१) अम्मार (रजि.) गर्नुहुन्छ “एक पटक मलाई गुस्लको आवश्यकता भयो र मैले पानी भेटिन । मैले माटोमा पल्टनबाजी खाएँ र नमाज पढें । पछि जब यसको जिकिर मैले अल्लाहका रसूल (स.) सित गरें अनि उहाँ (स.) ले भन्नु भयो “तिम्रो लागि यसो गर्नु पर्याप्त थियो । त्यस पछि उहाँ (स.) ले आफ्ना दुबै हत्केलालाई जमिनमा स्पर्श गराउनु भयो अनि दुबैमा फुक्नु भयो अनि ती हत्केलाहरुलाई आफ्नो अनुहार र नारीसम्म दुबै हातलाई दल्नुभयो” । (बुखारी र मुस्लिम)
२) इब्ने उमर (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो ,“तयम्मुम् भनेको दुई चोटी हत्केलालाई जमिनमा स्पर्श गराउनु हो । एक चोटि अनुहारको लागि र दोस्रो चोटि कुहिनासम्म हातको लागि । (दार कुत्नी, हाकिम, बैहकी)
टिप्पणियाँ