१) यसार (रजि.) को भनाई छ कि एक चोटि इब्ने उमर (रजि.) ले मलाई फज्रको अजान पछि नमाज पढेको देखे अनि भने कि एक पटक हामी यसै समयमा नमाज पढिरहेका थियौं त्यसै समय अल्लाहका रसूल (स.) आउनुभयो र हामीलाई हेरेर भन्नुभयो, “तिमीहरुलाई देख्ने तिमीहरुको अनुपस्थितलाई यो कुरा पुर्याइदेऊ कि फज्रको समय भएपछि दुई रकआत (सुन्नत) बाहेक अरु कुनै नमाज छैन । (अह्मद, अबू दाऊद)
२) अबू हरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जब जमाअत सुरु हुन्छ त्यसपछि (जमाअत नसकेसम्म) फर्ज नमाज बाहेक अरु कुनै नमाज छैन ।” (मुस्लिम, अह्मद, नसई, इब्ने माजा, तिर्मिजी, अबू दाऊद)
टिप्पणियाँ