१) उम्मे सलमा (रजि.) को भनाई अनुसार नबी (स.) को समयमा स्त्री निफासको समाप्तिको लागि ४० दिन सम्म पर्खने गर्थे । (अहमद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा)
*महिनावारीको अवधि छुट्टा छुट्टै हुन सक्छ । अल्लाहका रसूल (स.) द्वारा यस विषयमा कुनै पनि सही हदीस उल्लेख छैन । इमामहरुको यस विषयमा मत भिन्नता रहेको छ ।
इमाम मालिक (रह.) को अनुसार महिनावारीको कम से कम अवधि रहेको छैन । बढी भन्दा बढी अवधि १७ वा १८ दिन हो । इमाम शाफिई (रह.) र इमाम अह्मद (रह.) का अनुसार महिनावारीको कम से कम अवधि १ दिन र १ रात हो भने बढी भन्दा बढी अवधि एउटा भनाई अनुसार १५ दिन र अर्को भनाई अनुसार १७ दिन हो । यस्तै एउटा भनाई अली (जि.) को पनि पाइन्छ । अल्लाहका रसूल (स.) को एउटा हदीस अनुसार पनि महिनावारीको कम से कम अवधि एक दिन र एक रात हो र बढी भन्दा बढी अवधि १५ दिन उल्लेख छ । तर यो हदीस धेरै नै कमजोर रहेको छ । (तुह्फत् अल्–अह्वजी)
इमाम अबू हनीफा (रह.), इमाम अबू यूसुफ (रह.), इमाम मुहम्मद (रह.), इमाम सुफ्यान सौरी (रह.) र अब्दुल्लाह बिन मुबारक (रह.) को अनुसार महिनावरीको कम से कम अवधि ३ दिन र बढी भन्दा बढी अवधि १० दिन हो । यस्तै भनाई अनस (रजि.) को पनि छ । अल्लाहका रसूल (स.) को एउटा हदीसमा पनि महिनावरीको कम से कम अवधि ३ दिन र बढी भन्दा बढी अवधि १० दिन हो भन्ने उल्लेख भएको छ तर यो हदीस (पनि) कमजोर भएको हुनाले कसैको अनुसार पनि यो हदीस स्वीकार्य छैन । इमाम अबू हनीफा (रह.) को वास्तविक प्रमाण (माथिको हदिस होईन बरु) अनस (रजि.) द्वारा उल्लेखित हदीस हो । (अल्–मुग्नी, विदायत् अल्–मुज्तहिद)
हनफी विद्वानहरुको अर्को प्रमाण यो छ कि हदीसमा “अैयाम” (दिनहरु) र “लयाली” (रातहरु) शब्द प्रयोग भएको छ र यी शब्दहरु ३ देखि १० दिन सम्मको गन्तिमा बोलिन्छ जब कि ३ दिन देखि कमको लागि “यौम” (१ दिन) र “यौमान (२ दिन) शब्दहरु प्रयोग गरिन्छन् र दश (१०) भन्दा बढीको लागि “यौमन्” प्रयोग हुन्छ जस्तै “अहद अशर यौमन् (११ दिन) “खम्सत अशर यौमन् (१५ दिन) । (औजज् अल्–मसालिक)
टिप्पणियाँ