१) अब्दुल्लाह बिन अब्बास (रजि.) को भनाई अनुसार इब्राहीम (अ.)
आफ्नी पत्नी हाजरा (रजि.) र उनका छोरा इस्माईल (अ.) (जबकि उनी त्यतिबेला दूध
चुस्ने शिशु थिए) लाई लिएर (त्यस ठाउँमा जहाँ अहिले कअ्बा बनेको छ) आउनुभयो । त्यस
समयमा मक्का मुअज्जमामा कसैको पनि बसोबास थिएन र न त्यहाँ पानी (को मुहान) थियो ।
इब्राहिम (अ.) ले उनीहरू दुबै जनालाई दुईवटा साना छालाको भाँडा राखिदिनुभयो ।
हाजरा (रजि.) उहाँ (अ.) को पछि पछि गएर भन्न थालिन् “हे इब्राहिम ! तपाई हामीलाई
यस घाँटीमा छोेडेर कहाँ जादै हुनुहुन्छ जहाँ कोही मनुष्य छैन र न कुनै बस्तु नै ।”
हाजरा (रजि.) ले धेरै पटक सोधिन तर इब्राहिम (अ.) ले उनीतिर फर्केर पनि हेर्नु भएन
। अन्त्यमा हाजरा (रजि.) ले सोधिन् “के अल्लाहले तपाईलाई यसो गर्न भनेका हुन् ?”
इब्राहीम (अ.) ले (केवल यति) जवाफ दिनुभयो “हो” । यो सुनेर
हाजरा (रजि.) ले भनिन् “त्यसो भए कुनै आपत्ति छैन, अल्लाह तआला हामीलाई बर्बाद पार्ने छैनन् ।” अनि हाजरा
(रजि.) फर्किइन् र इब्राहीम (अ.) जानुभयो । जब घाँटीको नजिक पुगिन् जहाँबाट उहाँ
(अ.) देखिनु भइरहेको थिएन । उहाँ (अ.) ले काबा तिर फर्केर हात उठाएर यो दुआ
गर्नुभयो ।
“हे हाम्रा पालनकर्ता ! मैले आफ्ना केही सन्तानहरूलाई निर्जन
र बाँझो उपत्यकामा तिम्रो प्रतिष्ठित गृहको छेउमा ल्याएर बसाएको छु । हे हाम्रा
पालनकर्ता ! ताकि उनीहरूले नमाज कायम गरुन् । अनि मानिसहरूका हृदयलाई उनीतर्फ
आकर्षित गरिदेऊ र उनीहरूलाई फलफूलहरूद्वारा जीविका प्रदान गर ताकि उनीहरू कृतज्ञ बनुन् ।
(सूरह इब्राहीमः ३७)
हाजरा (रजि.) रुखमुनि बसिन् । छोरालाई आफ्नो काखमा राखेर
पानीको भाँडालाई रुखमा झुन्ड्याइन् । त्यसबाट पानी पिउँन र छोरालाई दुध चुसाउन
थालिन् । पानी समाप्त भएपछि उनको शरीरमा दुध पनि सुक्यो । छोरालाई धेरै भोक लाग्यो
र उनी भोकको कारणले जमीनमा कुर्काच्चाले हान्न थाले । हाजरा (रजि.) ले यो सहन गर्न
सकिनन् । त्यस कारणले त्यहाँबाट गइन् र सबैभन्दा नजिकको पहाड सफामा उभिइन् । अनि
सायद कोही मनुष्य देखापर्छ कि भनेर उपत्यका तिर गईन तर कोही देखा परेन । सफाबाट तल
ओर्लिन् जब घाँटीमा पुगिन्, तब (दौडिनको लागि) आफ्नो कुर्ताको फेर (कम्मर मुन्तिर
झुन्डिने लुगाको भाग) उठाइन र आकुल मानिस सरह दौडन सुरु गरिन् । उनी घाँटी पार
गरेर (अर्को दोस्रो पहाड) मर्वा चढिन् र उभिएर हेर्न थालिन् (यो सोँचेर) कि सायद
कोही मानिस देखा पर्छ कि भनेर । तर कोही मानिस देखा परेन । यसरी उनले (सफा र
मर्वाबीच) सात चक्कर लगाइन् ।”
इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो “यसै कारणले मानिसहरू सफा र मर्वाको बीच सई गर्छन् ।” (बुखारी)
टिप्पणियाँ