१) जाबिर (अल्लाह उनीसँग प्रसन्न होउन) को भनाई छ, मैले अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) लाई मक्का बिजयी भएको बर्षमा भन्दै गरेको सुनें, "निस्सन्देह अल्लाह र उनका रसूल (उनीमाथि शान्ति होस्) ले रक्सि, सुँगुर र मूर्तिको ब्यापारलाई अवैध ठहर गरेका छन ।" उहाँलाई सोधियो, मृतक (जनावर) को बोसोको बारेमा तपाईको के बिचार रहेको छ ? यसबाट डुङ्गाहरुमा पालिस लगाइन्छ, छालालाई नरम बनाइन्छ र मानिसहरू त्यसलाई बत्ति बाल्न प्रयोग गर्छन । उहाँले भन्नुभयो, "होईन, त्यो अवैध नै हो ।" फेरी उहाँले त्यसपछि भन्नुभयो, "अल्लाह यहुदीहरुलाई बरबाद पारुन किनकी अल्लाहले मृतक (जनावर) को बोसोलाई अवैध ठहर गरेपछि पनि उनीहरुले त्यसलाई पगालेर बेचे र त्यसको पैसा खाए ।" (बुखारी)
१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...
टिप्पणियाँ