१) जाबिर (रजि.) को भनाई छ कि नबी (स.) ले भन्नुभयो, “जो अजान सुनेर यो दुआ पढ्छ कयामतको दिन उसको लागि मेरो सिफारिश अनिवार्य हुनेछः हे अल्लाह! हे यस पूर्ण पुकार (अजान) र सुरु हुन लागेको नमाजको पालनकर्ता ! मुहमद (स.) लाई वसीला र श्रेष्ठता प्रदान गर र उहाँ (स.) लाई प्रशंसनीय स्थानसम्म उठाऊ जसको तिमीले उहाँ (स.) सँग बाचा गरेका छौ । (बुखारी)
*“वसीला” स्वर्गको एउटा यस्तो स्थान हो जुन अल्लाहको एउटा मात्र भक्तको लागि हो । अल्लाहका रसूल (स.) ले भन्नुभयो “मलाई आशा छ कि त्यो भक्त म हुनेछु ।” (मुस्लिम)
टिप्पणियाँ