१) अब्दुल्लाह बिन अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल
(स.) ले भन्नु भयो “काबाको तवाफ नमाज सरह नै हो तर (भिन्नता यो छ कि) तिमी त्यसमा
कुराकानी गर्छौ । तसर्थ जो कुराकानी गर्छ उसले उत्तम कुराकानी गरोस् । (तिर्मिजी)
२) अब्दुल्लाह बिन अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल
(स.) ले तवाफ गर्ने क्रममा पानी पिउनुभयो । (अबू हातिम, मुस्नद इमाम शाफिई) ।
३) जुबैर बिन मुत्ईम (रजि.) को भनाई अनुसार अल्लाहका
रसूल (स.) ले भन्नुभयो “हे अब्दे मनाफका वंशका मानिसहरु हो ! तिमीहरु रात र दिनमा
कुनै पनि समय मस्जिदे हरामको तवाफ गर्न र नमाज पढ्न मनाही नगर ।” (अह्मद, अबू दाऊद, इब्ने माजा, तिर्मिजी, नसई, हाकिम, बज्जार, इब्ने हिब्बान)
४) अबू जर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो “अस्रको नमाज (पढे) पछि जबसम्म सूर्यास्त हुँदैन तबसम्म अरु कुनै नमाज
(नफ्ल नमाज) छैन र फज्रको नमाज (पढे) पछि जबसम्म सूर्योदय हुँदैन तबसम्म कुनै नमाज
(नफ्ल नमाज) छैन, तर मक्कामा (यसको अनुमति छ) ।” (दार कुत्नी, अह्मद, बैहीकी, अबू याला, तबरानी)
टिप्पणियाँ