* इस्तिखारा भनेको कठिन अवस्थामा जब मान्छे दुविधामा हुन्छ, कुनै दुई मध्ये कुन तरिका अपनाउने वा कार्य गर्ने भन्ने बारेमा दोधारमा पर्छ । यानी कुनमा अल्लाहले उसको लागि भलाई राखेको छ भन्ने बारे अनभिज्ञ हुन्छ भने त्यतिबेला अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भएको तरिकाबाट र उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले दिनु भएको दुआलाई पढेर कुनै पनि मामिलालाई अल्लाहको नाम लिएर चयन गर्नु हो ।
१) हजरत अनस (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जो इस्तिखारा गर्दछ ऊ कहिले पनि असफल हुँदैन । जो सरसल्लाह गर्दछ ऊ कहिले पनि अपसोच गर्दैन । र, जो मध्य मार्ग अपनाउँछ उसले कहिले पनि गरिबीको सामना गर्ने छैन । (अल्-मोअजम अस्-सगीर)
टिप्पणियाँ