१) अनस (रजि.) को भनाई छ कि एक दिन इकामत दिईयो तर अल्लाहका रसूल (स.) मस्जिदको एक कुनामा एउटा व्यक्तिसँग कुराकानी गर्दै हुनुहुन्थ्यो । उहाँ (स.) आफ्नो ठाँउबाट हट्नु भएन र मानिसहरुलाई (प्रतिक्षामा) निद्रा लाग्न थाल्यो । (बुखारी)
*इकामत र नमाजको बीचमा कुराकानी गर्ने अनुमति छ । यस पछि (पहिलो इकामत पछि) अर्को इकामत (कुराकानी गरेको कारणले वा अरु कुनै कारणले) भन्न जरुरी छैन ।
२) एक दिन नमाजको लागि इकामत भनि सकिएको थियो र अल्लाहका रसूल (स.) लाई याद आयो कि उहाँ (स.) लाई गुस्ल गर्न बाँकी छ । उहाँ (स.) ले घर गएर गुस्ल गर्नुभयो अनि फर्केर इकामत बिना नै नमाज पढाउनुभयो ।” (बुखारी)
टिप्पणियाँ