१) अबू उमामा (रजि.) को भनाई छ कि बिलाल (रजि.) ले इकामत भन्न सुरु गरे अनि जब उनले “कद् कामतिस् सलाह” भने अल्लाहका रसूल (स.) ले भन्नुभयो “अकामहल्लाहु वअदामहा” । र इकामतका अरु वाक्यहरु सुनेपछि उहाँ (स) ले त्यही वाक्यहरु दोहोर्याउनुभयो जुन अजानको समयमा भनिन्छन् ।” (अबू दाऊद)
*इकामत सुन्ने व्यक्तिले इकामतका वाक्यहरुलाई दोहोर्याउनुपर्छ, “हैय अलस्सलाह्” र हैय अलल् फलाह्” सुनेपछि “ला हौल वला कूवत इल्ला बिल्ला” र “कद् कामतिस् सलाह” सुनेपछि “अकामहल्लाहु वअदामहा” (अल्लाह यसलाई कायम राखुन र सदा जीवित राखुन्) भन्नु मुस्तहब् हो ।
टिप्पणियाँ