१) अब्दुल्लाह इब्ने अब्बास (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो,"जो सत्यतालाई तल पार्नकोलागी अत्यचारीको सहायता गर्छ ऊ अल्लाहको सुरक्षा र उनको रसूल को सुरक्षाबाट टाढा हुनेछ । अर्थत इस्लामी राज्य सत्ताले उसको सुरक्षाको जिम्मा लिनेछैन । र, जसले एक दिर्हम (अरबको पैसाको नाम) पनि ब्याज खान्छ उसको पाप ३३ चोटी ब्यभिचार गर्नु सरह रहेको छ । र, जसको मासुको पालनपोषण हराम (अवैध सम्पत्ति) ले भएको छ उसकोलागी आगो नै उचित रहेको छ ।" (तबरानी)
२) सईद बिन जैद (उनीसँग अल्लाह प्रसन्न होउन) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि अल्लाहको शान्ति होस्) ले भन्नुभयो, "जस कसैले पनि अत्यचार गर्दै एक बित्ता पनि जमिन हडप्छ भने कयामतको दिन उसको घाँटीमा ७ वटा धर्तीको पट्टा बाँधिने छ ।" (बुखारी)
३) उबादह बिन सामित (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, नबी (उनीमाथि अल्लाहको शान्ति होस्) भन्ने गर्नुहुन्थ्यो, "सुई र धागो (पनि) फर्काउ र हिनामिना गर्नबाट बच किनभने हिनामिना गर्नु कयामतको दिन (महाप्रलय को दिन) अपमानित हुने कारण बन्नेछ ।" (नसई)
४) अबू उमामह (अल्लाह उनीसँग प्रसन्न होउन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि अल्लाहको कृपा होस्) ले भन्नुभयो, "जो कसैको लागि सिफारिस गर्दछ र फेरी (सिफारिस गर्नेवालालाई सिफारिस गराउनेले) उपहार दिन्छ र उस (सिफारिसकर्ता) ले स्विकार गर्छ भने, निस्सन्देह ऊ ब्याजका धोकाहरू मध्ये एउटा ठूलो धोकामा प्रवेश गर्यो ।" (अबू दाऊद्)
टिप्पणियाँ