१) अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "निस्सन्देह अल्लाह ती व्यक्तिहरूलाई पवित्र पार्दैनन जो लाचारहरूलाई उनीहरूको अधिकार दिदैनन्।" (मिश्कात)
२) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "गरिब र लाचारहरूको सहयोगको लागि प्रयास गर्ने व्यक्ति त्यस व्यक्ति सरह हो जो अल्लाहको बाटोमा प्रयास (जिहाद) गर्दछ । " र मेरो बिचारमा उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, (त्यो व्यक्ति) त्यस व्यक्ति सरह हो जो राती सुत्दैन र (रातभरि) नफिल (नमाज) पढ़नाले थाक्दैना वा त्यस रोजा राख्ने व्यक्ति सरह हो जो निरन्तर रोजा राख्दछ ।" (बुखारी र मुस्लिम)
३) हजरत जाबिर (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु
अलैहि वसल्लम) ले भन्नुभयो, "अल्लाह त्यस व्यक्ति माथि दया गरुन् जो
किनबेच गर्दा र उधारो दिएको पैसा माग्दा नम्रता अपनाउँछ । (बुखारी)
४) हजरत अबू कातादह (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल
(सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जसले गरिबलाई अवसर प्रदान गर्छ
(कर्जा लिएको व्यक्तिलाई कर्जा दिनको दिनको लागि समय दिन्छ) वा त्यसमाथि
रहेको आफ्नो अधिकारलाई माफ गर्छ (आफ्नो कर्जालाई माफ गरिदिन्छ) भने अल्लाह
कयामत (महाप्रलय ) को दिनको कठिनाइबाट उसलाई मुक्त गरिदिने छन् ।"
(मुस्लिम)
५) हजरत जाबिर (रजियल्लाहु अन्हु) को भनाई छ कि मैले भनें, "हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! म मेरा अधिनमा रहेका अनाथहरूलाई कुन अवस्थामा कुट्न सक्छु ?" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जुन अवस्थामा तिमी आफ्नो सन्तानलाई कुट्न सक्छौ त्यहि अवस्थामा तिमी अनाथलाई कुट्न सक्छौ । (तर तिमीहरूको नियत यो हुनु हुँदैन) कि उसको सम्पत्तिद्वारा आफ्नो सम्पत्तिलाई सुरक्षित राख्ने प्रयास गर र न उसको सम्पत्तिबाट केहि जम्मा पार्ने प्रयास गर ।" (तब्रानी)
६) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु
अलैहि वसल्लम) ले भन्नुभयो, "यदि तिमीहरू मध्ये कसैको नोकरले गर्मी र धुँवालाई सहन गरेर खाना तयार पारेर ल्याउँछ भने त्यस (मालिक) माथि अनिवार्य हुन जान्छ कि ऊ नोकरलाई पनि आफुसँगै बसाओस र नोकर पनि त्यस खानामा सामेल हुनुपर्दछ । यदि खाना थोरै छ भने एक वा दुई गाँस अवश्य नै उस (नोकर) को ध्यनमा राखिदेओस ।" (मुस्लिम)
लाचार
टिप्पणियाँ