१) उस्मान बिन अबी अल्–आस (रजि.) को भनाई छ कि मैले अल्लाहका रसूल (स.) लाई मलाई मेरो समुदायकाहरुको लागि इमाम (नमाज पढाउने) बनाउन भनें । उहाँ (स.) ले भन्नुभयो, “तिमी उनीहरुको इमाम हौ । तिमी कमजोरको ध्यान राख र यस्तो मुअज्जिन नियुक्त गर जो आफ्नो अजानको लागि तलब नलिने होस् ।” (अबू दाऊद, तिर्मिजी, इब्ने माजा, नसई)
*सहाबीहरु (रजी.) र विद्वानहरुमध्ये अधिकतमले अजानको लागि तलब लिनु अप्रिय मानेका छन् । (तिर्मिजी)
इमाम अबू हनीफा (रह.) को अनुसार अजानको लागि तलब दिने शर्त राख्नु हराम हो । इमाम मालिक (रह.) को अनुसार तलब लिनुमा कुनै आपत्ति छैन । (नैल अल्–औतार)
**अजान दिनको लागि किब्ला तिर फर्केर उभिनु सुन्नत हो किनभने अल्लाहका रसूल (स.) का दुबै मुअज्जिन सधैं किब्ला तिर फर्केर उभिन्थे ।
२) मुहाजिर बिन कन्फज् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “मलाई तिम्रो सलामको जवाफ दिनबाट केही कुराले रोकेन बरु मलाई बिना वुजु अल्लाहको जिकिर गर्न मन परेन ।” (अहमद, अबू दाऊद, नसई, इब्ने माजा)
३) अबू जुहैफा (रजि.) भन्छन्,“बिलाल (रजि.) ले अजान दिए । म उनको अनुहारलाई हेर्दै थिएँ । उनले “हैय अलस्सलाह्” र “हैय अलल् फलाह्” भन्दै आफ्नो अनुहारलाई दाहिनेतिर र देब्रे तिर घुमाए ।” (अहमद, बुखारी, मुस्लिम)
४) बिलाल (रजि.) ले भने “मैले आफ्ना दुबै औंला आफ्ना कानमा घुसारें र अजान दिएँ ।” (अबू दाऊद, इब्ने हिब्बान)
५) अबू सईद खुदरी (रजि.) ले अबू सअसआ (रजि.) लाई भने, “तिमीलाई बाख्राहरु र जङ्गलसित प्रेम छ । जब तिमी आफ्ना बाख्राहरु सित जङ्गलमा हुन्छौ ठूलो स्वरले अजान भन किनभने जहाँसम्म मुअज्जिनको आवाज पुग्छ त्यहाँ जिन र मुनष्यमध्ये जो–जो उसको आवाज सुन्छ ऊ कयामतको दिन उस (मुअज्जिन) को लागि गवाही दिनेछ । मैले अल्लाहका रसूल (स.) लाई स्वयं यस्तो भनेको सुनेको छ ।” (बुखारी, अहमद, नसई, इब्ने माजा)
*बिस्तारै बिस्तारै अजान दिनु धेरै हदीसहरुबाट मुस्तहब् भएको प्रमाणित हुन्छ ।
६) उर्वा बिन जुबैर (रजि.) बनी नज्जार नामको एक ठाँउकी महिलाको कुरा उल्लेख गर्छन् “मेरो घर मस्जिदको वरिपरिका घरहरुमध्ये सबभन्दा अग्लो थियो । बिलाल (रजि.) त्यसमाथि उभिएर फज्रको अजान दिन्थे ।” (अबू दाऊद)

टिप्पणियाँ