*प्रत्येक उपासनाको लागि नियत गर्नु अनिवार्य छ । हनफी विद्वानहरुको अनुसार नियत (संकल्प गर्नु) नमाजको सर्तहरु मध्येको एक हो, फर्ज होईन । स्मरण रहोस् कि सर्त र फर्जमा फरक भनेको केवल सोँचको मात्र छ । नियतलाई मौखिक रुपले भन्नु कसैको अनुसार पनि अनिवार्य छैन । (इब्ने तैमिया (रह.) । तर नमाजको लागि नियत मौखिक रुपले गर्नू हम्बली र शाफिई बिद्वानहरुका अनुसार सुन्नत हो । मालिकी विद्वानहरुका अनुसार उत्तमको विपरित हो र हनफी विद्वानहरुको अनुसार बिद्अत् (इस्लाममा नयाँ कुरालाई उत्पन्न गर्नु जसको इस्लाममा कुनै स्थान छैन र यसो गर्नु पापको भागेदार हुनु) हो । तर यदि नमाजीको मनमा भ्रम छ भने मौखिक नियत गर्ने अनुमति छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
१) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “नमाजको साँचो पवित्रता हो, साधारण अवस्थाबाट वर्जित हुने कार्य “अल्लाहु अकबर” भन्नु हो र त्यस वर्जित अवस्थाबाट मुक्त हुने कार्य सलाम फेर्नु हो । (शाफिई (रह.), अह्मद (रह.), अबू दाऊद, इब्ने माजा, तिर्मिजी)
*हनफी विद्वानहरुका अनुसार “तक्बीर तह्रीमा” नमाजको सर्त हो, फर्ज होईन । त्यसैगरी हनफी विद्वानहरुका अनुसार तक्बीर तहरीमाको लागि “अल्लाहु अकबर” भन्नु वाजिब हो फर्ज होईन । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
**जो उभिने क्षमता राख्दछ उसले उभिएर फर्ज नमाज पढ्नु अनिवार्य छ । यस विषयमा सबैको सहमति रहेको छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
अल्लाह तआलाको भनाई छः “ नमाज र विशेष रुपमा बीचको नमाजको रक्षा गर । र, अल्लाहका सामु पूर्ण भक्ति एवम् विनयका साथ उभिने गर । (सूरह अल्–बकरह्: २३८)
२) इमरान बिन हुसैन (रजि.) को भनाई छ, मलाई पाइल्सको रोग थियो । मैले अल्लाहका रसूल (स.)लाई नमाजको विषयमा सोधें अनि उहाँ (स.) ले भन्नुभयो, “उभिएर नमाज पढ । यदि उभिने शक्ति छैन भने बसेर नमाज पढ र यदि बस्ने क्षमता छैन भने पल्टेर नमाज पढ ।”
*फर्ज नमाजबाहेक अरु नमाजहरु शक्ति भएतापनि बसेर पढ्ने अनुमति छ तर उभिएर नमाज पढ्नुको तुलनामा बसेर पढ्नुको पुण्य आधा हुन्छ ।
३) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई छ “मलाई यो हदीस उल्लेख गरियो कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “बसेर नमाज पढ्नुको पुण्य आधा नमाजको समान हो ।” (बुखारी)
*यदि कुनै कारणले गर्दा फर्ज नमाजलाई बसेर पढियो भने उसको पुण्यमा कुनै कमि आउँदैन ।
४) अबू मूसा अश्अरी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि कोही बिरामी छ वा यात्रामा छ भने अल्लाह तआला उसको लागि त्यही लेख्छन् जुन ऊ राम्रो स्वस्थ्य भएको अवस्थामा वा घरमा भएको अवस्थामा गर्दछ । (बुखारी)
५) उबादा बिन सामित (रजि.) को भनई अनुसार अल्लाहका रसूल (स.)ले भन्नुभयो, “जसले सूरह फातिहा पढेन उसको नमाज मान्य हुँदैन ।” (बुखारी, मुस्लिम, अहमद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
*अल्लाहका रसूल (स.) ले कुनै पनि अवस्थामा फर्ज र नफ्ल नमाजलाई सूरह फातिहा बिना पढ्नुभएको प्रमाणित छैन ।
६) नईम अल्–मुजम्मिरको भनाई छ,“मैले अबू हुरैरह (रजि.) को पछाडि नमाज पढें अनि उनले पहिले “बिस्मिल्लाहिर् रहमानिर् रहीम” पढ्नुभयो अनि सूरह फातिहा पढ्नुभयो ।” (नसई, इब्ने खुजैमा , इब्ने हिब्बान)
७) अनस (रजि.) को भनाई छ, “मैले अल्लाहका रसूल (स.), अबु बक्र (रजि.), उमर (रजि.) र उसमान (रजि.) को पछाडि नमाज पढेको छु । यिनीहरु “बिस्मिल्लाहिर् रहमानिर् रहीम” लाई आवजका साथ पढ्नु हुन्नथे । (नसई, इब्ने हिब्बान, तहावी)
*अल्लाहका रसूल (स.), केही सहाबीहरु (रजि.) र ताबिईहरुद्वरा दुबै तरिका अपनाइएको पाइन्छ । इमाम इब्ने कैयिम लेख्नुहुन्छ “अल्लाहका रसूल (स.) कहिले “बिस्मिल्लाहिर् रहमानिर् रहीम” ठूलो स्वरले भन्नुहुन्थ्यो र अधिकतर समय सानो स्वरमा (केवल आफूलेमात्र सुन्ने स्वरमा) भन्नुहुन्थ्यो ।
**शाफिई विद्वानहरुका अनुसार सूरह फातिहासँग “बिस्मिल्लाहिर् रहमानिर् रहीम” पढ्नु फर्ज हो । हनफी र हम्बली विद्वानहरुका अनुसार यो सुन्नत हो र मालिकी विद्वानहरुका अनुसार फर्ज नमाजमा मक्रुह हो र फर्ज बाहेकका नमाजहरुमा यसको अनुमति छ किनभने मदीनाका बासिन्दाहरुको अमल यसै अनुसार थियो ।
***रुकू फर्ज हो भन्ने विषयमा सबै विद्वानहरुको सहमति छ । (अल्–मुग्नी)
८) अबू कतादा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.)ले भन्नुभयो, “सबैभन्दा नराम्रो चोरी आफ्नो नमाजको चोरी गर्नु हो । “सहाबीहरु (रजि.) ले सोधे, “हे अल्लाहका रसूल ! कसरी कोही आफ्नो नमाजको चोरी गर्न सक्छ ?” उहाँ (स.) ले भन्नुभयो, “ऊ नमाजमा रुकू र सज्दालाई पूर्ण रुपले गर्दैन ।” अर्को हदीसमा उल्लेख भए अनुसार उहाँ(स.) ले भन्नुभयो, “ऊ रुकू र सज्दा गर्दा आफ्नो कम्मरलाई सीधा गर्दैन ।” (अह्मद, तबरानी, हाकिम, इब्ने खुजैमा)
९) अबू हुमैद (रजि.) भन्नुहुन्छ, “अल्लाहका रसूल (स.) रुकू गरेर उठ्दा सीधा उभिनु हुन्थ्यो .(र यति बेरसम्म सीधा उभिनु हुन्थ्यो कि । ढाडको सबै हडीहरु आफ्नो ठाउँमा फर्केर आउँथे ।” (बुखारी र मुस्लिम)
१०) अबू हुरैरह् (रजि.) को भनाई छ कि नबी (स.) ले भन्नुभयो, “अल्लाह तआला त्यस व्यक्तिको नमाजतिर हेर्दैनन् जो आफ्ना रुकू र सज्दाको बीचमा आफ्नो कम्मर सीधा गर्दैन । (अहमद)
*हनफी विद्वानहरुका अनुसार कौमा वाजिब हो, फर्ज होईन । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
११) इब्ने अब्बास (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) ले सातवटा अङ्गले सज्दा गर्ने र कपाल र कपडालाई (जमिनमा छुनबाट) नरोक्ने आदेश दिनुभएको छ । ती सातवटा अङ्गहरु हुन् निधार, दुईवटा हातका पञ्जा, दुई घुँडा र दुई खुट्टाका पञ्जा । (बुखारी र मुस्लिम)
*हुनत केवल निधारलाई जमिनमा राख्नाले फर्ज पूरा हुन्छ तर निधारसँग नाकलाई पनि जमिनमा छुवाउनु सुन्नत हो ।
१२) अबू हुमैद (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) सज्दा गर्दा आफ्नो निधार र नाकले जमिनमा छुवाउनुहुन्थ्यो । (अबू दाऊद, तिर्मिजी)
१३) इब्ने मस्ऊद (रजि.) को भनाई अनुसार मुहम्मद (स.) ले भन्नुभयो “तिमी प्रत्येक दोस्रो रकअतमा बस्दा यो पढ्नुपर्छ “अत्तहियातु लिल्लाहि..........वअश्हदु अन्न मुहम्मदन् अब्दुहु वरसूलुहु” अनि तिमीलाई प्रीय लाग्ने दुआ अल्लाहसँग माग्नुपर्छ ।” (अह्मद, नसई)
१४) इब्ने अब्बास (रजि.) को भनाई छ, तशह्हुद फर्ज हुनुभन्दा पहिले हामी यो पढ्थ्यौंः (अल्लाहमाथि शान्ति होस् अल्लाहका भक्तहरुको तर्फबाट, जिब्रईलमाथि शान्ति होस्, मीकाईलमाथि शान्ति होस्) अल्लाहका रसूल (स.) ले हामीलाई भन्नुभयो “अल्लाहमाथि शान्ति होस्” नभन बरु “अत्तहियातु लिल्लाहि” (सम्पूर्ण सलामहरु केवल अल्लाहकै लागि हुन्) भन । (दार कुत्नी)
*हनफी र हम्बली विद्वानहरुका अनुसार दोस्रो रकअतमा बस्नु र तशह्हुद पढ्नु फर्ज होईन, वाजिब हो । मालिकी र शाफिई विद्वानहरुका अनुसार यो दुईवटै कार्य सुन्नत हुन् । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ) । अन्तिम रकअतमा बस्नु चारवटै इमाम (इमाम अबू हनीफा (रह.), मालिक (रह.), शाफिई (रह.) र अह्मद (रह.)) का अनुसार फर्ज हो । बसेपछि तशहहुद पढ्नु शाफिई र हम्बली विद्वानहरुका अनुसार फर्ज हो । हनफी विद्वानहरुका अनुसार वाजिब हो र मालिकी विद्वानहरुको अनुसार सुन्नत हो । (अल्– फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ) । अधिकतम मुहद्दिसहरुका अनुसार दोस्रो र अन्तिम रकअतमा बस्नु र तशह्हुद पढ्नु दुबै फर्ज हो । (शरह मुस्लिम लिन् नववी)
१५) हाम्रा सलामहरु, नमाजहरु र सबै पवित्र कुराहरु केवल अल्लाहका लागि हुन् । तिमीमाथि सलमती, अल्लाहको कृपा तथा उन्नती होस्, हे नबी (स.) । हामीमाथि सलामती होस् र अल्लाहका सबै असल भक्तहरुमाथि पनि सलामती होस् । म गवाही दिन्छु कि अल्लाह बाहेक अरु कोही उपास्य छैन र म गवाही दिन्छु कि मुहम्मद (स.) अल्लाहका भक्त र रसूल हुन् । (बुखारी र मुस्लिम)
१६) सम्पूर्ण सलामरु, उन्नतीहरु, नमाजहरु र पवित्र कार्यहरु केवल अल्लाहकै लागि हुन् तिमीमाथि सलामती अल्लाहको कृपा तथा उन्नती होस् हे नबी। हामीमाथि सलामती होस् र अल्लाहका सम्पूर्ण असल भक्तलहरुमाथि । म गवाही म शनाही दिन्छु कि अल्लाहबाहेक अरु कोही उपास्था छैन र म गवाही दिन्छु कि मुहम्मद अल्लाहका भक्त हुन् र रसूल हुन् । (मुस्लिम, शाफिई, अबू दाऊद, नसई)
*दोस्रो रकअतमा यदि तशह्हुद् पढ्न छुट्यो भने नमाजको अन्त्यमा सज्दा सह्व गरेर त्यसको पूर्ति गनुपर्छ।
१७) “नमाजको साँचो पवित्रता हो । साधारण अवस्थाबाट वर्जित तुल्याउने कार्य “अल्लाहु अकबर” भन्नु हो र त्यस वर्जित अवस्थाबाट मुक्त हुने कार्य सलाम फेर्नु हो ।” (अहमद, शाफिई, अबू दाऊद, इब्ने माजा, तिर्मिजी)
१८) इब्ने अब्बास (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) सलाम फेर्दा दायाँ र बायाँ तिर फर्केर यो वाक्य भन्नुहुन्थ्यो “अस्सलामु अलैकुम् वरह्मतुल्लाह” । (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
१९) वाइल बिन हजर (रजि.) को भनाई छ,“मैले अल्लाहका रसूल (स.) को पछाडि नमाज पढें । उहाँ (स.) ले दाहिने तर्फ सलाम फेर्दा “अस्सलामु अलैकुम् वरह्मतुल्लाहि वबरकातुहु” र देब्रे तर्फ सलाम फेर्दा “अस्सलामु अलैकुम् वरह्मतुल्लाह” भन्नुहुन्थ्यो । (अबू दाऊद)
*हनफी विद्वानहरुको अनुसार “अस्सलामु अलैकुम्” भन्नु फर्ज होइन वाजिब हो । यद्यपी “अस्सलामु अलैकुम्” नभन्नु पाप हो तर नमाज समाप्त गर्नको लागि यही भन्नु जरुरी छैन । नमाजमा गर्न नहुने प्रत्येक कार्यले नमाज समाप्त हुन्छ जस्तै– वुजु टुट्नु । अरु विद्वानहरुको अनुसार “अस्सलामु अलैकुम्” भन्नु फर्ज हो । यो नभन्नाले नमाज अमान्य हुन्छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
**नमाजलाई अल्लाहका रसूल (स.) ले पढ्नु भएको क्रम अनुसार नै पढ्नु अनिवार्य छ।
***नमाज पढ्दा आराम र संयम अपनाउनु फर्ज हो किनभने गलत तरिकाले नमाज पढ्ने व्यक्तिलाई अल्लाहका रसूल (स.) ले प्रत्येक कार्य गर्दा आरामले गर्ने आदेश दिनुभएको थियो । यदि नमाजलाई आराम र संयमता अपनाएर पढिएन भने त्यो नमाज अमान्य हुनेछ ।
हनफी विद्वानहरुका अनुसार नमाजमा आराम र संयमता अपनाउनु फर्ज होइन वाजिब हो । यदि नमाज आराम र संयमता बिना नै पढिन्छ भने नमाज त मान्य हुन्छ तर वाजिबलाई छोडेको पाप लाग्नेछ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्– अर्बआ)

टिप्पणियाँ