१) अब्दुल्लाह बिन अम्र (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, वहाँ भन्नु हुन्छ कि अल्लाहका रसूल (उनीमाथि अल्लाहको कृपा होस्) ले घुस दिने र घुस लिनेलाई श्राप दिनुभएको छ । (अबू दाऊद्)
२) अनस (उनीसँग अल्लाह प्रसन्न होउन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "जब तिमी मध्ये कोही कसैलाई उधारो दिन्छ र फेरी (उधारो लिने ब्यक्ति) उसलाई उपहार दिन्छ वा आफ्नो गाडीमा बसाएर हिँडाउँछ भने ऊ (उधारो दिने ब्यक्ति) न उसको गाडीमा हिँडोस् र न उपहार स्विकार गरोस । तर यदि पहिलेदेखी नै यो चलिरहेको छ (भने यसको अनुमति छ ।)" (इब्ने माजा)
टिप्पणियाँ