१) अबू सईद खुदरी (रज़ियल्लाहु अन्हु) को भनाई छ, उहाँ भन्नुहुन्छ कि मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले बताइ रहेको सुनें, "तिमीहरूमध्ये कसैले कुनै कुकर्म भएको देख्यो भने उसले त्यसलाई आफ्नो हात (शक्ति) ले रोकोस् यदि उसमा यसको सामर्थ्य छैन भने आफ्नो जिब्रो (भाषण, उपदेश, बिरोध आदि.) बाट रोकोस् । र, यदि उसँग यस्तो गर्ने पनि सामर्थ्य छैन भने ऊ आफ्नो हृदयबाट (अर्थात त्यसबाट घृणा गरोस) र, यो सबभन्दा कमजोर (निर्बल) ईमान हो । (मुस्लिम)
२) हजरत सहल (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो, "जो मलाई जिब्रो र गुप्ताङ्गको (सुरक्षाको) ग्यारेन्टी दिन्छ म उसलाई स्वर्ग (जाने) ग्यारेन्टी दिन्छु ।" (बुखारी)
३) हजरत अबू मूसा (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो, " मोमिन मोमिनको लागि घर जस्तो हो जसको एक भाग अर्को भागलाई सहारा दिन्छ ।" फेरी उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले उदाहरण स्वरूप आफ्नो एक हाथका औंलाहरूलाई अर्को हाथका औंलाहरूमा घुसाउनु भयो । (बुखारी र मुस्लिम)
४) हजरत नोमान (रजियल्लाहु अन्हु) को भनाई छ कि सबै मुस्लिमहरू एउटा व्यक्ति सरह हुन् । यदि उसको आँखा दुख्छ भने पुरै शरीर दुख्छ र यदि टाउको दुख्छ भने पुरै शरीर दुखेको आभाष गर्दछ । (मिश्कात)
टिप्पणियाँ