१) हजरत जाबिर (रजियल्लाहु अन्हु) को भनाई छ, "मान्छे आफ्नो सन्तान, आमा यद्दपी बूढी होस्, आफ्नो भाई, आफ्नो बहिनी र आफ्ना बुबाको घरमा अनुमति लिएर मात्र प्रवेश गरोस् । (अल्-अदब अल्-मुफरद)
२) हजरत आइशा (रजियल्लाहु अन्हा) को भनाई छ कि मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनेँ, "(भोकलागेको अवस्थामा) खाना अगाडी ल्याईसकेपछि नमाज छैन (न पढ्ने) र न त्यतिबेला जब दिसा र पिसाब गर्न ज़रुरी भएको होस् । (मुस्लिम)
३) हजरत अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जसले सुन र चाँदीको भाँडामा वा यी दुई मध्ये कुनै एउटा मिसाइएको भाँडामा पानी पिउँछ (वा खाना खान्छ) भने वास्तवमा ऊ आफ्नो पेटमा नर्कको आगो हाल्ने छ ।" (मिश्कात)
४) हजरत अनस (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका संदेष्टा (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "दुख र कष्ट आइ परेको कारणले तिमी मध्ये कसैले पनि मृत्युको चाहना नगरोस् । यदि धेरै नै असहनीय हुन गएमा उसले भनोस्- "हे अल्लाह ! मलाई जिउँदो राख जबसम्म जीवन मेरोलागि राम्रो छ र मलाई मृत्यु प्रदान गर जब मृत्यु मेरो लागि राम्रो होस् ।" (बुखारी)
५) हजरत इब्ने अब्बास (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका संदेष्टा (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "उपहार दिई सकेपछि फर्काएर लिने व्यक्तिको उपमा त्यस कुकुर सरह हो जो बान्ता गरिसकेपछि फेरी त्यसलाई चाट्छ ।" (बुखारी)
टिप्पणियाँ