सीधे मुख्य सामग्री पर जाएं

कुरआनको महत्व

१) अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो, "तिमीहरूमध्ये उत्तम ती मानिसहरू हुन् जो स्वयम् पनि कुरआन पढ्छन र अरुलाई पनि पढाउँछन् ।" (सहीह बुखारी)

२)  अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो, " अल्लाह भन्छन- जो कोही कुरआन पढ्नमा यति व्यस्थ हुन्छ कि दुआ वा अल्लाहको गुनगान गर्ने अवसर पाउँदैन, म उसलाई दुआ माग्नेहरू भन्दा बढी प्रतिदान प्रदान गर्छु ।  ईशवाणी (कुरआन) को उच्चता, अन्य वाणीहरूमाथि यस्तो छ जस्तो अल्लाहको उच्चता सम्पूर्ण प्राणीमाथि।" (सुनन दारमी)

३)  अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अन्तिम हजको अवसरमा भन्नुभयो, "म तिमीहरूमाथि यस्तो चिज छोडेर जाँदैछु जसलाई दृढताका साथ समाती राखेमा तिमीहरू पथभ्रष्ट हुने छैनौ। एउटा 'अल्लाहको पुस्तक (कुरआन)' र दोस्रो 'मेरो सुन्नत (तरिका, हादीस)'।" (तर्गीब वा तर्हीब)

४) हजारत इब्ने अब्बास (रज़ियल्लाहू अन्हू) ले  भन्नुभयो, "जसले अल्लाहको पुस्तक (कुरआन) को अनुसरण गर्नेछ ऊ न त यस संसारमा पथभ्रष्ट हुनेछ न आखिरतमा नै असफल.....!" (मिश्कात)

५)  अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो, "हसद(डाहा) गर्नु वैध छैन तर दुई किसिमका व्यक्तिहरूको बिषयमा मात्र :
१) एउटा त्यो व्यक्ति जो कुरआन पढ्छ र रातमा त्यसको तिलावत (पाठ) मा ब्यस्थ रहन्छ । 
२) दोस्रो त्यो व्यक्ति जसलाई अल्लाहले धन दिएका हुन्छन र ऊ दिनरात अल्लाहको मार्गमा खर्च गर्छ ।"
(सहीह बुखारी)

६)  अबू शुरैह खजई (रजियल्लाहु अन्हु)  ले भन्नुभयो, "एक दिन अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) आफ्नो कोठाबाट निस्केर हामीहरूसमक्ष आएर भन्नुभयो, "के तिमीहरू साक्षी दिँदैनौ कि अल्लाह बाहेक अन्य कोही पुज्य छैन र म अल्लाहका रसूल हुँ ?" हामीहरूले भन्यौं, "अवश्य नै, हे अल्लाहका रसूल।"  अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो, "हेर ! अल्लाहको किताब कुरआनको एउटा किनारा अल्लाहको हाथमा छ र अर्को किनारा तिमीहरूको हाथमा, अतः यस कुरआनलाई बलियोसँग समाती राख, तिमीहरू कहिल्यै पथभ्रष्ट हुनेछैनौ न नै बरबाद हुनेछौ ।" (हदीस)

७) अबू हुरैरह (रजियल्लाहु अन्हु) भन्नुहुन्छ अल्लह्का रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो, "कुरआन मजीदमा पाँच वता कुरा बयान गरिएका छन्- हलाल (बैध), हराम (अबैध), मुह्कम (सुस्पष्ट), मुतशाबह (लाक्षणिक) र अम्साल (कथा तथा उदाहरनहरू) । तसर्थ बैधलाई बैध जान र अबैधलाई अबैध! मुह्कम (कुरआनको त्यो भाग जसमा कानून बयान गरिएको छ) अनुसार कर्म गर र मुतशाबह (कुरआनको त्यो भाग जसमा आखिरत, स्वर्ग, नरकको वर्णन छ) को खोजतलासमा नलाग र अम्सालबाट नसीहत प्राप्त गर ।" (मिश्कात)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...