सीधे मुख्य सामग्री पर जाएं

नमाजको क्रम र त्यसको तरिका

१) अबू हुरैरह (रजि.) को भनाई छ कि एउटा मान्छेले मस्जिदमा प्रवेश गर्यो र उसले नमाज पढ्यो । अनि ऊ नबी (स.) समक्ष उपस्थित भयो र सलाम गर्यो । उहाँ (स.) ले उसको सलामको जवाफ दिनुभयो र भन्नुभयो “फर्क र फेरी नमाज पढ किनभने तिमीले नमाज पढेको छैन ।” ऊ फर्कियो र नमाज पढेर फेरी आयो । उहाँ (स.) ले फेरी उसलाई नमाज पढ्ने आदेश दिनुभयो । अन्त्यमा त्यस व्यक्तिले भन्यो “मलाई त्यस अस्तित्वको कसम जसले तपाईलाई सत्यताका साथ पठाएका छन्, म यस भन्दा राम्रो नमाज पढ्ने सामर्थ्य राख्दिन । तपाई सिकाइदिनुहोस् । उहाँ (स.) ले भन्नुभयो “जब तिमी नमाजको लागि उभिन्छौ तब ‘अल्लाहु अकबर’ (अल्लाह महान् छन्) भन । अनि कुरआनको जुन भाग तिम्रो लागि सजिलो छ, त्यसलाई पढ ।” अर्को हदीसमा उल्लेख गरिएको छ  ‘अनि सूरह अल्–फातिहा पढ’“अनि रुकू गर र आरामले रुकू गर अनि सीधा उभिऊ अनि सज्दा गर र आरामले सज्दा गर । अनि उठ र आरामले बस । अनि फेरी सज्दा गर र आरामले सज्दा गर । अनि पूरै नमाजमा यसरी नै गर ।” (बुखारी, मुस्लिम, अह्मद)

२) अबू हुमैद साइदी (रजी.) को भनाई छ कि उनले अल्लहका रसूल (स.) का १० जना साथीहरु (सहबीहरु) को उपस्थितिमा जसमा अबू कतादा (रजि.) पनि थिए, यो कुरा भन्नुभयो “म अल्लहका रसूल (स.) को नमाजलाई तपाईहरुभन्दा बढी जान्दछु । “उनीहरुले भने (त्यो कसरी हुनसक्छ जबकि) नत अल्लहका रसूल (स.) सँग तपाईको संगत बढी छ र न तपाई उहाँ (स.) कोमा हामी भन्दा बढी जानुहुन्थ्यो ।” उनले जवाफ दिनुभयो “संगत किन नहोस् ?” उनीहरुले भने “ठीक छ, त्यसो भए अल्लहका रसूल (स.) को नमाजको तरीका वर्णन गर्नुहोस् ।” उनले भने “अल्लहका रसूल (स.) जब नमाजको लागि उभिनुहुन्थ्यो तब सबभन्दा पहिले सीधा उभिनु हुन्थ्यो र आफ्ना दुबै हातलाई उठाएर काँधको बराबर उठाउनुहुन्थ्यो । अनि ‘अल्लाहु अकबर’ भन्नुहुन्थ्यो । अनि उहाँ (स.) रुकु गर्ने बेला आफ्ना दुबै हातलाई काँधसम्म उठाउनु हुन्थ्यो र ‘अल्लाहु अकबर’ भनेर रुकूमा जानुहुन्थ्यो । उहाँ (स.) रुकू गर्दा एकदम तेर्सो हुनुहुन्थ्यो र नत उहाँ (स.) को शरीर माथितिर उठेको हुन्थ्यो र न तलतिर झुकेको हुन्थ्यो र उहाँ (स.) को दुबै हात घुँडामा हुन्थ्यो । अनि उहाँ (स.) ‘समिअल्लाहु लिमन् हमिदह्’ भनेर उठ्नुहुन्थ्यो र हातहरुलाई उठाएर सीधा उभिनुहुन्थ्यो । यहाँसम्म कि उहाँ (स.) को शरीरको सबै हडीहरु आफ्नो ठाउँमा आउँथे । अनि उहाँ (स.) जमिनतिर झुक्नुहुन्थ्यो र सज्दा गर्नुहुन्थ्यो, अनि (दुबै सज्दा गरेपछि) उहाँ (स.) ‘अल्लाहु अकबर’ भन्नुहुन्थ्यो र आफ्नो एउटा खुट्टा राखेर त्यसमाथि बस्नुहुन्थ्यो । यहाँसम्मकि उहाँ (स.) का हडीहरु आफ्ना ठाउँमा फर्केर आउँथे । अनि उहाँ (स.) (दोस्रो रकअतको लागि) उभिनुहुन्थ्यो । अनि दोस्रो रकअतमा पनि यस्तै गर्नुहुन्थ्यो । यहाँसम्मकि जब उहाँ (स.) दुई रकअत पछि तेस्रो रकअतको लागि उठ्नुहुन्थ्यो तब ‘अल्लाहु अकबर’भन्नुहुन्थ्यो र आफ्ना दुबै हातलाई काँधसम्म उठाउनुहुन्थ्यो जसरी उहाँ (स.) नमाज सुरु गर्दा गर्नुहुन्थ्यो । अनि जब उहाँ (स.) अन्तिम रकअत (चौथो रकअत) मा हुनुहुन्थ्यो तब आफ्नो देब्रे खुट्टालाई पछाडि पार्नुहुन्थ्यो (अर्थात त्यसलाई दाहीने खुट्टामुनि राख्नुहुन्थ्यो) र दाहिने खुट्टालाई सीधा उभ्याएर (राख्नुहुन्थ्यो) र आफ्नो देब्रेतिरबाट जमिनमा बस्नुहुन्थ्यो । त्यसपछि सलाम फेर्नुहुन्थ्यो (दाहीने र देब्रेतिर टाउकोलाई फर्काएर नमाजलाई सकाउनु) । “अरु सहाबीहरु (रजि.) ले भने “तपाईले ठीक भन्नुभयो । अल्लहका रसूल (स.)को नमाज यस्तै हुने गथ्र्यो ।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

*शाफिई, हम्बली बिद्वानहरु र साधारण मुहद्दिसहरुको अमल यसै हदीस अनुसार छ ।

३) अबू मूसा अल्–अश्अरी (रजि.) ले आफ्ना समुदायकाहरुलाई एकत्रित पारे र भने “तिमीहरु सबै पुरुष, स्त्री र बच्चाहरु एक ठाँउमा भेला होऊ, म तिमीहरुलाई अल्लहका रसूल (स.) को नमाजको तरिका सिकाउने छु ।” जब सबैजना भेला भए अनि उनले वुजु गरेर देखाउनुभयो । मध्यान्ह भएपछि जब छाँया बढ्न थाल्यो उहाँले उभिर अजान दिनुभयो । सबैभन्दा अगाढीको पंक्तिमा पुरुषहरु थिए, उनीहरुको पछाडि बच्चाहरु थिए र उनीहरुको पछाडि स्त्रीहरु । अनि इकामत भने र (नमाज पढाउन) अगाडि गए । त्यसपछि आफ्ना दुबै हातलाई उठाए अनि ‘अल्लाहु अकबर’ भने । यसपछि सानो स्वारले सूरह् अल्–फातिहा पढे र त्यसपछि अर्को एउटा सूरह पढे । फेरी ‘अल्लाहु अकबर’भन्दै रुकूअ्मा गए र तीन पल्ट ‘सुब्हानल्लाहि वबिहम्दिहि’ भने । अनि ‘समिअल्लाहु लिमन् हमिदह्’ भन्दै रुकूबाट उठे र सीधा उभिए । अनि ‘अल्लाहु अकबर’भनेर सज्दामा गए । फेरी ‘अल्लाहु अकबर’भने र सज्दाबाट आफ्नो टाउको उठाए । अनि ‘अल्लाहु अकबर’ भने र दोस्रो सज्दा गरे । फेरी ‘अल्लाहु अकबर’भने र उभिए । यसरी पहिलो रकअतमा उनले ६ चोटि ‘अल्लाहु अकबर’ भने ।जब उहाँ तेस्रो रकअतको लागि उभिएत्यस बेला उनले ‘अल्लाहु अकबर’ भने । जब पूरै नमाज (अर्थात चार रकअत) पढे, सबैजनालाई संबोधन गरेर भने “सिक र याद गर कि मैले कसरी ‘अल्लाहु अकबर’भनें र कसरी रुकू र सज्दा गरें किनकी यस समय (अर्थात जोहरको समय अल्लहका रसूल (स.) हामीलाई यसरी नै नमाज पढाउनु हुन्थ्यो ।

*हनफी विद्वानहरु र मालिकी विद्वानहरुमध्ये पछिका विद्वानहरुको अमल यसै हदीसको अनुसार रहेको पाइन्छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...