सीधे मुख्य सामग्री पर जाएं

इस्तिहाजा र यसका विभिन्न अवस्थाहरु

१) उम्मे सलमा (रजि.) को बारेमा भनाई छ कि उन (रजि.) ले अल्लाहका रसूल (स.) सँग एउटा स्त्रीको विषयमा प्रश्न गरिन् जसको प्रत्येक महिना हुने हैजको अवधि भन्दा पनि बढी रक्तस्राव भइरहेको थियो । उहाँ (स.) ले भन्नुभयो, “(प्रत्येक) महिना जति दिन उसलाई महिनावारी हुने गर्दथ्यो, त्यति दिनलाई महिनावारी मानेर नमाज छोड्ने । (त्यो अवधि सकिएपछि) उसले गुस्ल गर्ने र आफ्नो गुप्ताङ्गमा पट्टि राखेर नमाज पढ्नुपर्छ ।” (अबू दाऊद, इब्ने मजा, नसई, मुअत्ता)

२) फातिमा बिन्त अबी हुबैश (रजि.) सँग अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जबसम्म रगत महिनावारीको हुन्छ त्यो कालो हुन्छ र चिनिन सक्ने हुन्छ । जबसम्म यस्तो रगत आउँछ नमाज पढ्नुहुदैन र यदि रगत अर्कै रङ्गको भयो भने तिमी (गुस्ल गरिसकेपछि) वुजु गर र नमाज पढ किनभने यो रक्तस्राव हो र यो रगत रक्त नलीबाट निस्केको हो । (अबू दाऊद, नसई, इब्ने माजा, इब्ने हिब्बान, दार कुत्नी)

३) जम्ना बिन्त जहश (रजि.) को भनाई छ, “मलाई धेरै दिनसम्म महिनावारी आउँथ्यो । एक दिन म अल्लाहका रसूल (स.) को समक्ष उपस्थित भएँ । उहाँ (स.) मेरी बहिनी जैनब बिन्त जहश (रजि.) (उहाँ (स.) कि पत्नी) को घरमा हुनुहुन्थ्यो । मैले भनें, “हे अल्लाहका रसूल ! मलाई धेरै दिनसम्म महिनावारी आउँछ । तपाईले हैजको अवस्थामा रोजा राख्न र नमाज पढ्नबाट मनाही गर्नु भएको छ । अब मेरो बिषयमा तपाई के भन्नु हुन्छ ?” उहाँ (स.) ले भन्नुभयो “कपास प्रयोग गर । यसले रक्तस्राव बन्द हुनेछ ।” मैले भनें “यो (रगत) यसभन्दा (कपास भन्दा) पनि धेरै हुन्छ ।” उहाँ (स.) ले भन्नुभयो “त्यसो भए लुगा राख ।” मैले फेरी भनें “यो (रक्तस्राव) धेरै छ । “उहाँ (स.) ले भन्नुभयो “त्यसो भए म तिमीलाई दुईवटा अवस्थाहरुको आदेश दिदैछु । तिमी ती मध्ये कुनै एक गर त्यो तिम्रो लागि पर्याप्त हुनेछ । तिमी कुन गर्न सक्छौ त्यो तिमीलाई थाहा छ । यो शैतानको प्रहार हो । तिमी आफ्नो महिनावारीलाई ६ वा ७ दिनको मान, जुन अल्लाहलाई राम्ररी थाहा छ, अनि गुस्ल गर यहाँसम्म कि तिमीलाई अनुमान होस् कि तिमी पवित्र भई सक्यौ । अनि २३ वा २४ दिन (प्रत्येक नमाजको लागि नयाँ वुजु गरेर) नमाज पढ र रोजा राख । यो (अवस्था) तिम्रो लािग पर्याप्त छ जस्तै कि साधारणतया स्त्रीहरुलाई प्रत्येक महिना एउटा निश्चित समयमा महिनावारी हुन्छ र फेरी उनीहरु गुस्ल गरेर पवित्र हुन्छन् । यसरी नै तिमी पनि गर । र यदि तिमीमा सामथ्र्य छ भने (अर्थात दोस्रो अवस्था यो हो कि तिमी जोहरको नमाजलाई अन्तिम समयसम्म ढीला गर र अस्रको नमाजलाई त्यसको प्रथम समयमा ल्याऊ अनि गुस्ल गरेर दुबै नमाज सँगै पढ । फेरी मग्रिबको नमाजलाई त्यसको अन्तिम समयमा सार र ईशाको नमाजलाई त्यसको प्रथम समयमा ल्याऊ र गुस्ल गरेर दुबै नमाजसँगै पढ । अनि बिहान गुस्ल गरेर फज्रको नमाज पढ । यसरी नै तिमी नमाज पढ र रोजा राख । यदि तिमी यस्तो गर्न सक्यौ (अथाृत दोस्रो अवस्था अनुसार गर्न सक्यौ भने यो मेरो नजरमा धेरै मनपर्ने तरिका हो । (अहमद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

४) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले फातिमा बिन्त हुबैश (रजि.) लाई भन्नुभयो, “महिनावारीको अवस्थामा नमाज नपढ अनि (इस्तिहाजाका दिन सुरु भए पछि) गुस्ल गर र प्रत्येक नमाजको लागि नयाँ वुजु गर । (अह्मद, इब्ने माजा, तिर्मिजी, अबू दाऊद, नसई)

*इमाम मालिक (रह.) का अनुसार इस्तिहाजाको अवस्थामा प्रत्येक नमाजको लागि वुजु गर्नु जरुरी छैन बरु उत्तम हो । यिनीहरुको अनुसार हदीसमा अल्लाहका रसूल (स.) को आदेश अनिवार्यताको लागि होईन बरु मुस्तहब (उत्तम) हुनको लागि हो । बाँकी सम्पूर्ण इमामहरुको अनुसार प्रत्येक नमाजको समयमा वुजु गर्नु जरुरी रहेको छ तर हनफी र हम्बली बिद्वानहरुका अनुसार वुजु नमाजको लागि होईन बरु नमाजको समयको लागि जरुरी हो यस मत भिन्नताको अर्थ यो हो कि हनफी र हम्बली विद्वानहरुको अनुसार एक भन्दा बढी फर्ज नमाजहरु (त्यस समयको फर्ज नमाज र पहिले छ्टेका फर्ज नमाजको कजा) पढ्न सकिन्छ र अरु विद्वानहरुको नजरमा केवल एउटा फर्ज नमाज पढ्न सकिन्छ । (अल्–कौकब अल्–दुर्री, तुह्फत् अल्–अहवजी, अल्–मुग्नी)
**इस्तिहाजाको अवस्थामा स्त्री सम्पूर्ण कामहरु (नमाज, रोजा, कुरआनको तिलावत, संभोग आदि) गर्न सक्छिन् जसको महिनावारीको अवस्थामा अनुमति छैन । संभोग बाहेक अरु सम्पूर्ण कामहरुमा सबैको सहमति छ तर संभोगको विषयमा मत भिन्नता छ । अधिकतम विद्वानहरुका अनुसार संभोगको पनि अनुमति रहेको छ । (औजज् अल्–मसालिक)




टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...