१) सलमा (रजि.) को भनाईछ कि एउटी महिलाले अल्लाहका रसूल (स.) सँग सोधिन्: हे अल्लाहका रसूल ! म चुल्ठो बेस्सरी बाट्छु, के अपवित्रताको अवस्थामा गुस्ल गर्दा कपाल खोल्नु पर्छ? उहाँ (स.) ले भन्नुभयो, “तिम्रो लागि टाउकोमा तीन चोटि पानी हाल्नु पर्याप्त हुनेछ । अनि पूरै शरीरमा पानी खन्याऊ यसरी तिमी पवित्र हुनेछौ ।” (अहमद, मुस्लिम, तिर्मिजी, नसई, अबू दाऊद, इब्ने माजा)
*इमाम अबू हनीफा (रह.) मालिक (रह.), शाफिई (रह.) र अहमद बिन हम्बल (रह.) का अनुसार चुल्ठो कसेर बाटेको अवस्थामा यदि पानी जरासम्म पुग्दैन भने कपाल खोल्नु जरुरी छ र यदि पानी जरा सम्म पुग्छ भने कपाल खोल्नु जरुरी छैन तर कपालको जरासम्म पानी पुर्याउनु जरुरी छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

टिप्पणियाँ