१) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीहरुमध्ये कोही शुक्रबारको नमाज पढ्न आउँछ भने गुस्ल गरेर आओस् ।”(बुखारी, मुस्लिम, अहमद, अबु दाऊद, तिर्मिजी, नसइ, इब्ने माजा)
२) समुरह् बिन जुन्दुब (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जसले शुक्रबारको लागि वुजु गर्यो उसले राम्रो गर्यो र जसले गुस्ल गर्यो उसले झन राम्रो गर्यो ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई)
३) अबू हुरैरह (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जसले वुजु गर्यो र राम्रोसँग वुजु गर्यो अनि ऊ शुक्रबारको नमाजको लागि आयो, शान्तिका साथ खुत्बा (धर्मोपदेश) सुन्यो भने उसका दुईवटा शुक्रबारका बीचका दिनहरु र थप तीन दिनका (सानातिना) पापहरु माफ भए ।” (मुस्लिम)
*ईदको दिन गुस्ल गर्नु सुन्नत कार्य हो । यद्यपि यस विषयमा उल्लेखित हदीसहरुमा कुनै पनि हदीस सही छैनन् तर सहाबीहरु द्वारा ईदको दिन गुस्ल गर्ने उल्लेख छ । (नैल अल्–औतार)
**इमाम अबू हनीफा (रह.), इमाम मालिक (रह.), इमाम शाफिई (रह.) र इमाम अह्मद बिन हम्बल (रह.) का अनुसार ईदको दिन गुस्ल गर्नु सुन्नते मुअक्कदा हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
***अह्ले हदीस विद्वानहरुका अनुसार यो मुस्तहब (प्रिय) कार्य हो । (नैल अल्–औतार)
४) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जो मृत शरीरलाई गुस्ल गराउँछ उसले गुस्ल गरोस् र जो त्यसलाई बोक्छ उसले वुजु गरोस् ।” (अहमद, अबू दाऊद, नसई, तिर्मिजी)
*अल्लाहका रसूल (स.) को यस आदेशलाई मुस्तहबको लागि मानिन्छ किनभने उमर (रजि.) भन्छन्, “हामी मैयत (मृत शरीर) लाई गुस्ल गराउँथ्यौं । हामी मध्ये कोही वुजु गथ्र्यो र कोही गर्दैनथ्यो ।” (अल्–खबीब)
**अबू बक्र सिद्दीक (रजि.) को मृत्यु पश्चात उहाँ (रजि.) की पत्नी अस्मा बिन्त उमैरा (रजि.) ले उहाँ (रजि.) लाई गुस्ल गराइन् । गुस्ल पछि उनी (रजि.) बाहिर आइन् र जो मक्काबाट मदिना पलायन भएका सहाबीहरु त्यहाँ उपस्थित थिए उनीहरुसँग सोधिन, “आज धेरै चिसो छ र म रोजा बसेकी छु । के मेरो लागि गुस्ल गर्नु अनिवार्य छ ? उनीहरुले भने, “ छैन ।” (मुअत्ता इमाम मालिक)
५) जैद बिन साबित (रजि.) को भनाई अनुसार उनले अल्लाहका रसूल (स.) लाई इह्राम लगाउनको लागि लुगा फुकालेर गुस्ल गरेको देखे । (दार कुत्नी, बैहकी, तिर्मिजी)
६) इब्ने उमर (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) जब मक्का जानुहुन्थ्यो, “जी तुवा” मा रात व्यतित गर्नुहुन्थ्यो अनि विहान गुस्ल गरेर मक्का मुअज्जमामा प्रवेश गर्नुहुन्थ्यो । (बुखारी र मुस्लिम)
७) नाफिअ् (रजि.) को भनाई अनुसार अब्दुल्लाह बिन् उमर (रजि.) इह्राम लगाउनु भन्दा पहिले, मक्का मुअज्जमामा प्रवेश गर्नु भन्दा पहिले र अरफातमा बसाईको लागि गुस्ल गर्नु हुन्थ्यो । (मुअत्ता इमाम मालिक)
टिप्पणियाँ