१) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि मानिसहरुले अजान र जमाअतमा नमाज पढ्दा पहिलो पंक्तिमा उभिएर नमाज पढ्नुमा के पुण्य छ भन्ने कुरा थाहा पाए र त्यो प्राप्त गर्नको निम्ति यदि चिठ्ठा खोल्नु प¥यो भने उनीहरुले चिठ्ठा खोल्नेछन् । यदि उनीहरुले जोहरको नमाजलाई (प्रथम समयमा) पढ्ने पुण्य के हो भन्ने कुरा थाहा भयो भने उनीहरु यसको लागि दौडेर जानेछन् र यदि उनीहरुले इशा र फज्रको नमाज (जमाअतमा पढ्ने) पुण्य के हो भन्ने कुरा थाहा पाए र त्यसको लागि घस्रेर जाने अवस्था आयो भने पनि उनीहरु घस्रेर जानेछन् ।” (बुखारी)
२) अबू दर्दा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तीन जना व्यक्तिले (नमाजको समयमा) अजान भनेनन् र जमाअतका साथ नमाज पढेनन् भने शैतान उनीहरुमाथि प्रभुत्व प्राप्त गर्छ ।” (मुस्नद इमाम अह्मद)
टिप्पणियाँ