१) हजरत जाबिर (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "अल्लाह त्यस व्यक्ति माथि दया गरुन् जो किनबेच गर्दा र उधारो दिएको पैसा माग्दा नम्रता अपनाउँछ ।" (बुखारी)
२) हजरत अबू कातादह (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जसले गरिबलाई अवसर प्रदान गर्छ (कर्जा लिएको व्यक्तिलाई कर्जा दिनको दिनको लागि समय दिन्छ) वा त्यसमाथि रहेको आफ्नो अधिकारलाई माफ गर्छ (आफ्नो कर्जालाई माफ गरिदिन्छ) भने अल्लाह कयामत (महाप्रलय ) को दिनको कठिनाइबाट उसलाई मुक्त गरिदिने छन् ।" (मुस्लिम)
३) हजरत अबू सईद (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "सच्चा र अमानतदार ब्यापारी कयामतको दिन नाबीहरू, सच्चा मुअमिनहरू र शहीदहरूसँग हुनेछ । (तिर्मिजी)
टिप्पणियाँ