सीधे मुख्य सामग्री पर जाएं

ईदुल् फित्र र ईदुल् अज्हाको नमाज

१) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) मक्काबाट मदीना पुगेपछि मदीनाका मानिसहरुले वर्षमा दुई दिन खेल्न र रमाउनको लागि निश्चित गरेको उहाँ (स.) ले देख्नुभयो । उहाँ (स.) ले सोध्नु भयो “यी दुबै दिनहरु कस्ता हुन्? “सबैजनाले जवाफ दिए, “अज्ञानताको समयमा हामी यी दुबै दिनहरुमा खेल्थ्यौं र रमाउँथ्यौं ।” उहाँ (स.) ले भन्नुभयो “अल्लाह तआलाले तिमीहरुको लागि यी दुई दिनहरुभन्दा उत्तम दुई दिनहरु प्रदान गरेका छन् । एउटा इदुल् फित्रको दिन र दोस्रो ईदुल् अज्हाको दिन ।” (अबू दाऊद)

२) आइशा (रजि.) भन्छिन् “ईदको दिन हब्शीहरु अल्लाहका रसूल (स.) अगाडि खेलिरहेका थिए । म उहाँ (स.) को काँधको माथिबाट हेर्न थालें अनि उहाँ (स.) ले आफ्नो काँधलाई अलि तल गरिदिनुभयो । अनि उहाँ (स.) को काँधको माथिबाट हेरिरहें यहाँसम्मकि मलाई हेर्न पुगेपछि र म फर्केर गएँ । (बुखारी, मुस्लिम, अह्मद)

३) जअ्फर बिन मुहम्मद (रजि.) ले आफ्नो बाबुको माध्यमबाट आफ्नो हजुरबाद्वारा उल्लेख गरे अनुसार अल्लाहका रसूल (स.) प्रत्येक ईदको दिन आफ्नो जरी ओढ्नी (यमनको एउटा उत्कृष्ट ओढ्नी) ओढ्नु हुन्थ्यो । (शाफिई (रह.)) नाफिअको भनाई अनुसार अब्दुल्लाह बिन उमर (रजि) ईदुल् फित्रको दिन ईदगाह (ईदको नमाज पढ्ने एउटा छुट्टै ठाँउ) जानुभन्दा अगाडि गुस्ल गर्नु हुन्थ्यो । (मुअत्ता इमाम मालिक)

४) अनस (रजि.) को भनाई अनुसार ईदुल फित्रको दिन अल्लाहका रसूल (स.) केही खजुरहरु नखाएसम्म नमाजको लागि जानुहुन्नथ्यो र उहाँ (स.) बिजोर (१,,,७........) संख्यामा खजुरहरु खाने गर्नुहुन्थ्यो । (अह्मद, बुखारी)

५) बुरैदा (रजि.) को भनाई अनुसार ईदुल् फित्रको दिन अल्लाहका रसूल (स.) केही नखाएसम्म नमाज पढ्नको लागि घरबाट निस्कनुहुन्नथ्यो । ईदुल् अज्हाको दिन उहाँ (स.) नमाज पढेर नफर्केसम्म केही पनि खानु हुन्नथ्यो । (तिर्मीजी, इब्ने माजा, अह्मद) । मुस्नद अह्मदमा यो वाक्य बढी उल्लेख भएको छ । “अनि उहाँ (स.) कुर्बानी गरिएको मासुले खान सुरु गर्नु हुन्थ्यो ।”

६) अबू हुरैरह (रजि.) को भनाई अनुसार एक पटक ईदको दिन पानी परिरहेको थियो अनि अल्लाहका रसूल (स.) ले सबैलाई मस्जिदमा नै ईदको नमाज पढाउनुभयो । (अबू दाऊद, नसई)

७) अली (रजि.) भन्नुहुन्छ “ईदगाहतिर पैदल हिंडेर जानु र घरबाट निस्कनु भन्दा पहिले केही खानु सुन्नत हो ।” (तिर्मिजी) 

८) इब्ने उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ईद गाहतिर पैदल हिंडेर जाने गर्नुहुन्थ्यो । (इब्ने माजा)

९) इब्ने उमर (रजि.) को विषयमा भनिएको छ, “उनी ईदगाहतिर जाँदा ठूलो स्वरले तक्बीर भनिरहनु हुन्थ्यो र इमाम बसेपछि (अर्थात नमाज सुरु भएपछि) मात्र उनी तक्बीर भन्न बन्द गर्नुहुन्थ्यो ।” (शाफिई (रह.))

१०) जाबिर (रजि.) को भनाई अनुसार ईदको दिन अल्लाहका रसूल (स.) ईदगाह जाँदा र फर्कदा छुट्टा छट्टै बाटोको प्रयोग गर्नुहुन्थ्यो । (बुखारी)

११) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ईदगाह गएपछि अर्कै बाटोबाट फर्केर आउनु हुन्थ्यो । (मुस्लिम, अह्मद, तिर्मिजी)

१२) इब्ने अब्बास (रजि.) भन्नुहुन्छ, “म अल्लाहका रसूल (स.) सँग ईदुल् फित्र वा ईदुल् अज्हाको दिन नमाज पढ्न गएँ । उहाँ (स.) ले नमाज पढाउनु भयो अनि खुत्बा दिनुभयो । त्यसपछि उहाँ (स.) महिलाहरुतिर जानुभयो र उनीहरुलाई उपदेश दिनुभयो र उनीहरुलाई सद्का (दान) गर्ने आदेश दिनुभयो ।” (बुखारी)

१३) उम्मे अतिया (रजि.) को भनाई अनुसार “अल्लाहका रसूल (स.) ले हामीहरुलाई (महिलाहरुलाई) ईदुल् फित्र र ईदुल् अज्हाको दिन बालिकाहरु, तरुनीहरु र रजस्वलाको अवस्थामा भएका महिलाहरुलाई लिएर जाने हामीलाई आदेश दिनुभयो तर रजस्वलाको अवस्थामा भएका महिलाहरु नमाज (र अर्को हदिसमा भनिएको छ नमाज पढ्ने ठाउँ) बाट अलग्गिएर बस्ने छन् अनि भलाई र मुस्लिमहरुको दुआमा सामेल हुनेछन् । मैले सोधें “हे अल्लाहका रसूल ! केही महिलाहरु ओढ्नी नभएकाहरु पनि छन् ।” उहाँ (स.) ले भन्नुभयो, “जोसँग ओढ्नी छैन उसको (दिदी वा) बहिनीले उसलाई आफ्नो ओढनीमासँगै राख्ने ।” (बुखारी, मुस्लिम, अबू दाऊद, नसई, इब्ने माजा, तिर्मिजी, अह्मद)

१४) इब्ने अब्बास (रजि.) को भनाई अनुसार ईदको दिन अल्लाहका रसूल (स.) आफ्ना पत्नीहरु र छोरीहरुलाई ईदगाह लिएर जानुहुन्थ्यो । (इब्ने माजा)

१५) जुन्दुब (रजि.) द्वारा उल्लेखित हदीस अनुसार “अल्लाहका रसूल (स.) हामीहरुलाई ईदुल् फित्रको नमाज सुर्योदयपछि दुई भाला समान (६ मिटर) उच्च भइसकेपछि पढाउनु हुन्थ्यो । (अह्मद बिन हसनुल् बन्ना)

१६) जाबिर बिन समुरह (रजि.) भन्छन्, “मैले धेरै पटक अल्लाहका रसूल (स.) को पछाडि अजान र इकामत बिना नै ईदको नमाज पढेको छु ।” (अह्मद, मुस्लिम, अबू दाऊद, तिर्मिजी)

१७) इब्ने अब्बास (रजि.) र जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) को समयमा ईदुल् फित्र र ईदुल् अज्हाका दिन ईदको नमाजको लागि अजान र इकामत हुँदैनथ्यो । (बुखारी र मुस्लिम)

१८) इब्ने अब्बास (रजि.) को भनाई अनुसार एक पटक ईदको दिन अल्लाहका रसूल (स.) ईदगाह जानुभयो । उहाँ (स.) ले दुई रकअत नमाज (ईदको नमाज) पढ्नुभयो । उहाँ (स.) ले त्यसभन्दा पहिले वा पछि कुनै पनि नमाज पढ्नुभएन । (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई इब्ने माजा, अह्मद)

१९) इब्ने उमर (रजि.) को विषयमा उल्लेख भए अनुसार उनी ईदको दिन ईदगाह गए अनि उनले ईदको नमाज जमाअतका साथ पढे । ईदको नमाजभन्दा पहिले वा पछि उनले कुनै नमाज पढ्नु भएन । त्यसपछि उनले सबैजनालाई बताए कि अल्लाहका रसूल (स.) ले यस्तै गर्नुभएको थियो । (अह्मद, तिर्मिजी)

२०) अबू सईद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ईदको नमाज भन्दा पहिले कुनै नमाज पढ्नु हुन्नथ्यो तर घर फर्केपछि दुई रकअत नमाज पढ्नु हुन्थ्यो । (इब्ने माजा, अह्मद)

२१) समुरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) दुबै ईदका नमाजहरुमा सूरह “सब्बिहिस्म रब्बिकल् अअ्ला” र “हल् अताक हदीसुल् गाशियह” पढ्ने गर्नु हुन्थ्यो । (अह्मद)

२२) अबू वाकिद लैसी (रजि.) लाई उमर (रजि.) ले सोधे “ईदुल् फित्र र ईदुल् अज्हाका नमाजहरुमा अल्लाहका रसूल (स.) के पढ्ने गर्नुहुन्थ्यो? उनले जवाफ दिए “उहाँ (स.) दुबै ईदको नमाजहरुमा सूरह “काफ” र इक्तरबतिस् साअह” पढ्ने गर्नुहुन्थ्यो । (मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, अह्मद)

२३) अम्र बिन शुअ‍ैब (रजि.) ले आफ्नो बाबुको माध्यमबाट आफ्नो हजुरबाले उल्लेख गरे अनुसार ईदको दिन अल्लाहका रसूल (स.) ले १२ तक्बीरहरु भन्नुहुन्थ्यो, “सात तक्बीरहरु पहिलो रकअतमा र पाँच तक्बीरहरु दोस्रो रकअतमा र उहाँ (स.) ले यस नमाजभन्दा पहिले वा पछि कुनै नमाज पढ्नु हुन्नथ्यो । (अह्मद, इब्ने माजा)

२४) अम्र बिन औफ (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले ईदको नमाजको पहिलो रकअतमा कुरआन पढ्नुभन्दा पहिले सात तक्बीरहरु र दोस्रो रकअतमा कुरआन पढ्नुभन्दा पहिले पाँच तक्बीरहरु भन्नुभयो । (तिर्मिजी)

२५) अब्दुल्लाह बिन् साइब (रजि.) भन्छन, एक पटक ईदको दिन म अल्लाहका रसूल (स.) सँग ईदगाहमा बसें । उहाँ (स.) ले नमाज सकेपछि भन्नुभयो, “अब म खुत्बा दिनेछु तसर्थ जसलाई बस्नु छ ऊ बसेर खुत्बा सुनोस् र जसलाई जानुछ ऊ जाओस् ।” (अबू दाऊद, नसई, इब्ने माजा)

२६) अबू सईद (रजि.) को भनाई अनुसार ईदुल् फित्र र ईदुल् अज्हाको दिन अल्लाहका रसूल (स.) ईदगाह जानु हुन्थ्यो । उहाँ (स.) नमाज पढेर सुरुआत गर्नु हुन्थ्यो अनि पछाडि फर्केर सबैजनाको अगाडि उभिनुहुन्थ्यो भने सबै नमाजीहरु सफमा नै बसिरहन्थे । उहाँ (स.) उनीहरुलाई धर्मोपदेश दिनुहुन्थ्यो र आदेशहरु पनि दिनुहुन्थ्यो । यदि उहाँ (स.) लाई सैनिकलाई (युद्धमा) पठाउनु परेमा पठाउनु हुन्थ्यो वा अरु कुनै कुराको आदेश दिनु परेमा आदेश दिनुहुन्थ्यो अनि फर्केर घर जानुहुन्थ्यो । (बुखारी, मुस्लिम)

२७) जाबिर (रजि.) को भनाई अनुसार एक पटक ईदको दिन म अल्लाहका रसूल (स.) सँगै ईदगाहमा थिएँ । खुत्बाभन्दा पहिले उहाँ (स.) ले कुनै अजान र इकामत बिना नमाज पढाउनुभयो । अनि नमाज सकाएपछि उहाँ (स.) बिलाल (रजि.) को सहयोगले उभिनुभयो र सबैजनालाई अल्लाहको सजाँयको भय राख्ने आदेश दिनुभयो । अल्लाहको आज्ञाकारी हुन प्रोत्साहित गर्नुभयो र उनीहरुलाई उपदेश दिनुभयो । अनि उहाँ (स.) महिलाहरुतिर जानुभयो र उनीहरुलाई धर्मोपदेश दिनुभयो । (मुस्लिम, नसई)

२८) अल्लाहका रसूल (स) को मुअज्जिन सअ्द (रजि) भन्छन्, अल्लाहका रसूल (स) खुत्बा दिने क्रममा “अल्लाहु अक्बर” भन्नु हुन्थ्यो र दुबै ईदको खुत्बामा बढी भन्दा बढी पटक “अल्लाहु अक्बर” भन्नु हुन्थ्यो । (इबने माजा)



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...