकट गर्छ र यसो गर्नु उसको लागि भलाई हो र यदि कहीले ऊ कष्टकर अवस्थालाई भोग्छ भने ऊ धैर्य गर्छ र यसो गर्नु पनि उसको लागि भलाई हो ।” (मुस्लिम) 

५) अनस (रजि.) भन्छन्, “मैले अल्लाहका रसूल (स.) लाई भन्दै गरेको सुनें कि अल्लाह तआलाको भनाई छ ‘यदि म आफ्नो भक्तबाट उसका दुईवटा प्रिय बस्तुहरु (अर्थात आँखाहरु) लिन्छु र ऊ यस अवस्थामा पनि धैर्य धारण गर्छ भने म ती दुई वस्तुको बदलामा उसलाई स्वर्ग प्रदान गर्छु ।’” (बुखारी)

६) उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि तिमी विरामीसँग भेटघाट गर्न जान्छौ भने उसलाई तिम्रो लागि दुआ गर्नको निम्ति अनुरोध गर किनकि उसको दुआ फरिश्ताहरुको दुआ सरह हो (फरिश्ताहरुले गरेको दुआ स्वीकार्य हुन्छ) ।” (अह्मद, इब्ने माजा)

७) अब्दुल्लाह बिन मस्ऊद (रजि.) भन्छन्, “म अल्लाहका रसूल (स.) समक्ष उपस्थित भएँ र त्यस समय उहाँ (स.) लाई धेरै ज्वारो आउको थियो । मैले उहाँ (स.) को शरीरको छोएँ र भनें, तपाईलाई त धेरै ज्वारो आएको छ । उहाँ (स.) ले भन्नुभयो ‘हो मलाई त्यति ज्वारो आएको छ जति तिमीहरुमध्ये दुई जनालाई आउँछ ।’” (बुखारी र मुस्लिम)

८) आइशा (रजि.) विरामी हुनुभयो र अल्लाहका रसूल (स.) ले उहाँलाई उहाँको स्वास्थ्यका बारेमा सोध्नुभयो । उहाँले भन्नुभयो, “आह मेरो टाउको” । अल्लाहका रसूल (स.) ले भन्नुभयो “बरु, आह मेरो टाउको (अर्थात तिम्रो यस कष्टमा मलाई तिमीप्रति सहानुभूति छ) ।” (बुखारी)

९) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “एउटा मुस्लिममाथि अर्को मुस्लिमको पाँचवटा अधिकारहरु रहेका छन्ः सलामको जवाफ दिनु, विरामीसँग भेटघाट गर्न जानु, जनाजासँग हिँड्नु, निम्तो स्वीकार गर्नु, हाच्छ्युँ आएपछि ‘रहिमकल्लाह’ (अल्लाह तिमीमाथि दया गरुन) भन्नु ।” (बुखारी र मुस्लिम) 

१०) अबू मूसा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “भोकोलाई खाना खुवाऊ, बिरामीसँग भेटघाट गर्न जाऊ र बन्दीलाई मुक्त गराऊ ।” (बुखारी)

११) सौबान (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि एकजना मुस्लिम अर्को बिरामी मुस्लिमसँग भेटघाट गर्न जान्छ भने ऊ नफर्केसम्म स्वर्गका खुर्फा (अर्थात बगैंचाहरुमध्ये कुनै एउटा बगैंचा) मा हुनेछ । (अह्मद, मुस्लिम, तिर्मिजी) मुस्लिममा उल्लेख भएको हदीसमा यो वाक्य पनि रहेको छ, “सहाबीहरु (रजि.) ले सोधे, “जन्नतको खुर्फाको तात्पर्य के हो ? अल्लाहका रसूल (स.) ले भन्नुभयो ‘स्वार्गका फल’ ।

१२) अली (रजि.) ले भने, मैले अल्लाहका रसूल (स.) लाई भन्दै गरेको सुनें “यदि एउटा मुस्लिम बिहान आफ्नो बिरामी मुस्लिम दाजुभाईलाई भेट्न जान्छ भने साँझसम्म सत्तरी हजार फरिश्ताहरुले उसको निमित्त दयाको दुआ गर्नेछन् र यदि ऊ साँझ विरामी मुस्लिम दाजुभाईलाई भेट्न जान्छ भने बिहानसम्म सत्तरी हजार फरिश्ताहरुले उसको निम्ति दयाको दुआ गर्नेछन् र उसको लागि स्वर्गमा खरीफ (पाकेको फल) हुनेछ ।”

१३) अल्लाहका रसूल (स.) भन्नुहुन्छ, “यदि तिमीहरु बिरामीसँग भेटघाटको लागि जान्छौ भने उसको लामो उमेरको आशालाई जगाऊ । यसो गर्नाले अल्लाह तआलको फैसला त परिवर्तन हुँदैन तर बिरामीलाई सन्तुष्टि प्राप्त हुन्छ ।” (इब्ने माजा बहवाला अल्–मुग्नी)

१४) अब्दुल्लाह बिन अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) एक जना विरामी गाउँलेलाई भेट्न जानुभयो र उहाँ (स.) जहिले पनि बिरामीलाई भेट्न जादा भन्नुहुन्थ्योः
لَا بَاْسَ طَهُوْرٌ اِنْ شَاءَ اللَّهُ

अर्थः चिन्ता नगर, इन् शाअल्लाह (यदि अल्लाहले चाहे भने) यस रोगले तिम्रा पापहरुबाट तिमीलाई पवित्र पार्नेछ । (बुखारी)

५) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) जहिले पनि आफ्नो घरका सदस्यहरुमध्ये बिरामीसँग भेट गर्न आउनुहुन्थ्यो अनि आफ्नो दाहिने हात उसमाथि राख्नुहुन्थ्यो र भन्नुहुन्थ्योः

اَللَّهُمَّ رَبَّ النَّاسِ اِذْهَبِ الْبَاْسَ اِشْفِ اَنْتَ الشَّافِيْ لَا شِفَاءَ اِلَّا شِفَاءُكَ شِفَاءً لَا يُغَادِرُ سَقَمًا

अर्थः हे सम्पूर्ण मानवजातिका पालनकर्ता ! कष्टलाई पर हटाई देऊ, रोगबाट निको पारिदेऊ । तिमी नै निको पार्ने क्षमता राख्दछौ । तिमीले प्रदान गर्ने स्वास्थ्यलाभ बाहेक अरु स्वास्थ्यलाभ फाइदाजनक छैन । तिमी यस्तो स्वास्थ्यलाभ प्रदान गर कि रोग बाँकी नरहोस् । (बुखारी र मुस्लिम)

६) सअ्द बिन अबी वकास (रजि.) ले भने, अल्लाहका रसूल (स.) बिरामी भएको बेला मलाई भेट्न आउनुभयो अनि उहाँ (स.) ले दुआ गर्नुभयो “हे अल्लाह ! सअ्दलाई स्वास्थ्यलाभ प्रदान गर । हे अल्लाह ! सअ्दलाई निको पार । हे अल्लाह ! सअ्दलाई निको पार ।” (मुस्लिम)

१७) उस्मान बिन अबी वकास (रजि.) ले भने मेरो शरीरको केही भाग दुखिरहेको थियो । मैले यसको जिकिर अल्लाहका रसूल (स.) सँग गरें । अनि उहाँ (स.) ले भन्नुभयो “तिमीलाई शरीरको जुन भागमा दुखिरहेको छ त्यहाँ हात राख अनि तीन चोटी ‘विस्मिल्लाह’ (सुरु अल्लाहको नामबाट) पढ अनि सात चोटि यो दुआ पढः

اَعُوْذُ بِعِزَّةِ اللَّهِ وَقُدْرَتِهِ مِنْ شَرِّ مَا اَجِدُ وَاُحَاذِرُ

अर्थः म आफ्ना प्रत्येक उपस्थित रहेका कष्टहरु बाट र भविष्यमा हुनसक्ने कष्ट जसको आशंका छ, त्यसबाट अल्लाह तआलको शक्ति र सामर्थ्यको शरण चाहन्छु । (मुस्लिम)

१८) अबू सईद खुहरी (रजि.) को भनाई अनुसार जिब्रईल (अ.) अल्लाहका रसूल (स.) समक्ष आए र भने “हे मुहम्मद ! के तपाईलाई कष्ट छ ? “उहाँ (स.) ले भन्नुभयो “छ” । जिब्रईल (अ.) ले यो दुआ गरेः

بِسْمِ اللَّهِ اَرْقِيْكَ مِنْ كُلِّ شَيْءٍ يُؤْذِيْكَ وَ مِنْ شَرِّ كُلِّ نَفْسٍ اَوْ عَيْنِ حَاسِدٍ، اَللَّهُ يَشْفِيْكَ بِسْمِ اللَّهِ اَرْقِيْكَ

अर्थः म अल्लाहको नामको माध्यमले त्यो प्रत्येक चिजबाट जुन तिमीलाई कष्ट दिइरहेको छ र प्रत्येक प्राणको उत्पादबाट र ईष्या गर्ने व्यक्तिको दृष्टिबाट तिमीलाई फूक्दैछु । अल्लाह तआला तिमीलाई निको पारुन् । म अल्लाहको नामको माध्यले तिमीलाई फुक्दैछु । (मुस्लिम)

१९) आइशा (रजि.) को भनाई अनुसार यदि कुनै मुस्लिमलाई कुनै प्रकारको कष्ट वा घाउ वा खटिरा उच्छनेको अवस्थामा भने अल्लाहका रसूल (स.) भुईमा आफ्नो चोरी औला राख्नुहुन्थ्यो अनि भन्नुहुन्थ्योः

بِسْمِ اللَّهِ تُرْبَةُ اَرْضِنَا بَرِيْقَةِ بَعْضِنَا يُشْفَى بِهِ سَقِيْمُنَا بِاِذْنِ رَبِّنَا


अर्थः हाम्रो पालनकर्ताको आज्ञाले, अल्लाहको नामको माध्यमले हाम्रो जमिनको माटो र हामीमध्ये कसैको थुकका साथ हाम्रो बिरामी स्वस्थ हुनेछ । (बुखारी र मुस्लिम)

०) अनस (रजि.) को भनाई अनुसार एकजना यहुदी केटो अल्लाहका रसूल (स.) को सेवा गर्ने गथ्र्यो । एक पटक ऊ बिरामी भयो । अल्लाहका रसूल (स.) उ कहाँ उसलाई भेट्नको लागि जानुभयो । उहाँ (स.) उसको टाउकोको नजिकै बस्नुभयो र उसलाई भन्नुभयो “तिमी इस्लामलाई अपनाऊ ।” उसले आफूसँगै बसेका बुबातिर हेर्यो । उनले भने “अबुल् कासिमको कुरा मान ।” त्यो केटोले इस्लाम अपनायो । जब अल्लाहका रसूल (स.) उसको घरबाट निस्कनुभयो अनि भन्नुभयो “त्यस अल्लाहको निम्ति प्रशंसा एवं आभार रहेको छ जसले यस केटोलाई (नर्कको) आगोबाट बचाए ।” (बुखारी)

२१) उम्मे दर्दा (रजि.)  उनलाई भेट्नको लागि जानुभयो । त्यसरी नै आइशा (रजि.) को भनाई अनुसार जब अल्लाहका रसूल (स.) मदीना मुनव्वरा पुग्नु भयो तब अबू बक्र (रजि.) र बिलाल (रजि.) लाई ज्वरो आयो । म उनीहरुकहाँ गएँ अनि मैले उनीहरुसँग सोधें “हे मेरा बुबा ! तपाईलाई कस्तो छ ? र हे विलाल ! तपाईलाई कस्तो छ ?” (बुखारी)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...