१) अबू अय्यूब (अल्लाह उनीसँग प्रसन्न होउन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "आफ्नो भाई (दाजु,भाई, साथि, छिमेकि, आदि) सँग तीन दिनभन्दा बढी सम्बन्ध बिच्छेद गरेर बस्नु सबैको लागि अवैध छ कि जब उनीहरुको भेट हुन्छ एकजना आफ्नो अनुहार एकातर्फ फर्काओस र अर्को आफ्नो अनुहार अर्कोतर्फ फर्काओस । दुबै जनामा उत्तम ब्यक्ती ऊ हो जो पहिले सलाम गर्छ (र सम्बन्धलाई गाँस्ने प्रयास गर्छ) ।" (बुखारी र मुस्लिम)
२) अल्लाहका रसूल (उनीमाथि शान्ति होस्)ले भन्नुभयो, "कुनै मुस्लिमसँग बिना कारण एक बर्षसम्म सम्बन्ध बिच्छेद गरेर बस्नु उसको रगत बगाउनु सरह हो ।" (अल्-अदब अल्-मुफरद्)
टिप्पणियाँ